१८ आश्विन २०८१, शुक्रबार
,
Latest
पूर्वराजा शाह र भुटानी राजाबीच भेट सिस्नेरी पहिरोमा ज्यान गुमाउने विद्यार्थीका परिवारलाई जनही रु दुई लाख विपद् प्रभावित पालिकालाई सङ्कटग्रस्त क्षेत्र घोषणा गर्न सिफारिस बहुपक्षीय र क्षेत्रीय बैठकहरूमा सुनिने र देखिनेगरी नेपालको उपस्थिति रह्योः परराष्ट्रमन्त्री राणा प्रधानमन्त्रीसमक्ष उद्धार कोषमा एकैदिन साढे तीन करोड हस्तान्तरण आन्तरिक हवाई उडानतर्फ अत्यधिक चाप नेपालमा सभ्यतासम्बन्धि अन्तर्राष्ट्रिय सम्मेलन शुरु मन्त्री भण्डारीद्वारा खानेतेलको मूल्य तथा आपूर्तिको अवस्थाबारे जानकारी अवरुद्ध चार राजमार्ग आईतवारसम्ममा खुल्ने, विपी राजमार्ग दशैँअघि नखुल्ने विश्वकप एसिया छनोटको उद्घाटन खेल नेपालले थाइल्याण्डसँग खल्ने
तपाईं के खोज्दै हुनुहुन्छ ?

पानी बोक्ने ट्यांकरले ६ वटा गाडीलाई ठक्कर दिएपछि…



अ+ अ-

काठमाडौं । राजधानीको सोह्रखुट्टेमा एक पानी बोक्ने ट्यांकरले छ वटा गाडीलाई ठक्कर दिएको छ । बा ३ ख ९४५० नम्बरको पानीले भरिएको ट्यांकर ‌ओरालोमा ब्रेक फेल भएपछि पाँच गाडी र एक मोटरसाइकललाई ठक्कर दिएको हो।

मंगलबार बिहान गोल्फुटारबाट आइरहेको ओरालोमा ब्रेक फेल भएपछि गाडीला ठोक्दै गुडेको ट्यांकर पछि वीरबहादुर तामाङ र विषयजंग गुरूङको घरमा ठोक्किएको थियो। ट्यांकर ठोक्किएको घरमा सामान्य क्षति भएको छ।

ट्यांकरले चार वटा कार, एक बस र एक मोटरसाइकललाई ठक्कर दिएको हो। मोटरसाइकल चालकलाई सामान्य चोट लागेको महानगरीय प्रहरी वृत्त सोह्रखुट्टे असई बसन्त थापाले जानकारी दिए।

उनका अनुसार ट्यांकर चालक फरार छन्। उनको खोजी भइरहेको छ।