१४ आश्विन २०८३, बुधबार Wednesday, September 30, 2026
१४ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar गौतम बुद्ध विमानस्थल अन्तरराष्ट्रिय उडानको प्रतीक्षामा, निजी क्षेत्रको आशा सरकारतिर News Polar एसियाली खेलकुदः नेपाली धावक पालद्वारा राष्ट्रिय कीर्तिमान News Polar बैङ्किङ कसुरमा फरार रहेका एक पक्राउ News Polar भोटेकोशी बाढीपछिको अनुभव समेट्दै नयाँ जलवायु नीति बनाउन सुझाव News Polar प्रतिनिधिसभाको बैठक आज बस्दै, यस्तो छ सम्भावित कार्यसूची News Polar दुई जिल्ला जोड्ने सुनकोशी पुल छ वर्षदेखि अलपत्र News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar उत्पादनस्थल फोहर रहेको भन्दै उद्योगलाई दुई लाख जरिवाना News Polar धितोपत्र दलाल व्यवसाय सुदृढीकरण नीति लागू News Polar सर्भेयर खटाउने प्रक्रियालाई पारदर्शी बनाउन ‘अटोमेटिक सर्भेयर डेपुटेसन’ प्रणाली, परीक्षण सुरु News Polar ‘ठमेल पर्यटन भेन्ट्रान्स कप’ फुटबल प्रतियोगिताको उपाधि जोरपाटीलाई News Polar अन्तर्राष्ट्रिय नतिजाका लागि खेलकुद क्षेत्रमा लगानी बढाउनुपर्छः मन्त्री पोखरेल News Polar सङ्गीतको सङ्गम बन्यो नीर शाहको पलेँटी News Polar मुख्यमन्त्री शाहीसँग मन्त्रीहरूको कार्यसम्पादन सम्झौता News Polar नाला सफाइ गरी पानीको निकास खुलाइयो News Polar निर्माणाधीन दार्चुला अस्पताल पुस मसान्तमा सम्पन्न हुने News Polar ‘महिला आन्दोलनको सहखोजीः सन्धान सङ्ग्रह’ प्रकाशित News Polar वामआन्दोलनलाई बलियो बनाउने चाहना छः भण्डारी News Polar अध्यक्ष र कर्मचारीमाथी भएको दुर्व्यवहारबारे प्रेस काउन्सिलको ध्यानाकर्षण News Polar वर्षाले पाल्पाका सडक क्षतिग्रस्त, पुलसमेत जोखिममा

कञ्चनपुर–१ मा रास्वपाका धामीको अग्रता कायमै

कञ्चनपुर–१ मा रास्वपाका धामीको अग्रता कायमै
तस्बिर : भवानीदत्त भट्ट
अ अ+ अ-

कञ्चनपुर। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत कञ्चनपुर निर्वाचन क्षेत्र नं १ मा जारी प्रत्यक्षतर्फको मतगणनाको पछिल्लो नतिजाअनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार जनकसिंह धामीले अग्रता कायमै राख्नुभएको छ ।

निर्वाचन अधिकृत दामोदर घिमिरेका अनुसार हालसम्मको मतगणनामा धामीले ५ हजार ८९१ मत प्राप्त गर्नुभएको छ । उहाँका निकटतम प्रतिस्पर्धी नेकपा (एमाले) का उम्मेदवार तारालामा तामाङले २ हजार ६१८ मतले पछ्याई रहनुभएको छ ।

त्यसैगरी नेपाल कम्युनिष्ट पार्टीकी उम्मेदवार विना मगरले २ हजार ३०४ र मत प्राप्त गर्नु भएको छ । नेपाली कांग्रेसका उम्मेदवार गोपीप्रसाद उपाध्यायले १ हजार ५४५ मत प्राप्त गर्नुभएको छ ।

राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार दिल्लीबहादुर शाहीले ४३० मत प्राप्त गर्नुभएको छ भने उज्यालो नेपाल पार्टीका माइकल तामाङले ६२४ मत प्राप्त गर्नुभएको छ ।

उक्त निर्वाचन क्षेत्रमा १४ हजार ७३० मत गणना गरिएको छ । तीमध्ये १३ हजार ७९१ मत सदर भएका छन् भने ९३९ मत बदर भएको जनाइएको छ । निर्वाचन क्षेत्रमा चार स्वतन्त्रसहित १९ उम्मेदवार चुनावी प्रतिस्पर्धामा रहेका छन् ।

निर्वाचन क्षेत्रमा कुल १ लाख १ हजार ७२४ मतदाता रहेकोमा त्यसमध्ये ६१ हजार७४ मत खसेको थियो । अहिलेसम्म पुर्नवास नगरपालिकाको वडा नं १ देखि ८ वडा सम्मको सम्पन्न भएको छ । अन्य पालिकाको मतगणनाको कार्य अगाडि बढाइएको छ । रासस