२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
एक लाख क्युफिट काठ निकाल्दै वन कार्यालय ‘लुपर’ किराको प्रकोपले झापाको चिया क्षेत्र सङ्कटमा, उत्पादनदेखि निर्यातसम्म असर पर्ने चिन्ता लेबनानमा युद्धपूर्वको अवस्था सुनिश्चित हुनुपर्छः इरान सुधन गुरुङमाथि छानबिन समितिको प्रतिवेदन सोमबार बुझाउने तयारी सम्पती विवरण बुझाएर छानविन आयोगलाई सहयोग गर्छौंः काँग्रेस सभापति थापा उच्च शिक्षाको गुणस्तर अभिवृद्धिका लागि मन्त्रालय प्रतिबद्ध छः शिक्षामन्त्री पोखरेल अतिसङ्कटापन्न सूचीमा पर्ने ‘ब्लाक सफ्टसेल’ कछुवा लोप हुने अवस्थामा भारतको अस्पतालमा आगलागी, पाँच जनाको मृत्यु, २० घाइते कांग्रेस अनुशासन समितिको निर्णय : बारा सभापति यादव निलम्बित, अन्यलाई निर्देशन र सफाइ अनौपचारिक श्रम बजारमा ज्याला ठगी व्यापक, ६६ प्रतिशत श्रमिकले पाएनन् पूरा पारिश्रमिक
तपाईं के खोज्दै हुनुहुन्छ ?

आयोग भन्छ: प्रत्यक्षतर्फको मत २४ घन्टामै गनेर सक्छौँ



अ+ अ-

काठमाडौ। निर्वाचन आयोगले भोलि हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणना सुरु भएको २४ घन्टा भित्रै प्रत्यक्ष तर्फको मतगणना सार्वजनिक गर्न सकिने दाबी गरेको छ ।

आज भएको पत्रकार सम्मेलनमा कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले मत गणना सुरु भएको २४ घन्टा भित्रै प्रत्यक्ष तर्फको मतगणना सम्पन्न गरिने जानकारी दिएका छन् । उनले त्यसलगत्तै समानुपातिक तर्फको मतगणना पनि सुरु गर्ने बताए।

यस निर्णयका लागि निर्वाचन आयोगले १६५ निर्वाचन क्षेत्रलाई नै परिपत्र जारी गरिसकेको जानकारी पनि उहाँले दिनुभयो । आयोगले मतगणना छिटो बनाउन प्राविधिक व्यवस्था गरेको जनाएको छ । मतगणना स्थलको सुरक्षाका लागि तारजाली र सिसिटिभी राख्ने काम सम्पन्न भएको आयोगले जनाएको छ ।

प्रमुख भण्डारीले भने,”पहाडी भूभागबाट मतपेटिका संकलन छिटो भन्दा छिटो गर्ने हाम्रो प्रयास हुन्छ । सम्भव भए हेलीबाट गरिन्छ । मतगणना सुरु भएको २४ घन्टामा मतपरिणाम पहिलो हुनेको प्रकाशित गरि सक्नेछौं । अनि त्यस लगत्तै समानुपातिकको पनि गणना सुरु गरिन्छ ।”