१४ आश्विन २०८३, बुधबार Wednesday, September 30, 2026
१४ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar गौतम बुद्ध विमानस्थल अन्तरराष्ट्रिय उडानको प्रतीक्षामा, निजी क्षेत्रको आशा सरकारतिर News Polar एसियाली खेलकुदः नेपाली धावक पालद्वारा राष्ट्रिय कीर्तिमान News Polar बैङ्किङ कसुरमा फरार रहेका एक पक्राउ News Polar भोटेकोशी बाढीपछिको अनुभव समेट्दै नयाँ जलवायु नीति बनाउन सुझाव News Polar प्रतिनिधिसभाको बैठक आज बस्दै, यस्तो छ सम्भावित कार्यसूची News Polar दुई जिल्ला जोड्ने सुनकोशी पुल छ वर्षदेखि अलपत्र News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar उत्पादनस्थल फोहर रहेको भन्दै उद्योगलाई दुई लाख जरिवाना News Polar धितोपत्र दलाल व्यवसाय सुदृढीकरण नीति लागू News Polar सर्भेयर खटाउने प्रक्रियालाई पारदर्शी बनाउन ‘अटोमेटिक सर्भेयर डेपुटेसन’ प्रणाली, परीक्षण सुरु News Polar ‘ठमेल पर्यटन भेन्ट्रान्स कप’ फुटबल प्रतियोगिताको उपाधि जोरपाटीलाई News Polar अन्तर्राष्ट्रिय नतिजाका लागि खेलकुद क्षेत्रमा लगानी बढाउनुपर्छः मन्त्री पोखरेल News Polar सङ्गीतको सङ्गम बन्यो नीर शाहको पलेँटी News Polar मुख्यमन्त्री शाहीसँग मन्त्रीहरूको कार्यसम्पादन सम्झौता News Polar नाला सफाइ गरी पानीको निकास खुलाइयो News Polar निर्माणाधीन दार्चुला अस्पताल पुस मसान्तमा सम्पन्न हुने News Polar ‘महिला आन्दोलनको सहखोजीः सन्धान सङ्ग्रह’ प्रकाशित News Polar वामआन्दोलनलाई बलियो बनाउने चाहना छः भण्डारी News Polar अध्यक्ष र कर्मचारीमाथी भएको दुर्व्यवहारबारे प्रेस काउन्सिलको ध्यानाकर्षण News Polar वर्षाले पाल्पाका सडक क्षतिग्रस्त, पुलसमेत जोखिममा

दार्चुलामा प्रतिनिधिसभा निर्वाचनको मतगणना सुरु

दार्चुलामा प्रतिनिधिसभा निर्वाचनको मतगणना सुरु
फाइल तस्बिर ।
अ अ+ अ-

दार्चुला। दार्चुलामा प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत मतगणना सुरु भएको छ ।

मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार सर्वदलीय बैठकले बेलुकी ७ः०० बजेदेखि मतगणना सुरु गर्ने निर्णय गरे पनि प्राविधिक तयारीका कारण ढिलाइ भएपछि भर्खंरै मतगणना सुरु गरिएको हो ।

जिल्ला सदरमुकाम खलङ्गास्थित महेन्द्र नमूना माविको भवनमा मतगणना भइरहेको छ । सुरुमा जिल्लाको व्यास गाउँपालिका-२ बाट मतगणना सुरु गरिएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । मतपेटिका सङ्कलन र व्यवस्थापनको काम सम्पन्न भएपछि मतगणना प्रक्रिया अघि बढाइएको हो ।

बिहीबार सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा दार्चुलामा कुल ५३.७६ प्रतिशत मत खसेको थियो । जिल्ला निर्वाचन कार्यालयका अनुसार जिल्लाभरबाट ४९ हजार ९६८ मतदाताले मतदान गरेका छन् ।

यसैबीच, निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न भएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । दुर्गम भूगोलका कारण केही उत्तरी क्षेत्रका मतदान केन्द्रबाट मतपेटिका नेपाली सेनाको हेलिकप्टरमार्फत सदरमुकाम ल्याइएको थियो भने अन्य स्थानबाट सुरक्षा निकायको निगरानीमा पैदल तथा सवारीसाधनमार्फत सङ्कलन गरिएको थियो ।

मतगणनास्थलमा सुरक्षा व्यवस्था कडा पारिएको मुख्य निर्वाचन अधिकृत भुवन गिरीले जानकारी दिनुभयो । मतगणना पारदर्शी र निष्पक्ष बनाउन राजनीतिक दलका प्रतिनिधि, निर्वाचन कर्मचारी तथा सुरक्षाकर्मीको उपस्थितिमा गणना भइरहेको उहाँले बताउनुभयो । रासस