३ भाद्र २०८३, बुधबार
,
Latest
चट्याङ लागेर घाइते भएका एक जनाको मृत्यु बगेर बेपत्ता भएका दुई किशोरको शव फेला सम्पादक श्रेष्ठलाई पक्राउ नगर्न अन्तरिम आदेश परराष्ट्रमन्त्री खनालको नेतृत्वमा नेपाली प्रतिनिधिमण्डल राष्ट्रसंघको ८१ औँ महासभामा सहभागी हुने राष्ट्र बैंकको डेपुटी गभर्नरमा दीर्घबहादुर राव‍ल नियुक्त कर्णाली सरकारका नवनियुक्त तीन मन्त्रीद्वारा शपथ ग्रहण भलिबल लिगलाई एक्स्ट्रिमको साथ ‘मानवअधिकारको संरक्षण तथा प्रवद्र्धनमा नेपाल र चीनबीचको सहकार्यले निरन्तरता पाउने विश्वास’ साइबर आक्रमणपछि ओपनएआइद्वारा उन्नत एआई विकासमा लगाम जाम्बियामा विपक्षीको ‘मनमानी’ गिरफ्तारी रोक्न संयुक्त राष्ट्रसङ्घको आग्रह
तपाईं के खोज्दै हुनुहुन्छ ?

निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न भएकामा चीनले दियो बधाई



अ+ अ-

काठमाडौं : चीन सरकारले नेपालको प्रतिनिधिसभाका लागि भएको निर्वाचन सफलतापूर्वक सम्पन्न भएकोमा नेपाललाइ बधाई दिएको छ ।

बेइजिङमा शुक्रबार आयोजित नियमित पत्रकार सम्मेलनमा चिनिया विदेश मन्त्रालयकी प्रवक्ता माओ निङले यही फागुन २१ (मार्च ५) मा नेपालमा सम्पन्न प्रतिनिधिसभा निर्वाचन शान्तिपूर्ण र सुव्यवस्थित रूपमा सम्पन्न भएकोमा चीनले स्वागत गरेको बताउनुभयो ।

एक सञ्चारकर्मीको प्रश्नको जवाफ दिँदै उहाँले नेपालको निर्वाचन आयोगका अनुसार करिब ६० प्रतिशत मतदाता सहभागिता भएको उक्त मतदानपछि नेपालले आफ्नो राजनीतिक एजेन्डालाई स्थिर रूपमा अगाडि बढाइरहेको देख्दा चीन खुसी भएको बताउनुभयो ।

प्रवक्ता माओले चीनले नेपालसँगको सम्बन्धलाई परम्परागत मैत्रीपूर्ण छिमेकी सम्बन्धका रूपमा उच्च महत्व दिने बताउनुभयो । उहाँका अनुसार दुवै देशले स्वतन्त्रता, सार्वभौमसत्ता र भौगोलिक अखण्डताको संरक्षणमा एक–अर्कालाई समर्थन गर्दै आएका छन् ।

उहाँले चीन नेपालसँग मिलेर दिगो मित्रता, विकास र समृद्धिका लागि रणनीतिक सहकार्यात्मक साझेदारीलाई अझ सुदृढ बनाउँदै अगाडि बढ्न तयार रहेको पनि बताउनुभयो ।