२५ भाद्र २०८३, बिहीबार
,
Latest
यमनमा फेरि युद्ध भड्कियो – बाब अल-मन्दाब क्षेत्रमा भीषण भिडन्त टर्कीको अन्टाल्यामा भीषण डढेलो, एकको मृत्यु, २५० घर खाली गराइयो तरकारीको विषादी परीक्षण बढाइँदै सेतीबाढीपीडितले पठाए भोटेकोशी पीडितलाई सहयोग भोटेकोशी बाढी : ‘डिएनए’ परीक्षण तीव्र नेपाल नेत्रज्योति सङ्घद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एक करोड ४१ लाख भन्दा बढी सहयोग तनहुँमा एक वर्षमा २२ किलोमिटर सडक कालोपत्र जेनजी आन्दोलनको एक वर्षः परराष्ट्र नीतिलाई प्रभावकारी बनाउँदै सरकार एसिसी प्रिमियर कपः नेपाल ओमानसँग खेल्दै भोटेकोशी बाढीः ‘मेरो गर्भमा हुर्किरहेको बच्चाले बाबुको काख पाओस् !’
तपाईं के खोज्दै हुनुहुन्छ ?

पानी बोक्ने ट्यांकरले ६ वटा गाडीलाई ठक्कर दिएपछि…



अ+ अ-

काठमाडौं । राजधानीको सोह्रखुट्टेमा एक पानी बोक्ने ट्यांकरले छ वटा गाडीलाई ठक्कर दिएको छ । बा ३ ख ९४५० नम्बरको पानीले भरिएको ट्यांकर ‌ओरालोमा ब्रेक फेल भएपछि पाँच गाडी र एक मोटरसाइकललाई ठक्कर दिएको हो।

मंगलबार बिहान गोल्फुटारबाट आइरहेको ओरालोमा ब्रेक फेल भएपछि गाडीला ठोक्दै गुडेको ट्यांकर पछि वीरबहादुर तामाङ र विषयजंग गुरूङको घरमा ठोक्किएको थियो। ट्यांकर ठोक्किएको घरमा सामान्य क्षति भएको छ।

ट्यांकरले चार वटा कार, एक बस र एक मोटरसाइकललाई ठक्कर दिएको हो। मोटरसाइकल चालकलाई सामान्य चोट लागेको महानगरीय प्रहरी वृत्त सोह्रखुट्टे असई बसन्त थापाले जानकारी दिए।

उनका अनुसार ट्यांकर चालक फरार छन्। उनको खोजी भइरहेको छ।