२० भाद्र २०८३, शनिबार
,
Latest
भोटेकोशी बाढी : जलवायु अन्यायको प्रत्यक्ष प्रमाण, नेपालले खोज्नुपर्छ क्षतिपूर्ति पीडामा रहेका मानिसहरुमाथि अनावश्यक टिप्पणी गर्ने, हियाउने र थप पीडा दिन खोज्नेहरू अपराधी हुन् खुलामञ्चमा गौरा पर्व, सुदूरपश्चिम र कर्णालीका युवा सहभागी नेपाली युवा बक्सर घिमिरे बने विश्व च्याम्पियन काठमाडौं रेड्सलाई सफलता भक्तपुर पर्यटनको ३२ वर्षः ५२ लाखभन्दा बढी पर्यटकले घुमे नगर वीरेखोला बाढी : २३ परिवार विस्थापित, धानखेत बगरमा परिणत सिमकोटमा विद्युत् आपूर्ति बन्द निजी क्षेत्रको लगानीमार्फत सुदूरपश्चिमलाई समृद्ध बनाउनुपर्छ : मुख्यमन्त्री भट्ट उद्धारमा खटिएका नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोलीलाई सलाम !
तपाईं के खोज्दै हुनुहुन्छ ?

दैलेख–२ मा एमालेका पोखरेल अगाडि



अ+ अ-

दैलेख। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत दैलेख निर्वाचन क्षेत्र नं २ मा नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उम्मेदवार लक्ष्मीप्रसाद पोखरेलले अग्रता कायम राख्नुभएको छ ।

पछिल्लो मतपरिणामअनुसार पोखरेलले आठ हजार ७७३ मत प्राप्त गरी पहिलो स्थानमा रहनुभएको छ ।

उहाँलाई नेपाली कांग्रेसका उम्मेदवार दिक्पाल शाहीले पाँच हजार ७७० मतका साथ पछ्याइरहनुभएको छ । दुई उम्मेदवारबीचको मतान्तर दुई हजार ५३० रहेको छ । यस्तै, नेपाल कम्युनिष्ट पार्टीका योगेन्द्र शाही दुई हजार ५७७ मतसहित तेस्रो स्थानमा हुनुहुन्छ ।

निर्वाचन अधिकृत लोकहरि कँडेलका अनुसार निर्वाचन क्षेत्र नं २ अन्तर्गत अब दुल्लु नगरपालिका र भैरवी गाउँपालिकाका गरी कूल १५ वटा वडाको मतगणना हुन बाँकी रहेको छ । “अहिले गणना जारी छ, बाँकी रहेका वडाहरूको गणना सकिन केही समय लाग्ने देखिएको छ”, अधिकृत कँडेलले भन्नुभयो ।

कूल ८१ हजार ५०३ मतदाता रहेको यस क्षेत्रमा ६५ प्रतिशत मत खसेको थियो । यस निर्वाचन क्षेत्रमा विभिन्न राजनीतिक दल र स्वतन्त्र गरी कूल ११ जना उम्मेदवार चुनावी मैदानमा हुनुहुन्छ । रासस