३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar आधारभूत सिद्धान्तबाहेकका विषयमा राष्ट्रिय सहमतिका आधारमा संविधान संशोधन गर्न सकिन्छ – अध्यक्ष दाहाल News Polar संविधान केवल कानूनी दस्तावेज र शब्दहरूको संग्रह होइनः प्रदेश प्रमुख देवकोटा News Polar मुलुकमा भ्रष्टाचार र दण्डहिनताको जरा गहिरो छः प्रधानमन्त्री साह News Polar कांग्रेसको १५औँ महाधिवेशनः वडा अधिवेशन आजदेखि सुरु News Polar संविधान दिवसका अवसरमा अमेरिकाद्वारा शुभकामना News Polar संविधान संशोधनः सबैको सहमतिमा अघि बढ्दा अङ्क समस्या हुँदैन–संयोजक शाह News Polar ट्रम्पद्वारा तीन सञ्चारमाध्यममाथि प्रतिबन्धको घोषणा, प्रेस स्वतन्त्रताबारे बहस सुरु News Polar संविधानको अक्षर र भावना दुवैप्रति सरकार पूर्ण प्रतिबद्ध छ: प्रधानमन्त्री News Polar संविधानको प्रभावकारी कार्यान्वयनमा तीनवटै तहका क्रियाशील हुनुपर्ने News Polar संविधानको रक्षा र कार्यान्वयनमा उच्चतम समझदारी आवश्यकः प्रदेश प्रमुख देवकोटा News Polar भोटेकोशी बाढीपछि सम्पर्कविहीन पत्रकार टेकराज थामीको कुशको शव बनाएर अन्त्येष्टि News Polar गत भदौको उपद्रवमा कसको संलग्नता थियो, खुल्दै गएको छ–ओली News Polar शंकर पोखरेलको टिप्पणी–‘दलहरुसँगको संवाद प्रधानमन्त्रीका लागि एकादेशको कथा बन्यो’ News Polar राष्ट्रपति पौडेल संविधान दिवस विशेष समारोहमा सरिक News Polar संविधानका लक्ष्य पूरा गर्न सबै पक्ष प्रतिबद्ध हुनुपर्ने News Polar बालेनलाई विश्वप्रकाशको सुझावः जलावयु विपद्बारे दूरदर्शी राजनीतिज्ञको रूपमा सिङ्गो संसारकै प्रतिनिधित्व गर्नुस् News Polar संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको समीक्षा मागेको छ: रवि लामिछाने News Polar नेवानिका दुई वटै वाइडबडी ग्राउन्डेड News Polar संविधानको प्रभावकारी कार्यान्वयनमा प्रदेश प्रमुख कर्णको जोड News Polar भन्सार छलेर ल्याइएका १७ लाख ५६ हजार बराबरका सामान बरामद

चितवन–३ मा पराजित भएपछि रेनु दाहालद्वारा जनमतको सम्मान, विजयी सोविता गौतमलाई दिइन् बधाई

चितवन–३ मा पराजित भएपछि रेनु दाहालद्वारा जनमतको सम्मान, विजयी सोविता गौतमलाई दिइन् बधाई
अ+ अ-

काठमाडाैँ । प्रतिनिधिसभा सदस्य निर्वाचनमा पराजित भएपछि चितवन–३ की उम्मेदवार रेनु दाहालले जनताको मतको सम्मान गर्दै विजयी उम्मेदवारलाई बधाई दिएकी छन्।

दाहालले सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै आफूले झण्डै तीन दशक लामो राजनीतिक यात्रामा जनताका सपना, आवश्यकता र चाहनालाई आफ्नो सपना ठानेर काम गरेको बताएकी छन्। भरतपुर महानगरपालिकाको प्रमुखका रूपमा काम गर्दा नौ वर्ष आफूले नगरको विकास, समृद्धि र सुशासनका लागि समर्पित गरेको उनले उल्लेख गरिन्।

उनका अनुसार विकासका लागि जनपक्षीय नीति तथा नियम पर्याप्त नभएको महसुस भएपछि नगर प्रमुखको कार्यकाल अझै १५ महिना बाँकी हुँदाहुँदै प्रतिनिधिसभा सदस्यका लागि चितवन–३ बाट उम्मेदवारी दिएको बताइन्।

निर्वाचनको मतपरिणाम सार्वजनिक भइसकेको उल्लेख गर्दै उनले आफूले काममार्फत जनताको मन जिते पनि मत जित्न नसकेको स्वीकार गरेकी छन्। साथै विजयी उम्मेदवार सोविता गौतमलाई बधाई दिँदै चितवनवासीको मत खेर नजाने विश्वास व्यक्त गरेकी छन्।

दाहालले आफूलाई विश्वास गरेर मतदान गर्ने सबै मतदाताप्रति कृतज्ञता व्यक्त गर्दै आगामी दिनमा पनि चितवनवासीको हित, विकास र समृद्धिका लागि निरन्तर साथ रहने प्रतिबद्धता व्यक्त गरिन्।

चुनावी अभियानमा सक्रिय रूपमा खटिने नेपाल कम्युनिष्ट पार्टीका नेता–कार्यकर्ता, समर्थक, शुभेच्छुक, सञ्चारकर्मी तथा कलाकारप्रति पनि उनले आभार प्रकट गरेकी छन्।