१५ श्रावण २०८३, शुक्रबार
,
Latest
सूचना माग्दा सर्तमाथि सर्त थप्दै केयूकेएल, संविधानविद् भन्छन् ‘असंवैधानिक’ फ्रान्स छोड्न आदेशपछि रूसी टिप्पणीकारको विरोध मध्यपूर्व तनावको असरः युरो क्षेत्रमा मुद्रास्फीति वृद्धि चलचित्र ‘माया भनेकै यस्तो होला’को शीर्ष गीत सार्वजनिक चितवनमा सामाजिक सद्‌भाव र्‍यालीको आयोजना गरिने सामाजिक एकता र सद्भाव कायम राख्न कास्कीका दलको अपिल ‘विविधतामा एकता नै हाम्रो शक्ति हो, यसलाई खल्बलिन दिनु हुँदैन’: पूर्वराष्ट्रपति डा. यादव विधि विज्ञान प्रयोगशाला विधेयक ‘डीएनए डाटा बैंक’सम्बन्धी व्यवस्था गरिनुपर्छः डा. लेखजंग थापा विद्यमान समस्या समाधान गर्न तीन तहबीच समन्वय आवश्यकः सञ्चारमन्त्री मोटरसाइकलको ठक्करबाट साइकलयात्रीको मृत्यु
तपाईं के खोज्दै हुनुहुन्छ ?

बारा-१ मा रास्वपाका धिताल विजयी



अ+ अ-

बारा। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत बारा निर्वाचन क्षेत्र नं १ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार गणेश धिताल निर्वाचित हुनुभएको छ ।

निर्वाचन अधिकृत शम्भु बस्नेतका अनुसार सम्पन्न मतगणनामा धितालले ३९ हजार ९९८ मत प्राप्त गर्नुभएको हो ।

उहाँका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका शम्भु बुढाथोकीले १४ हजार २२३, नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अच्युत मैनालीले ११ हजार ६४५ मत प्राप्त गर्नुभएको छ ।

यस निर्वाचन क्षेत्रमा एक लाख २३ हजार ९८५ मतदाता रहेकामा ८० हजार ५८१ मत खसेको निर्वाचन कार्यालयले जनाएको छ । मतगणनाका क्रममा पाँच हजार २९६ मत बदर भएको थियो । रासस