१८ आश्विन २०८१, शुक्रबार
,
Latest
पूर्वराजा शाह र भुटानी राजाबीच भेट सिस्नेरी पहिरोमा ज्यान गुमाउने विद्यार्थीका परिवारलाई जनही रु दुई लाख विपद् प्रभावित पालिकालाई सङ्कटग्रस्त क्षेत्र घोषणा गर्न सिफारिस बहुपक्षीय र क्षेत्रीय बैठकहरूमा सुनिने र देखिनेगरी नेपालको उपस्थिति रह्योः परराष्ट्रमन्त्री राणा प्रधानमन्त्रीसमक्ष उद्धार कोषमा एकैदिन साढे तीन करोड हस्तान्तरण आन्तरिक हवाई उडानतर्फ अत्यधिक चाप नेपालमा सभ्यतासम्बन्धि अन्तर्राष्ट्रिय सम्मेलन शुरु मन्त्री भण्डारीद्वारा खानेतेलको मूल्य तथा आपूर्तिको अवस्थाबारे जानकारी अवरुद्ध चार राजमार्ग आईतवारसम्ममा खुल्ने, विपी राजमार्ग दशैँअघि नखुल्ने विश्वकप एसिया छनोटको उद्घाटन खेल नेपालले थाइल्याण्डसँग खल्ने
तपाईं के खोज्दै हुनुहुन्छ ?

घुम्न जाउँ तुलसीपुर अभियानको तयारी



अ+ अ-

तुलसीपुर । भ्रमण वर्ष २०२० को अवसरमा दाङको तुलसीपुर उपमहानगरपालिकाले घुम्न जाउँ तुलसीपुर अभियान भोलिदेखि शुरु गर्ने भएको छ । त्यसको तयारी अन्तिम चरणमा पुगेको अभियानका संयोजक रुपबहादुर खत्रीले जानकारी दिनुभयो ।

एक लाख पर्यटक भित्र्याउने लक्ष्यसाथ अभियान थालनी गर्न लागिएको उपमहानगरपालिका नगर प्रमुख घनश्याम पाण्डेले बताउनुभयो । उद्घाटन कार्यक्रममा एक वर्षभरि गरिने पर्यटन लक्षित कार्यक्रम तालिका सार्वजनिक गरिनेछ । भ्रमण वर्षलाई लक्षित गरेर तुलसीपुर उपमहानगरले विभिन्न ठाउँमा घरवास सञ्चालन गरिसकेको छ । विभिन्न जाति र समुदायका व्यक्तिबाट सञ्चालन गरिएका घरवासमा पर्यटकलाई स्थानीय सांस्कृतिक प्रस्तुतिका साथमा परिकार खुवाइने व्यवस्था गरिएको छ । सञ्चालनमा आइसकेका घरवासमा वडा नम्बर ८ को वटोलपुर, वडा नम्बर ७ को पर्सेनी कुमाल गाउँ, वडा नम्बर ३ को राम्री धामा, वडा नम्बर १९ को छिल्लीकोटलगायतका छन् ।

त्यस्तै राप्ती शान्ति उद्यान, चमेरे गुफालगायतका ठाउँमा पनि तयारी भइरहेको छ । पर्यटकलाई घुम्न सहज होस् भनेर उपमहानगरपालिकाले सहयोग कक्षको व्यवस्था गरेको छ । “सहयोग कक्षमार्फत पर्यटकलाई सबै कुराको जानकारी दिइनेछ ।” उपमहानगरपालिकाले भ्रमण वर्ष लक्षित गरेर प्रचारप्रसार, पर्यटकीय केन्द्रको भौतिक सुधार र पर्यटक रमाउने संरचना निर्माणका योजना अगाडि बढाएको छ ।