१४ आश्विन २०८३, बुधबार Wednesday, September 30, 2026
१४ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar गौतम बुद्ध विमानस्थल अन्तरराष्ट्रिय उडानको प्रतीक्षामा, निजी क्षेत्रको आशा सरकारतिर News Polar एसियाली खेलकुदः नेपाली धावक पालद्वारा राष्ट्रिय कीर्तिमान News Polar बैङ्किङ कसुरमा फरार रहेका एक पक्राउ News Polar भोटेकोशी बाढीपछिको अनुभव समेट्दै नयाँ जलवायु नीति बनाउन सुझाव News Polar प्रतिनिधिसभाको बैठक आज बस्दै, यस्तो छ सम्भावित कार्यसूची News Polar दुई जिल्ला जोड्ने सुनकोशी पुल छ वर्षदेखि अलपत्र News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar उत्पादनस्थल फोहर रहेको भन्दै उद्योगलाई दुई लाख जरिवाना News Polar धितोपत्र दलाल व्यवसाय सुदृढीकरण नीति लागू News Polar सर्भेयर खटाउने प्रक्रियालाई पारदर्शी बनाउन ‘अटोमेटिक सर्भेयर डेपुटेसन’ प्रणाली, परीक्षण सुरु News Polar ‘ठमेल पर्यटन भेन्ट्रान्स कप’ फुटबल प्रतियोगिताको उपाधि जोरपाटीलाई News Polar अन्तर्राष्ट्रिय नतिजाका लागि खेलकुद क्षेत्रमा लगानी बढाउनुपर्छः मन्त्री पोखरेल News Polar सङ्गीतको सङ्गम बन्यो नीर शाहको पलेँटी News Polar मुख्यमन्त्री शाहीसँग मन्त्रीहरूको कार्यसम्पादन सम्झौता News Polar नाला सफाइ गरी पानीको निकास खुलाइयो News Polar निर्माणाधीन दार्चुला अस्पताल पुस मसान्तमा सम्पन्न हुने News Polar ‘महिला आन्दोलनको सहखोजीः सन्धान सङ्ग्रह’ प्रकाशित News Polar वामआन्दोलनलाई बलियो बनाउने चाहना छः भण्डारी News Polar अध्यक्ष र कर्मचारीमाथी भएको दुर्व्यवहारबारे प्रेस काउन्सिलको ध्यानाकर्षण News Polar वर्षाले पाल्पाका सडक क्षतिग्रस्त, पुलसमेत जोखिममा

कास्कीका तीनवटै क्षेत्रमा रास्वपा उम्मेदवारको फराकिलो अग्रता

कास्कीका तीनवटै क्षेत्रमा रास्वपा उम्मेदवारको फराकिलो अग्रता
अ अ+ अ-

कास्की। प्रतिनिधिसभा सदस्य निर्वाचनको कास्कीमा जारी मतगणनामा तीन वटै क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवारले फराकिलो अग्रता बनाएका छन् ।

कास्की–१ मा आज साँझसम्म १९ हजार ६१३ मत गणना सकिएको छ । जसमा रास्वपा उम्मेदवार गनेस पौडेलले आठ हजार १३० मत प्राप्त गरी अग्रता कायमै राख्नुभएको छ । यसैगरी नेकपा (एमाले)का उम्मेदवार बैनबहादुर अधिकारी क्षेत्रीले चार हजार ८३९ मत प्राप्त गर्नुभएको छ । नेपाली कांग्रेसका तिलक रानाभाटले चार हजार ३६४ मत प्राप्त गर्नुभएको छ ।

कास्की–२ मा रास्वपाका उत्तम पौडेलले १९ हजार ७१७ मतसहित अग्रता बनाउनुभएको छ । एमालेका उम्मेदवार रश्मी आचार्यले पाँच हजार ४९१ मत ल्याउनुभएको छ । नेपाली कांग्रेसका माधव बाँस्तोलाले तीन हजार १३२ मत प्राप्त गर्नुभएको मुख्य निर्वाचन अधिकृत हिमलाल बेलवासेले जानकारी दिनुभयो ।

कास्की–३ मा रास्वपाकी उम्मेदवार बिना गुरुङले २१ हजार १०१ मतसहित फराकिलो अग्रता बनाउनुभएको छ । नेपाली कांग्रेसका मनोज गुरुङले आठ हजार ९२४ मत प्राप्त गर्दा नेकपा एमालेका दामोदर पौडेल चार हजार ७८७ मत प्राप्त गर्नुभएको छ । कास्की–३ मा एक लाख सात हजार ५६० मतदाता रहेकामा ६५ हजार ४०७ मत खसेको थियो । रासस