१५ आश्विन २०८३, बिहीबार Thursday, October 1, 2026
१५ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरण गर्न बिमा र पूर्वसूचना प्रणाली विस्तार गरिँदैछ : मन्त्री चौधरी News Polar सफ्टवेयर विकास केन्द्रको नियुक्तिमा सेटिङको आरोप, संसदीय छानबिन माग News Polar शनिबार र आइतबार अनिवार्य बिदा दिन विद्यालयलाई निर्देशन News Polar सेप्टेम्बरमा नेपाल भित्रिए ८८ हजार २४८ विदेशी पर्यटक News Polar परिवर्तनशील हिमालयमा जल सुरक्षाबारे संवाद News Polar कृषि क्षेत्रलाई उद्योगसँग जोड्ने नीति निर्माणमा सरकार केन्द्रित : मन्त्री चौधरी News Polar थापाथलीमा सवारी दुर्घटना हुँदा एकको मृत्यु, तीन घाइते News Polar एसियाली तेक्वान्दोमा नेपालका दुई खेलाडी पहिलो चरणबाटै बाहिरिए News Polar हिमलुङ हिमपहिरोमा थप चार शव फेला, मृतकको संख्या ११ पुग्यो News Polar सांसदहरुले उठाएको राष्ट्रिय मुद्दालाई सरकारले बेवास्ता गर्‍योः प्रमुख सचेतक राई News Polar युटिएलले तिर्नुपर्ने बक्यौता र जरिवाना सरकारी बाँकी सरह असुलउपर गरिने News Polar हिमालय एयरलाइन्स द्वारा काठमाडौं–हाङझाउ–काठमाडौं सिधा उडान सुरु News Polar विश्वव्यापी साझा अवधारणाका साथ हिमालय संरक्षण अभियानमा निरन्तर पहल हुन आवश्यकः उपनेता पराजुली News Polar प्रधानमन्त्री शाहद्वारा अष्ट्रेलियाको सहयोगप्रति कृतज्ञता व्यक्त News Polar राईको सरकारलाई प्रश्न–‘सुशासन नारामै सीमित, जनताका मुद्दामा परिणाम खोइ?’ News Polar दूध ट्याङ्कर दुर्घटनाः सहचालकको मृत्यु News Polar कृषिको व्यावसायिकताका माध्यमबाट समृद्धिको लक्ष्यमा मकवानपुरको बकैया News Polar  प्रधानमन्त्रीज्यू, संसद् तपाईंको अनुकूलतामा चल्ने संस्था होइन News Polar धानखेती भरपर्दो नहुँदा किसान अन्योलमा News Polar प्रधानमन्त्री शाहसँग अष्ट्रेलियाका राजदूत अर्न्स्टको शिष्टाचार भेट

नेपालीको पहिलो रोजाइ क्यानबेरा

नेपालीको पहिलो रोजाइ क्यानबेरा
अ अ+ अ-

काठमाडौं । अष्ट्रेलिया आएका नेपालीको आकर्षण सङ्घीय राजधानी क्यानबेरा बन्न थालेको छ । स्थायी बसोबासका लागि सहज हुने भए पछि विभिन्न शहरमा रहेका नेपालीको यहाँ बसाइँसराइ क्रम बढ्दो रहेको छ ।

राजधानी क्यानबेरा व्यवस्थित र शान्तशरह हो । यहाँको जनसङ्ख्या चार लाख हाराहारी मात्र रहेको छ । विगत १२ वर्षदेखि बसोबास गर्दै आउनुभएका गैर आवासीय नेपाली सङ्घ क्यानबेरा क्षेत्रका उपसंयोजक अशोक बस्नेत आफूहरु आउँदा २०० को हाराहारीमा रहेका नेपालीको सङ्ख्या हाल पाँच हजार नाघेको बताउनुहुन्छ ।

नेपाली्द्वारा यहाँ सञ्चालित पहिलो शैक्षिक तथा अध्यागमन परामर्श केन्द्रका निर्देशक आदर्शजङ्ग पाण्डेले नेपालीको आकर्षण बढ्नुमा स्थानीय सरकारले अबलम्वन गरेको अध्यागमन नीति नै प्रमुख रहेको जानकारी दिनुभयो ।

यहाँको सरकारले केन्द्र सरकारको नीतिअनुसार अष्ट्रेलियाका मुख्य शहरभन्दा क्षेत्रीय शहरमा आप्रवासीको सङ्ख्या बढाउने कार्यलाई प्राथमिकता दिएको छ । नेपालबाट सोझै यहाँ आउने अन्य शहरबाट अध्ययन गरी स्थायी बसोबास ९पिआर०का लागि यहाँ आउने गरेका छन् ।

नेपालीको सङ्ख्या उल्लेख्य वृद्धि भएसँगै विभिन्न सङ्घ संस्थाका गतिविधि पनि बढेका छन् । दुई चार वर्ष अघिसम्म नेपाली चलचित्र प्रदर्शन र नेपाली कलाकारका प्रस्तुति खासै रहेको थिएन । पछिल्ला वर्षहरुमा ती गतिविधि बढेका छन् । यहाँको अष्टे«लिया नेपाल फ्राइन्डसिप सोसाइटीका गतिविधि पनि बढ्दै गएको छ । ३७ वर्ष अघि यहाँका अष्टे«लियन र केही नेपाली विद्यार्थीले संस्था स्थापना गरेका थिए ।

संस्थाको पहिलो महिला अध्यक्ष खुस्बु न्यौपाने पछिल्ला वर्षहरुमा अष्ट्रेलियाका अन्य शहरमा रहेका नेपाली विद्यार्थी पनि यहाँ आउने क्रम निकै बढेको बताउनुहुन्छ । नेपालीको सङ्ख्या बढेसँगै सोसाइटीले नेपालका हितमा विभिन्न कार्यक्रम ल्याएको छ ।

यहाँका अधिकांश आवास क्षेत्रमा नेपाली भेट्न सकिन्छ । अस्पताल, व्यावसायिक मल, सरकारी कार्यालय, व्यापारिक केन्द्र, विश्वविद्यालयलगायतमा नेपाली कार्यरत रहेको देख्न सकिन्छ । यहाँ नेपालीहरुको खेलप्रति रुचि र गतिविधि उल्लेख्यरुपमा बढेको छ । नेपालीहरुले क्यानबेरा नेपाली फुटबल क्लब, भलिबल क्लब र क्रिकेट क्लब गठन गरेर सामूहिक खेलकूद गतिविधि सञ्चालन गर्दै आएका क्रिकेट क्लबका अध्यक्ष कमल आचार्यले जानकारी दिनुभयो ।

सन् २०२० को अप्रिलमा अष्ट्रेलिया र छिमेकी देशमा नेपालीको सहभागितामा क्यानबेरामा बृहत् मेला हुने गरेको कार्यक्रमका ससंयोजक तथा अष्ट्रेलिया सरकारका वरिष्ठ जलस्रोतविज्ञ डा दुर्गादत्त कँडेलले बताउनुभयो । यहाँको सरकारी अस्पताल क्यानबेरा अस्पतालमा कार्यरत अष्ट्रेलिया नेपाल फ्रेण्डसिप सोसाइटीका जनसम्पर्क अधिकृत समिर अधिकारी स्थायी बसोबास र सुुनिश्चित भविश्यको सहजताका लागि यहाँ नेपाली आउन क्रम बढेको बताउनुहुन्छ । यही शहरमा अष्ट्रेलियाका लागि नेपाली राजदूतावास रहेको छ । अष्ट्रेलियाको सङ्घीय सरकारको संसद्का दुवै सभा, प्रधानमन्त्री एवं मन्त्रीहरुको कार्यालय सबै यही छन् ।

क्यानबेरामा नेपालीहरुका लागि उपयुक्त देखिए पनि राज्य तथा केन्द्र सरकारका अध्यागमन नीति नियमको बारेमा बुझेर मात्रै आउनुपर्ने यहाँको अध्यागमनसम्बन्धी जानकार विक्रम सुवेदी बताउनुहुन्छ ।