७ आश्विन २०८३, बुधबार Wednesday, September 23, 2026
७ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar आज देशैभर कांग्रेसको पालिका अधिवेशन News Polar अमेरिकी प्रतिबन्धबीच उडान रोक्ने निर्देशन नआएको ‘इरान एयर’को दाबी News Polar चीनले नेपाललाई एआईयुक्त मौसम पूर्व–सूचना प्रणाली हस्तान्तरण गर्‍यो News Polar महासभाको उच्चस्तरीय राजनीतिक बहस प्रारम्भ, नेपालबाट परराष्ट्रमन्त्री सहभागी News Polar भोटेकोशी बाढी पीडितका लागि भूतपूर्व सैनिकद्वारा २४ लाख बढी सहयोग News Polar लोक कल्याणकारी विज्ञापनको बिल–बीजक बुझाउने समय थप News Polar अख्तियारद्वारा आठ जनामाथि मुद्दा दायर News Polar नेपाल–युगाण्डाबीच असंलग्न आन्दोलनको मन्त्रीस्तरीय बैठकबारे छलफल News Polar पर्यटन बोर्डको सीईओका लागि पूर्वमन्त्री श्रेष्ठसहित ४२ जनाको आवेदन News Polar इजरायली नागरिक अपहरण भए गाजा सहरका बासिन्दालाई धपाउने इजरायली रक्षामन्त्रीको चेतावनी News Polar इरान युद्ध, एआई र राष्ट्रसङ्घको भविष्यबीच ट्रम्पको राष्ट्रसङ्घमा पुनरागमन News Polar प्रधानमन्त्री शाहलाई कार्यकक्षबाट कार्यवाहक प्रधानमन्त्री वाग्लेद्वारा बिदाइ News Polar गगन सभापति, देउवा सम्मानित नेता बन्नुपर्छ : उपसभापति भुसाल News Polar जेन–जी आन्दोलनका सहिद परिवार र घाइतेलाई स्नातक तहसम्म निःशुल्क शिक्षा दिइने News Polar २०औँ एसियाली खेलकुदः महिला कबड्डीमा नेपाल विजयी News Polar राष्ट्रसंघको महासभामा भाग लिन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान News Polar असोज ९ देखि ११ सम्म भारी वर्षा पूर्वानुमान ,विपद्को पूर्वतयारीमा जुट्न मन्त्रीद्वयको निर्देशन News Polar ‘नेतृत्व परिवर्तनको भाष्य निरर्थक’– महर News Polar एमाले अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छः गोकुल बाँस्कोटा News Polar नेकपा संयोजन समितिको बैठकः दुई महिने राष्ट्रिय अभियान घोषणा, पार्टी एकताका लागि वार्ता टोली गठन

मध्यपूर्वको युद्धमा बालबालिकाको थप क्षति हुनु हुँदैन : राष्ट्रसङ्घ

मध्यपूर्वको युद्धमा बालबालिकाको थप क्षति हुनु हुँदैन : राष्ट्रसङ्घ
अ+ अ-

काठमाडाैँ । बाल अधिकारसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय समितिले मध्यपूर्वको युद्वको क्रममा इरानी विद्यालयमा भएको हवाई आक्रमणलाई उजागर गर्दै बालबालिकाको सुरक्षा सुनिश्चित गर्नुपर्ने र थप क्षति हुन नहुने बताएको छ ।

गत शनिबार इरानी सहर मिनाबको एक विद्यालयमा भएको आक्रमणमा १५० जना भन्दा बढी विद्यार्थीको मृत्यु भएको छ ।

इरानी सञ्चार माध्यमका अनुसार इरानले मङ्गलबार आक्रमणमा मारिएका विद्यार्थीसहित कम्तीमा १६५ जनाको सामुहिक अन्त्येष्टि सम्पन्न गरेको छ ।

संयुक्त राष्ट्रसंघीय समितिका स्वतन्त्र विज्ञहरूलाई पक्ष राष्ट्रहरुले बाल अधिकारसम्बन्धी महासन्धि कसरी कार्यान्वयन गर्छन् भन्ने निगरानी गर्ने जिम्मेवारी दिइएकोसमेत जनाइएको छ ।

समितिले मध्यपूर्वको युद्ध तत्काल अन्त्य गर्न युद्धविरामको आह्वान गर्दै बालबालिकाहरू अब उप्रान्त अपांग, विस्थापन, मनोवैज्ञानिक समस्याको सिकार हुन नपरोस भन्ने आसय व्यक्त गर्दै युद्वरत पक्षलाई बालबालिकाहरूको सुरक्षाका उपायहरू अपनाउन आग्रह गरेको छ ।