२० भाद्र २०८३, शनिबार
,
Latest
मनास्लु आरोहणका लागि ३४८ जनाले लिए अनुमति, १५ करोड राजस्व संकलन टिमुरेस्थित नेपाल–चीन सीमामा राष्ट्रिय झण्डा पुनःस्थापित गरियो ‘मानव बेचबिखनविरुद्ध अभियानमा सबैको ऐक्यबद्धता आवश्यक छ’-मन्त्री वादी भोटेकोशी बाढी : जलवायु अन्यायको प्रत्यक्ष प्रमाण, नेपालले खोज्नुपर्छ क्षतिपूर्ति पीडामा रहेका मानिसहरुमाथि अनावश्यक टिप्पणी गर्ने, हियाउने र थप पीडा दिन खोज्नेहरू अपराधी हुन् खुलामञ्चमा गौरा पर्व, सुदूरपश्चिम र कर्णालीका युवा सहभागी नेपाली युवा बक्सर घिमिरे बने विश्व च्याम्पियन काठमाडौं रेड्सलाई सफलता भक्तपुर पर्यटनको ३२ वर्षः ५२ लाखभन्दा बढी पर्यटकले घुमे नगर वीरेखोला बाढी : २३ परिवार विस्थापित, धानखेत बगरमा परिणत
तपाईं के खोज्दै हुनुहुन्छ ?

बझाङमा कांग्रेसको सुरूवाती अग्रता



अ+ अ-

बझाङ। प्रतिनिधिसभा निर्वाचन बझाङको मतगणना भइरहँदा नेपाली कांग्रेसले सुरुआती अग्रता लिएको छ ।

बुङ्गल नगरपालिका–४ बाट गणना भएको मतअनुसार कांग्रेसका उम्मेदवार प्रकाश रसाइली स्नेहीले २५६ मत प्राप्त गर्नुभएको छ ।

त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार शैलेशकुमार सिंहले ११८, नेपाली कम्युनिष्ट पार्टीका उम्मेदवार मीनबहादुर कुँवरले १०० मत प्राप्त गर्नुभएको प्रमुख निर्वाचन अधिकृत सुवर्णमान बनेपालीले जानकारी दिनुभयो ।

नेकपा (एमाले)का उम्मेदवार ऐनबहादुर महरले ५२, नेकपा (माओवादी)का उम्मेदवार भरत मल्लले १९, राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदार विश्वप्रकाश जेठाराले चार र नेपाल मजदुर किसान पार्टीका उम्मेदवार दलबहादुर बोहराले तीन मत प्राप्त गर्नुभएको छ । रासस