२० भाद्र २०८३, शनिबार
,
Latest
भोटेकोशी बाढीबाट साढे सात हजार घरधुरी प्रभावित अँध्यारो सुरुङभित्रको ‘हेलो… हेलो…’ र जीवनको खोजी भोटेकोशी बाढीः रसुवागढी हाइड्रोको छैठौँ तलामा पुग्यो उद्धार टोली, लेदो पन्छाएर खोजी जारी मनास्लु आरोहणका लागि ३४८ जनाले लिए अनुमति, १५ करोड राजस्व संकलन टिमुरेस्थित नेपाल–चीन सीमामा राष्ट्रिय झण्डा पुनःस्थापित गरियो ‘मानव बेचबिखनविरुद्ध अभियानमा सबैको ऐक्यबद्धता आवश्यक छ’-मन्त्री वादी भोटेकोशी बाढी : जलवायु अन्यायको प्रत्यक्ष प्रमाण, नेपालले खोज्नुपर्छ क्षतिपूर्ति पीडामा रहेका मानिसहरुमाथि अनावश्यक टिप्पणी गर्ने, हियाउने र थप पीडा दिन खोज्नेहरू अपराधी हुन् खुलामञ्चमा गौरा पर्व, सुदूरपश्चिम र कर्णालीका युवा सहभागी नेपाली युवा बक्सर घिमिरे बने विश्व च्याम्पियन
तपाईं के खोज्दै हुनुहुन्छ ?

भक्तपुरका दुवै क्षेत्रमा रास्वपाले फराकिलो मतान्तर, अग्रता कायमै



अ+ अ-

भक्तपुर। भक्तपुरको क्षेत्र नं १ र २ गरी दुवै क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीले फराकिलो मतान्तरले अग्रता कायमै राखेको छ ।

साँझ ५ः०० बजेसम्मको मतगणनाअनुसार भक्तपुर क्षेन नं १ को मतगणना रास्वपाका रुकेश रन्जितले १२ हजार १७१ मतसहित अग्रता कायमै राख्नुभएको छ भने नेमकिपाका प्रेम सुवालले आठ हजार ५३७ मतले पछ्याउनुभएको छ ।

नेपाली कांग्रेसका किरण न्यौपानेले एक हजार १८२ र नेकपा एमालेका सोमप्रसाद मिश्रले एक हजार १६४ मत प्राप्त गर्नुभएको छ ।

त्यसैगरी, भक्तपुर क्षेत्र नं २ मा रास्वपाका राजीव खत्रीले ११ हजार ४९ मतले अग्रता कायमै राख्दा एमालेका महेश बस्नेतले तीन हजार ११६ मत प्राप्त गरी पछ्याउनुभएको छ ।

नेपाली कांग्रेसका कविर राणाले एक हजार ५०३ मत प्राप्त गर्नुभएका जिल्ला निर्वाचन कार्यालय भक्तपुरका प्रवक्ता भीम बिसीले जानकारी दिनुभयो ।

भक्तपुर क्षेत्र नं १ मा कुल एक लाख सात हजार ५४ मतदाता रहेकामा ७६ हजार ७६१ मत खसेको थियो भने क्षेत्र नं २ मा ९८ हजार ३५६ मतदाता रहेकामा ७२ हजार ७६१ मत खसेको थियो । मतगणना जारी रहेको छ । रासस