१८ आश्विन २०८१, शुक्रबार
,
Latest
पूर्वराजा शाह र भुटानी राजाबीच भेट सिस्नेरी पहिरोमा ज्यान गुमाउने विद्यार्थीका परिवारलाई जनही रु दुई लाख विपद् प्रभावित पालिकालाई सङ्कटग्रस्त क्षेत्र घोषणा गर्न सिफारिस बहुपक्षीय र क्षेत्रीय बैठकहरूमा सुनिने र देखिनेगरी नेपालको उपस्थिति रह्योः परराष्ट्रमन्त्री राणा प्रधानमन्त्रीसमक्ष उद्धार कोषमा एकैदिन साढे तीन करोड हस्तान्तरण आन्तरिक हवाई उडानतर्फ अत्यधिक चाप नेपालमा सभ्यतासम्बन्धि अन्तर्राष्ट्रिय सम्मेलन शुरु मन्त्री भण्डारीद्वारा खानेतेलको मूल्य तथा आपूर्तिको अवस्थाबारे जानकारी अवरुद्ध चार राजमार्ग आईतवारसम्ममा खुल्ने, विपी राजमार्ग दशैँअघि नखुल्ने विश्वकप एसिया छनोटको उद्घाटन खेल नेपालले थाइल्याण्डसँग खल्ने
तपाईं के खोज्दै हुनुहुन्छ ?

मुख्यमन्त्री राईद्वारा ल्होसार र मिनारिदाचाम पर्वको शुभकामना



अ+ अ-

विराटनगर । प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले तमु (गुरुङ) जातिको महान् चाड तमु ल्होसार र किराँत कुलुङ जातिको महान् चाड मिनारिदाचाम, चासुम्लो निङ्दोङ, चाक्चाकुर–२०७६ को सुखद् उपलक्ष्यमा स्वदेश तथा विदेशमा रहनुभएका तमु तथा कुलुङ समुदायलगायत सम्पूर्ण दाजुभाइ तथा दिदीबहिनीमा सुख, शान्ति, समृद्धि एवं उत्तरोत्तर प्रगतिको हार्दिक शुभकामना व्यक्त गरेका छन् ।

आज जारी गरेको शुभकामना सन्देशमा उनले नेपालका तमु जातिमा नयाँ वर्षको आगमनको खुशीयाली स्वरुप विशेष उत्साह र उमङ्गकासाथ मनाइने तमु ल्होसारले छुट्टै मौलिकता, परम्परा र सांस्कृतिक महत्व बोकेको उल्लेख गरेका छन् । मुख्यमन्त्री राईले नयाँ वर्षको रुपमा मनाइने ल्होसारले आफ्नो धर्म, संस्कृति, रीतिरिवाज र परम्पराको संरक्षणमा लाग्न सबैलाई प्रेरित गर्दै आएको विश्वास व्यक्त गरेका छन् ।

त्यसैगरी मुख्यमन्त्री राईले जारी गरेको शुभकामना सन्देशमा किराँत कुलुङ जातिको मिनारिदाचाम, चासुम्लो निङ्दोङ, चाक्चाकुर चाडले छुट्टै मौलिकता, परम्परा र सांस्कृतिक महत्व बोकेको उल्लेख गरेका छन् । उनले सन्देशमा चाडले आफ्नो धर्म संस्कति, रीतिरिवाज र परम्पराको संरक्षणमा लाग्न सबैलाई प्ररित गर्ने विश्वास व्यक्त गरेका छन् ।

सन्देशमा मुख्यमन्त्री राईले बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक र बहुधार्मिक विविधतायुक्त नेपाली समाजमा यस्ता पर्वहरु आपसी मित्रता, सद्भाव र एकताको प्रतीकका रुपमा रहेका जनाउँदै विविधता नेपालका लागि मात्र नभएर विश्व समुदायका लागि पनि एक महत्वपूर्ण पूँजी हो भनेका छन् ।