१५ आश्विन २०८३, बिहीबार Thursday, October 1, 2026
१५ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरण गर्न बिमा र पूर्वसूचना प्रणाली विस्तार गरिँदैछ : मन्त्री चौधरी News Polar सफ्टवेयर विकास केन्द्रको नियुक्तिमा सेटिङको आरोप, संसदीय छानबिन माग News Polar शनिबार र आइतबार अनिवार्य बिदा दिन विद्यालयलाई निर्देशन News Polar सेप्टेम्बरमा नेपाल भित्रिए ८८ हजार २४८ विदेशी पर्यटक News Polar परिवर्तनशील हिमालयमा जल सुरक्षाबारे संवाद News Polar कृषि क्षेत्रलाई उद्योगसँग जोड्ने नीति निर्माणमा सरकार केन्द्रित : मन्त्री चौधरी News Polar थापाथलीमा सवारी दुर्घटना हुँदा एकको मृत्यु, तीन घाइते News Polar एसियाली तेक्वान्दोमा नेपालका दुई खेलाडी पहिलो चरणबाटै बाहिरिए News Polar हिमलुङ हिमपहिरोमा थप चार शव फेला, मृतकको संख्या ११ पुग्यो News Polar सांसदहरुले उठाएको राष्ट्रिय मुद्दालाई सरकारले बेवास्ता गर्‍योः प्रमुख सचेतक राई News Polar युटिएलले तिर्नुपर्ने बक्यौता र जरिवाना सरकारी बाँकी सरह असुलउपर गरिने News Polar हिमालय एयरलाइन्स द्वारा काठमाडौं–हाङझाउ–काठमाडौं सिधा उडान सुरु News Polar विश्वव्यापी साझा अवधारणाका साथ हिमालय संरक्षण अभियानमा निरन्तर पहल हुन आवश्यकः उपनेता पराजुली News Polar प्रधानमन्त्री शाहद्वारा अष्ट्रेलियाको सहयोगप्रति कृतज्ञता व्यक्त News Polar राईको सरकारलाई प्रश्न–‘सुशासन नारामै सीमित, जनताका मुद्दामा परिणाम खोइ?’ News Polar दूध ट्याङ्कर दुर्घटनाः सहचालकको मृत्यु News Polar कृषिको व्यावसायिकताका माध्यमबाट समृद्धिको लक्ष्यमा मकवानपुरको बकैया News Polar  प्रधानमन्त्रीज्यू, संसद् तपाईंको अनुकूलतामा चल्ने संस्था होइन News Polar धानखेती भरपर्दो नहुँदा किसान अन्योलमा News Polar प्रधानमन्त्री शाहसँग अष्ट्रेलियाका राजदूत अर्न्स्टको शिष्टाचार भेट

चिसोको असरले निमोनिया र खोकी

चिसोको असरले निमोनिया र खोकी
अ अ+ अ-

रसुवा । रातको समयमा अत्यधिक तुषारो र धाराको पानीसमेत जमेर बरफ बन्न थालेपछि त्यसको प्रत्यक्ष असर वृद्ध र बालबालिकामा देखापर्न थालेको छ । ८३ वर्षीय रसुवाका वरिष्ठ समाजसेवी दावाफिञ्जो तामाङका अनुसार चिसोका कारण बालबालिकालाई निमोनिया र ज्येष्ठ नागरिकलाई खोकीको समस्या देखापर्न थालेको छ ।

चिसोकै कारण रूघाखोकीका साथै छुटफुटरूपले घाँटीमा टन्सिल हुने समस्यासमेत देखापर्न थालेको स्थानीय बासिन्दाले बताएका छन् । चिसोको असरबाट निमोनिया एवं दमखोकीका बिरामी दैनिक सरदर १५ जना उपचारार्थ आउने गरेको रसुवा अस्पतालका प्रमुख डा अनिलकुमार खरेलले बताउनुभयो ।

चिसोयामभर बालबालिका र ज्येष्ठ नागरिकलाई कम नुहाउने, नुहाउनै परेमा अत्यन्तै कमीमात्रामा हल्का तातोपानीले नुहाइ तेलको मालिस गर्ने, तातो÷तातो खुवाउने, सिरक वा कम्बल ओडाएर घरभित्रै राख्ने र आगो ताप्न परेमा हिटर वा कोइलाको तातो मात्र प्रयोग गर्न सुझाव दिँदै डाक्टर खरेलले दाउरा बालेर आगो नताप्न सुझाव दिनुभयो । डा खरेलका अनुसार चिसोको असरले निमोनिया, रूघाखोकी लागि राखेको अवस्थामा दाउरा बाल्दा धुवाँको असरले थप समस्या बनाउँछ ।

मदिरा तथा सुर्तीजन्य वस्तु प्रयोग नगर्न, समयसमयमा तातो खाना तथा खाजा खुवाउने, हातमा पञ्जा, शिरमा कानेटोपी घाँटीमा मखुलर र शरीरमा बाक्लो खाले लुगा उनीको ट्राउजर तथा जुत्ता लगाउनसमेत सबै दाजुभाइ दिदीबहिनीसमक्ष आग्रह गरिएकोसमेत चिकित्सकले बताएका छन् ।

कुनै पनि रोग लाग्दा साथ स्वास्थ्य संस्था वा अस्पताल जाने बानीको विकास गर्न जिल्लावासीलाई अग्रह गर्दै डा खरेलले रसुवा अस्पतालमा भिडियो एक्स–रेबाट पेटको परीक्षण कार्य शुरू भइसकेको र जिल्लाभित्र सात जना चिकित्सकसमेत कार्यरत रहेको जानकारी दिनुभयो ।

प्रत्येक नागरिकलाई प्रभावकारी उपचार सेवा प्रदान गर्ने वर्तमान सरकारको नीतिअनुरूप क्रमिकरूपले जिल्ला अस्पतालको सुदृढीकरणअन्तर्गत गत हप्तादेखि रसुवामा पहिलोपटक भिडियो एक्स–रे सेवा सञ्चालनमा आएको रसुवा अस्पतालले जनाएको छ । पेट दुख्नासाथ काठमाडौँ जानुपर्ने अवस्थामा रसुवा अस्पतालले सञ्चालन गरेको भिडियो एक्स–रेले स्थानीयस्तरमै सेवा दिन थालेपछि जिल्लावासीमाझ खुशी छाएको नागरिक समाज अध्यक्ष बाबुलाल तामाङले बताउनुभयो ।

यस्तै स्थानीय अस्पतालमा सबैखाले उपचार सेवा प्रदान गर्ने नीतिअनुरूप एक वर्षदेखि १४ वर्षसम्मका जटिल प्रकृतिका बालबालिकाका लागि छुट्टै विशेष सघन उपचारकक्ष र अन्यका लागि भेन्टिलेटरबाहेकको सघन उपचार कक्षसमेत सञ्चालनको तयारी भइरहेकोे अस्पतालले जनाएको छ ।

समुन्द्री सतहदेखि एक हजार ९०० मिटरभन्दामाथिका भू–भागमा पानी जम्न थालेको पाइएकाले लुगा धुँदा वा धुलाउन लगाउँदा तातोपानी मात्र प्रयोग गर्न÷गराउनसमेत चिकित्सकले सुझाव दिएका छन् । यस्तै हिमाली भेकमा हिमपात र सेताम्बे तुसारोले पशुको चरण क्षेत्र प्रभावित बनाएपछि बेंशीका तातो स्थानमा चौपाय सार्ने काम भइसकेको चौँरीपालक कृषकले बताएका छन् ।