९ भाद्र २०८३, मंगलवार
,
Latest
महिला प्रहरीमाथि हातपात गर्ने युवक नियन्त्रणमा गैरकानुनी सम्पत्ति आर्जन गर्ने सर्भेक्षक सुडीमाथि भ्रष्टाचार मुद्दा दायर नेपालमा सार्वजनिक भयो अप्रिलियाको नयाँ एसआर १७५ स्कुटर, मूल्य ४ लाख ५६ हजार ५०० चिनी मिल अध्ययन कार्यदलबाट स्थलगत अध्ययन मलेसियामाथि नेपालको जित उच्च अदालत सुर्खेत जुम्ला इजलासद्वारा ९५ प्रतिशत मुद्दा फछ्यौट लुम्बिनी प्रदेशमा तीन मन्त्रीले लिए पद तथा गोपनीयताको शपथ पुँजी बजार सुधारका लागि नयाँ ऐन र प्रविधिमा आधारित निगरानी आवश्यक : निरज गिरी ६० वर्षमाथिका नागरिकले ‘गौँथली’ निःशुल्क हेर्न पाउने विदेशी लगानी भित्र्याउन पुँजी बजार सुदृढीकरण र नीतिगत सुधार अपरिहार्य : मुक्ति अर्याल
तपाईं के खोज्दै हुनुहुन्छ ?

मतदानसम्बन्धी अद्यावधिक विवरण आज साँझ ६ः१५ बजे सार्वजनिक गरिने



अ+ अ-

काठमाडौँ । प्रतिनिधि सभा सदस्य निर्वाचनअन्तर्गत भइरहेको मतदानसम्बन्धी अद्यावधिक विवरण आज साँझ सार्वजनिक गरिने भएको छ।

निर्वाचन आयोगका सहसचिव तथा प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार आज बिहीबार साँझ ६ः१५ बजे आयोगमा पत्रकार सम्मेलन आयोजना गरी मतदानको अद्यावधिक अवस्था सार्वजनिक गरिनेछ।

जारी सूचनामा मतदानसम्बन्धी पछिल्लो विवरण पत्रकार सम्मेलनमार्फत जानकारी गराइने भएकाले सम्बन्धित सबैलाई जानकारीका लागि अनुरोध गरिएको छ।

आज बिहान ७ बजेदेखि देशभर सुरु भएको मतदान साँझ ५ बजेसम्म सञ्चालन हुनेछ। तर ५ बजेसम्म मतदान केन्द्रमा लाइनमा बसेका मतदाताले भने त्यसपछि पनि मतदान गर्न पाउने व्यवस्था गरिएको आयोगले जनाएको छ।

यसअघि दिउँसो आयोजित पत्रकार सम्मेलनमा आयोगले मतदाताहरू उत्साहजनक रूपमा मतदानमा सहभागी भइरहेको जनाएको थियो। छिटपुट घटनाबाहेक देशभर शान्तिपूर्ण रूपमा मतदान भइरहेको आयोगको भनाइ छ।