५ श्रावण २०८३, मंगलवार
,
Latest
मानिस निर्यात गरेर देश बन्दैन, उत्पादित वस्तु निर्यात गर्नुपर्छः प्रधानमन्त्री साह पोखरामा श्रृङ्खलावद्ध चोरीः चार विदेशीसहित ९ जनाको गिरोह पक्राउ बर्डफ्लूको प्रभाव हटेसँगै अण्डाको भाउ बढ्यो, किसानलाई राहत डा देवेन्द्रराज पाण्डेको साधाना मुख्यतः स्वतन्त्रता, अधिकार र नागरिक आन्दोलनमा थियो: राष्ट्रपति पौडेल कर्णालीका सडक पूर्वाधारको अनुगमन गरेर फर्के मन्त्री लम्साल ऋण असुलीबाट दुई समस्याग्रस्त सहकारीका १२५ जना बचतकर्ताको रकम फिर्ता तयारी पोसाक उद्योगको विकास र प्रवद्र्धनमा सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री शाह शिक्षामन्त्रीसँग अमेरिकी कार्यवाहक राजदूतको शिष्टाचार भेटवार्ता पर्यटनलाई एकीकृत विकास गर्दै मकवानपुरगढी बाँके जिल्ला प्रहरीमा २१६ मुद्दा दर्ता
तपाईं के खोज्दै हुनुहुन्छ ?

पर्सा–३ मा रास्वपाका चौरसियाको फराकिलो अग्रता



अ+ अ-

काठमाडाैँ ।  प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत पर्सा क्षेत्र नम्बर ३ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का रामाकान्त चौरसियाले अग्रता फराकिलो बनाएका छन् । निर्वाचन अधिकृत बुद्धिलाल श्रेष्ठका अनुसार कूल ४० हजार ७२० मत गणना हुँदा रास्वपाका चौरसियाले १७ हजार ३५२ मत प्राप्त गरेका हुन् ।

उक्त क्षेत्रमा नेपाली कांग्रेसका सुरेन्द्रप्रसाद चौधरीले नौ हजार ५२४ प्राप्त गर्नुभएको छ भने नेकपा (एमाले)का रूपेशकुमार पाण्डेले सात हजार ८४० मत ल्याएका छन् ।

पर्सा क्षेत्र नम्बर ३ बाट २३ जना उम्मेदवारले उम्मेदवारी दिएका छन्  । यहाँ नौ जना स्वतन्त्र उम्मेदवार र १४ जना दलीय उम्मेदवार छन्। कुल ९६ हजार पाँच सय ४२ मतदाना रहेकामा यहाँ प्रत्यक्षतर्फ ६७ हजार पाँच सय चार मत खसेको छ ।