६ आश्विन २०८३, मंगलवार Tuesday, September 22, 2026
६ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar अमेरिकी प्रतिबन्धबीच उडान रोक्ने निर्देशन नआएको ‘इरान एयर’को दाबी News Polar चीनले नेपाललाई एआईयुक्त मौसम पूर्व–सूचना प्रणाली हस्तान्तरण गर्‍यो News Polar महासभाको उच्चस्तरीय राजनीतिक बहस प्रारम्भ, नेपालबाट परराष्ट्रमन्त्री सहभागी News Polar भोटेकोशी बाढी पीडितका लागि भूतपूर्व सैनिकद्वारा २४ लाख बढी सहयोग News Polar लोक कल्याणकारी विज्ञापनको बिल–बीजक बुझाउने समय थप News Polar अख्तियारद्वारा आठ जनामाथि मुद्दा दायर News Polar नेपाल–युगाण्डाबीच असंलग्न आन्दोलनको मन्त्रीस्तरीय बैठकबारे छलफल News Polar पर्यटन बोर्डको सीईओका लागि पूर्वमन्त्री श्रेष्ठसहित ४२ जनाको आवेदन News Polar इजरायली नागरिक अपहरण भए गाजा सहरका बासिन्दालाई धपाउने इजरायली रक्षामन्त्रीको चेतावनी News Polar इरान युद्ध, एआई र राष्ट्रसङ्घको भविष्यबीच ट्रम्पको राष्ट्रसङ्घमा पुनरागमन News Polar प्रधानमन्त्री शाहलाई कार्यकक्षबाट कार्यवाहक प्रधानमन्त्री वाग्लेद्वारा बिदाइ News Polar गगन सभापति, देउवा सम्मानित नेता बन्नुपर्छ : उपसभापति भुसाल News Polar जेन–जी आन्दोलनका सहिद परिवार र घाइतेलाई स्नातक तहसम्म निःशुल्क शिक्षा दिइने News Polar २०औँ एसियाली खेलकुदः महिला कबड्डीमा नेपाल विजयी News Polar राष्ट्रसंघको महासभामा भाग लिन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान News Polar असोज ९ देखि ११ सम्म भारी वर्षा पूर्वानुमान ,विपद्को पूर्वतयारीमा जुट्न मन्त्रीद्वयको निर्देशन News Polar ‘नेतृत्व परिवर्तनको भाष्य निरर्थक’– महर News Polar एमाले अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छः गोकुल बाँस्कोटा News Polar नेकपा संयोजन समितिको बैठकः दुई महिने राष्ट्रिय अभियान घोषणा, पार्टी एकताका लागि वार्ता टोली गठन News Polar रासायनिक मल आपूर्ति गर्न अर्थ मन्त्रालयबाट १० अर्बको स्रोत सहमति

इरानले आत्मसमर्पण नगर्ने अडान

इरानले आत्मसमर्पण नगर्ने अडान
अ+ अ-
मध्यपूर्वमा जारी युद्ध दोस्रो हप्तामा प्रवेश गरिरहेका बेला इरानले इजरायल र संयुक्त राज्य अमेरिकासामु कहिल्यै आत्मसमर्पण नगर्ने स्पष्ट अडान दोहोर्‍याएको छ । इरानका राष्ट्रपति मसुद पेजेस्कियानले राष्ट्रलाई सम्बोधन गर्दै आफ्नो देशले बाह्य दबाबका बीच पनि सङ्घर्ष जारी राख्ने बताए  ।
सरकारी टेलिभिजनबाट प्रसारण गरिएको भाषणमा राष्ट्रपति पेजेस्कियानले इरानमाथि आक्रमण गर्ने पक्षहरूले इरानी जनतालाई झुकाउन सकिन्छ भन्ने सोच राख्नु गलत हुने टिप्पणी गरे । उनका अनुसार इरानका शत्रुहरूले ‘इरानी जनताले आफ्नो चिहानमै गएर मात्र बिना शर्त आत्मसमर्पण गर्ने इच्छा राख्नुपर्छ’ भन्ने कुरा बुझ्नुपर्ने छ ।
फेब्रुअरी २८ मा इजरायल र संयुक्त राज्य अमेरिकाले इरानविरुद्ध सैन्य आक्रमण सुरु गरेपछि क्षेत्रीय तनाव तीव्र बनेको थियो । सो आक्रमणमा इस्लामिक गणतन्त्रका सर्वोच्च नेता आयातुल्ला अली खामेनी मारिएको बताइएको छ, जसपछि मध्यपूर्वमा व्यापक द्वन्द्व सुरु भएको हो ।
त्यसपछि इरानले प्रतिक्रिया स्वरूप क्षेत्रीय देशहरूमा रहेका इजरायली तथा अमेरिकी हितका लक्ष्यहरूमा मिसाइल र ड्रोन आक्रमण गरेको छ । ती आक्रमणहरू विशेषगरी खाडी क्षेत्रका देशहरूमा केन्द्रित रहेको बताइएको छ ।
खामेनीको हत्यापछि इरानमा अन्तरिम नेतृत्व परिषद् गठन गरिएको छ, जसमा राष्ट्रपति पेजेस्कियानले पनि सदस्यका रूपमा जिम्मेवारी सम्हालिरहनुभएको छ । उक्त परिषद् तीन सदस्यीय रहेको बताइएको छ ।
यसैबीच राष्ट्रपति पेजेस्कियानले इरानका कारबाहीबाट प्रभावित छिमेकी देशहरूसँग क्षमायाचना पनि गरेका छन् । भाषणका क्रममा उनले आफ्नातर्फबाट तथा इरानको तर्फबाट ती देशहरूसँग माफी मागेको बताए ।
उनले इरानले छिमेकी देशहरूलाई लक्षित गर्ने नीति नअपनाउने स्पष्ट पारे। अन्तरिम नेतृत्व परिषद्ले यसबारे सहमति गरिसकेको भन्दै उनले अब छिमेकी राष्ट्रहरूबाट इरानमाथि आक्रमण नभएसम्म त्यस्ता देशहरूतर्फ कुनै मिसाइल प्रहार नगर्ने निर्णय भएको जानकारी दिए ।