१४ आश्विन २०८३, बुधबार Wednesday, September 30, 2026
१४ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar नारायणी किनार कहर : नगरपालिका बनाउँछ, नदी बगाउँछ News Polar बेनीमा खानेपानीको समस्या News Polar एसियाली खेलकुदः गल्फ र जुडोमा आजदेखि नेपालको प्रतिस्पर्धा News Polar पुण्यतिथिमा खर्च होइन, बुबाको सम्झनामा सामाजिक सेवा News Polar ‘अव्यवस्थित बसोबासबाट जग्गाधनीसम्मः जुनेली बस्तीको ३६ वर्ष’ News Polar जीवनभरको कमाइ कालीगण्डकीले लगेपछि द्विविधामा छन्, लामाखेतबासी News Polar गौतम बुद्ध विमानस्थल अन्तरराष्ट्रिय उडानको प्रतीक्षामा, निजी क्षेत्रको आशा सरकारतिर News Polar एसियाली खेलकुदः नेपाली धावक पालद्वारा राष्ट्रिय कीर्तिमान News Polar बैङ्किङ कसुरमा फरार रहेका एक पक्राउ News Polar भोटेकोशी बाढीपछिको अनुभव समेट्दै नयाँ जलवायु नीति बनाउन सुझाव News Polar प्रतिनिधिसभाको बैठक आज बस्दै, यस्तो छ सम्भावित कार्यसूची News Polar दुई जिल्ला जोड्ने सुनकोशी पुल छ वर्षदेखि अलपत्र News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar उत्पादनस्थल फोहर रहेको भन्दै उद्योगलाई दुई लाख जरिवाना News Polar धितोपत्र दलाल व्यवसाय सुदृढीकरण नीति लागू News Polar सर्भेयर खटाउने प्रक्रियालाई पारदर्शी बनाउन ‘अटोमेटिक सर्भेयर डेपुटेसन’ प्रणाली, परीक्षण सुरु News Polar ‘ठमेल पर्यटन भेन्ट्रान्स कप’ फुटबल प्रतियोगिताको उपाधि जोरपाटीलाई News Polar अन्तर्राष्ट्रिय नतिजाका लागि खेलकुद क्षेत्रमा लगानी बढाउनुपर्छः मन्त्री पोखरेल News Polar सङ्गीतको सङ्गम बन्यो नीर शाहको पलेँटी News Polar मुख्यमन्त्री शाहीसँग मन्त्रीहरूको कार्यसम्पादन सम्झौता

गोरखा–१ को मतपेटिका बोकेको हेली पोखरामा आकस्मिक अवतरण

गोरखा–१ को मतपेटिका बोकेको हेली पोखरामा आकस्मिक अवतरण
अ अ+ अ-

गोरखा। गोरखाको हिमाली भेगको मतपेटिका बोकेको नेपाली सेनाको हेलिकप्टर पोखरामा आकस्मिक अवतरण गरेको छ ।

खराब मौसमका कारण गोरखा सदरमुकाममा हेली अवतरण गर्न नसकेपछि पोखरा लगेको मुख्य निर्वाचन अधिकृत विष्णुप्रसाद गौतमले बताउनुभयो ।

आज दिउँसोदेखि हिमाली भेगका २३ मतदान केन्द्रका मतपेटिका हेलिकप्टरबाट ढुवानी गर्न सुरु गरिएको थियो । ‘हेलीले पहिलो लटमा चुमनुब्री गाउँपालिकाको वडा नं ७ स्थित छेकम मतदान केन्द्र र वडा नं ६ को चुम्चेत मतदान केन्द्रको मतपेटिका सदरमुकाम ल्याइसकेको छ”, उहाँले भन्नुभयो, “दोस्रो लटमा चुमनुब्री–१ स्थित गौरीशङ्कर आधारभूत विद्यालय खाङसार र साम्दो आधारभूत विद्यालय मतदान केन्द्रको मतपेटिका ल्याउने क्रममा मौसमले साथ दिएन ।”

खराब मौसमका कारण उत्तरी गोरखाको मतपेटिका सङ्कलन प्रभावित बनेको मुख्य निर्वाचन अधिकृत विष्णुप्रसाद गौतमले बताउनुभयो ।

जिल्लाको तल्लो भेगका मतपेटिका भने गए राति नै ढुवानी भइसकेको छ । गोरखा क्षेत्र नं २ को मतगणनासमेत सुरु भइसकेको मुख्य निर्वाचन अधिकृत गौतमले जानकारी दिनुभयो ।

गोरखा–१ को मतगणना जिल्ला सदरमुकामस्थित जिल्ला समन्वय समितिको भवन र गोरखा–२ को भूतथा जलाधार व्यवस्थापन कार्यालयमा गणना हुने गौतमको भनाइ छ । रासस