१५ श्रावण २०८३, शुक्रबार
,
Latest
सूचना माग्दा सर्तमाथि सर्त थप्दै केयूकेएल, संविधानविद् भन्छन् ‘असंवैधानिक’ फ्रान्स छोड्न आदेशपछि रूसी टिप्पणीकारको विरोध मध्यपूर्व तनावको असरः युरो क्षेत्रमा मुद्रास्फीति वृद्धि चलचित्र ‘माया भनेकै यस्तो होला’को शीर्ष गीत सार्वजनिक चितवनमा सामाजिक सद्‌भाव र्‍यालीको आयोजना गरिने सामाजिक एकता र सद्भाव कायम राख्न कास्कीका दलको अपिल ‘विविधतामा एकता नै हाम्रो शक्ति हो, यसलाई खल्बलिन दिनु हुँदैन’: पूर्वराष्ट्रपति डा. यादव विधि विज्ञान प्रयोगशाला विधेयक ‘डीएनए डाटा बैंक’सम्बन्धी व्यवस्था गरिनुपर्छः डा. लेखजंग थापा विद्यमान समस्या समाधान गर्न तीन तहबीच समन्वय आवश्यकः सञ्चारमन्त्री मोटरसाइकलको ठक्करबाट साइकलयात्रीको मृत्यु
तपाईं के खोज्दै हुनुहुन्छ ?

काभ्रे-२ मा रास्वपाका भण्डारी विजयी



अ+ अ-

धुलिखेल । काभ्रेपलाञ्चोक प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नं २ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार बदनकुमार भण्डारी विजयी हुनुभएको छ ।

मुख्य निर्वाचन अधिृकत प्रेमप्रसाद न्यौपानेले भण्डारी ५३ हजार ३४४ मतसहित विजयी हुनुभएको जानकारी दिनुभयो । भण्डारी ३५ हजार ४७६ मत अन्तरले विजयी हुनुभएको हो ।

उहाँका प्रतिस्पर्धी नेपाली कांग्रेसका मधुप्रसाद आचार्यले १७ हजार ८६८ मत प्राप्त गर्नुभएको छ भने नेकपा (एमाले) का अशोककुमार ब्याञ्जुले १३ हजार ९४० र नेपाली कम्युनिष्ट पार्टीका बसुन्धरा हुमागाईले आठ हजार १०७ मत प्राप्त गर्नुभएको छ ।

यस्तै, उज्यालो नेपाल पार्टीका ज्योत्सना संैजुले तीन हजार ७४९ मत प्राप्त गर्नुभएको छ भने राष्ट्रिय प्रजातन्त्र पार्टीका रन्जीव श्रेष्ठले एक हजार १२५, नेपाल मजदुर किसान पार्टीका मुना तामाङले ४२८, श्रम संस्कृति पार्टीका टङ्कबहादुर लामाले ४०० प्राप्त गर्नुभएको छ ।

यस क्षेत्रमा विभिन्न राजनीतिक दलका १६ र स्वतन्त्र आठ जना गरी २४ जनाले प्रतिस्पर्धा गर्नुभएको थियो । रासस