९ भाद्र २०८३, मंगलवार
,
Latest
जसपा नेपालले लुम्बिनीका तीन सांसदसँग फेरि माग्यो स्पष्टीकरण महिला प्रहरीमाथि हातपात गर्ने युवक नियन्त्रणमा गैरकानुनी सम्पत्ति आर्जन गर्ने सर्भेक्षक सुडीमाथि भ्रष्टाचार मुद्दा दायर नेपालमा सार्वजनिक भयो अप्रिलियाको नयाँ एसआर १७५ स्कुटर, मूल्य ४ लाख ५६ हजार ५०० चिनी मिल अध्ययन कार्यदलबाट स्थलगत अध्ययन मलेसियामाथि नेपालको जित उच्च अदालत सुर्खेत जुम्ला इजलासद्वारा ९५ प्रतिशत मुद्दा फछ्यौट लुम्बिनी प्रदेशमा तीन मन्त्रीले लिए पद तथा गोपनीयताको शपथ पुँजी बजार सुधारका लागि नयाँ ऐन र प्रविधिमा आधारित निगरानी आवश्यक : निरज गिरी ६० वर्षमाथिका नागरिकले ‘गौँथली’ निःशुल्क हेर्न पाउने
तपाईं के खोज्दै हुनुहुन्छ ?

मुख्यमन्त्री शाहद्वारा मतदान



अ+ अ-

काठमाडाैँ ।  सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले कैलाली निर्वाचन क्षेत्र नं २ लम्कीचुहा नगरपालिका—१ स्थित कालिका मावि मतदान केन्द्र ‘क’मा मतदान गरेका छन् ।

प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत उहाँले आज केहीबेर अघि मतदान गरेकाे उनको सचिवालयले जनाएको छ ।

यसैगरी पूर्वमन्त्री एवं नेकपा (एमाले)का उपमहासचिव लेखराज भट्टले कैलाली क्षेत्र नं ४अन्तर्गत गोदावरी नगरपालिका-१ स्थित घण्टेश्वर मावि मतदान केन्द्रमा मतदान गरेका छन्।

यहाँ मतदाताले उत्साहपूर्वक मतदानमा सहभागी भइरहेका निर्वाचन कार्यालयले जनाएको छ ।

यहाँ कैलाली निर्वाचन क्षेत्र नं ५ अन्तर्गत धनगढी उपमहानगरपालिका-८ का १०१ वर्षीय ज्येष्ठ नागरिक रघुनाथ जोशीले धनगढी मावि मतदान केन्द ‘घ’ मा मतदान गरेका छन् । यसैगरी भीमदत्त नगरपालिका-१० निवासी १०६ वर्षीय ज्येष्ठ नागरिक गङ्गादत्त भट्टले कञ्चनपुर क्षेत्र— ३ अन्तर्गतको सिद्धनाथ मावि जिमुवा मतदान केन्द्र ‘ख’ मा मतदान गरेका छन् ।