२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
१७ लाख ३० हजार बराबरका मोटरसाइकल बरामद पोखराको फोहोर विसर्जनस्थलमा तीनवटा ग्रिनेड बम फेला एथलेटिक्समा कुल तीन जुनियर राष्ट्रिय कीर्तिमान बने स्वास्थ्यमन्त्री मेहताद्वारा खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको अनुगमन रोल्पामा भएको जीप दुर्घटनामा तीन जनाको मृत्यु संविधान संशोधन कार्यदलद्वारा पूर्वराष्ट्रपतिद्वय डा. यादव र भण्डारीसँग सुझाव संकलन एक लाख क्युफिट काठ निकाल्दै वन कार्यालय ‘लुपर’ किराको प्रकोपले झापाको चिया क्षेत्र सङ्कटमा, उत्पादनदेखि निर्यातसम्म असर पर्ने चिन्ता लेबनानमा युद्धपूर्वको अवस्था सुनिश्चित हुनुपर्छः इरान सुधन गुरुङमाथि छानबिन समितिको प्रतिवेदन सोमबार बुझाउने तयारी
तपाईं के खोज्दै हुनुहुन्छ ?

निर्वाचनका लागि तीन घेराको सुरक्षा व्यवस्थाः ३ हजार ६ सय ८० मतदान स्थल ‘अति संवेदनशील’



अ+ अ-

काठमाडाैँ । सरकारले आसन्न निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न एकीकृत सुरक्षा योजना लागू गरी देशभर कडा सुरक्षा व्यवस्था मिलाएको जनाएको छ।

निर्वाचन आयोगका सचिव कृष्णबहादुर राउतका अनुसार गृह मन्त्रालयको समन्वयमा तयार पारिएको सुरक्षा योजना प्रभावकारी रूपमा कार्यान्वयनमा आइसकेको छ। आयोगलाई प्राप्त विवरणअनुसार देशभर रहेका कुल १० हजार ९ सय ६७ मतदान स्थललाई सुरक्षा संवेदनशीलताका आधारमा तीन श्रेणीमा वर्गीकरण गरिएको छ।

विगतका निर्वाचनको सुरक्षा विश्लेषण र वर्तमान अवस्थाको मूल्याङ्कनका आधारमा ३ हजार ६ सय ८० मतदान स्थललाई ‘अति संवेदनशील’ सूचीमा राखिएको छ। त्यसैगरी ४ हजार ४ सय ४२ मतदान स्थललाई ‘संवेदनशील’ र २ हजार ८ सय ४५ मतदान स्थललाई ‘सामान्य’ श्रेणीमा वर्गीकरण गरिएको छ।

सचिव राउतले उक्त वर्गीकरण विशुद्ध रूपमा सुरक्षाकर्मी परिचालनलाई व्यवस्थित र प्रभावकारी बनाउन गरिएको स्पष्ट पार्नुभयो। सुरक्षा योजनाअनुसार संवेदनशीलताको स्तर हेरेर आवश्यक सुरक्षाकर्मी परिचालन गरिएको उनको भनाइ छ। विगतका निर्वाचनहरूमा अपनाइँदै आएको अभ्यासलाई निरन्तरता दिँदै यसपटक पनि तीन घेराको सुरक्षा प्रवन्ध मिलाइएको छ।

उनका अनुसार मतदान स्थलको सबैभन्दा बाहिरी घेरामा नेपाली सेना खटिनेछ। त्यसपछिको बीचको घेरामा सशस्त्र प्रहरी बल परिचालन हुनेछ भने मतदान स्थलको भित्री घेराको सुरक्षा जिम्मा नेपाल प्रहरीलाई दिइएको छ।

आयोगले यस सुरक्षा व्यवस्थाले निर्वाचनलाई शान्तिपूर्ण, व्यवस्थित र विश्वसनीय रूपमा सम्पन्न गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरेको छ।