१५ आश्विन २०८३, बिहीबार Thursday, October 1, 2026
१५ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरण गर्न बिमा र पूर्वसूचना प्रणाली विस्तार गरिँदैछ : मन्त्री चौधरी News Polar सफ्टवेयर विकास केन्द्रको नियुक्तिमा सेटिङको आरोप, संसदीय छानबिन माग News Polar शनिबार र आइतबार अनिवार्य बिदा दिन विद्यालयलाई निर्देशन News Polar सेप्टेम्बरमा नेपाल भित्रिए ८८ हजार २४८ विदेशी पर्यटक News Polar परिवर्तनशील हिमालयमा जल सुरक्षाबारे संवाद News Polar कृषि क्षेत्रलाई उद्योगसँग जोड्ने नीति निर्माणमा सरकार केन्द्रित : मन्त्री चौधरी News Polar थापाथलीमा सवारी दुर्घटना हुँदा एकको मृत्यु, तीन घाइते News Polar एसियाली तेक्वान्दोमा नेपालका दुई खेलाडी पहिलो चरणबाटै बाहिरिए News Polar हिमलुङ हिमपहिरोमा थप चार शव फेला, मृतकको संख्या ११ पुग्यो News Polar सांसदहरुले उठाएको राष्ट्रिय मुद्दालाई सरकारले बेवास्ता गर्‍योः प्रमुख सचेतक राई News Polar युटिएलले तिर्नुपर्ने बक्यौता र जरिवाना सरकारी बाँकी सरह असुलउपर गरिने News Polar हिमालय एयरलाइन्स द्वारा काठमाडौं–हाङझाउ–काठमाडौं सिधा उडान सुरु News Polar विश्वव्यापी साझा अवधारणाका साथ हिमालय संरक्षण अभियानमा निरन्तर पहल हुन आवश्यकः उपनेता पराजुली News Polar प्रधानमन्त्री शाहद्वारा अष्ट्रेलियाको सहयोगप्रति कृतज्ञता व्यक्त News Polar राईको सरकारलाई प्रश्न–‘सुशासन नारामै सीमित, जनताका मुद्दामा परिणाम खोइ?’ News Polar दूध ट्याङ्कर दुर्घटनाः सहचालकको मृत्यु News Polar कृषिको व्यावसायिकताका माध्यमबाट समृद्धिको लक्ष्यमा मकवानपुरको बकैया News Polar  प्रधानमन्त्रीज्यू, संसद् तपाईंको अनुकूलतामा चल्ने संस्था होइन News Polar धानखेती भरपर्दो नहुँदा किसान अन्योलमा News Polar प्रधानमन्त्री शाहसँग अष्ट्रेलियाका राजदूत अर्न्स्टको शिष्टाचार भेट

घुम्न जाउँ तुलसीपुर अभियानको तयारी

घुम्न जाउँ तुलसीपुर अभियानको तयारी
अ अ+ अ-

तुलसीपुर । भ्रमण वर्ष २०२० को अवसरमा दाङको तुलसीपुर उपमहानगरपालिकाले घुम्न जाउँ तुलसीपुर अभियान भोलिदेखि शुरु गर्ने भएको छ । त्यसको तयारी अन्तिम चरणमा पुगेको अभियानका संयोजक रुपबहादुर खत्रीले जानकारी दिनुभयो ।

एक लाख पर्यटक भित्र्याउने लक्ष्यसाथ अभियान थालनी गर्न लागिएको उपमहानगरपालिका नगर प्रमुख घनश्याम पाण्डेले बताउनुभयो । उद्घाटन कार्यक्रममा एक वर्षभरि गरिने पर्यटन लक्षित कार्यक्रम तालिका सार्वजनिक गरिनेछ । भ्रमण वर्षलाई लक्षित गरेर तुलसीपुर उपमहानगरले विभिन्न ठाउँमा घरवास सञ्चालन गरिसकेको छ । विभिन्न जाति र समुदायका व्यक्तिबाट सञ्चालन गरिएका घरवासमा पर्यटकलाई स्थानीय सांस्कृतिक प्रस्तुतिका साथमा परिकार खुवाइने व्यवस्था गरिएको छ । सञ्चालनमा आइसकेका घरवासमा वडा नम्बर ८ को वटोलपुर, वडा नम्बर ७ को पर्सेनी कुमाल गाउँ, वडा नम्बर ३ को राम्री धामा, वडा नम्बर १९ को छिल्लीकोटलगायतका छन् ।

त्यस्तै राप्ती शान्ति उद्यान, चमेरे गुफालगायतका ठाउँमा पनि तयारी भइरहेको छ । पर्यटकलाई घुम्न सहज होस् भनेर उपमहानगरपालिकाले सहयोग कक्षको व्यवस्था गरेको छ । “सहयोग कक्षमार्फत पर्यटकलाई सबै कुराको जानकारी दिइनेछ ।” उपमहानगरपालिकाले भ्रमण वर्ष लक्षित गरेर प्रचारप्रसार, पर्यटकीय केन्द्रको भौतिक सुधार र पर्यटक रमाउने संरचना निर्माणका योजना अगाडि बढाएको छ ।