९ भाद्र २०८३, मंगलवार
,
Latest
कर प्रणालीमा सुधारः सात दिनभित्र भ्याट विवरण सच्याउन पाइने, ईटीडीएसमा कडाइ माटो सुधार योजनालाइ प्राथमिकतामा राखेर काम गरिरहेका छौँः कृषिमन्त्री चौधरी आन्तरिक राजश्व विभागद्वारा करदाता पोर्टलको नयाँ संस्करण सञ्चालनमा १५औँ महाधिवेशन रोक्न देउवा समूह सर्वोच्चमा, ११ भदौमा पेसी हर्मुजमा छ महिनामा ६८ समुद्री घटना सञ्चारमाध्यमले नागरिकको अधिकार र सार्वजनिक हितलाई केन्द्रमा राख्नुपर्छ : सञ्चारमन्त्री तिमिल्सिना पुरुष क्रिकेटः मलेसियाले नेपाललाई दियो २३३ रनको लक्ष्य कांग्रेसको विवाद समाधान महाधिवेशन रोक्नु होइन, विश्वसनीय बनाउनु हो : देवराज चालिसे फोहोर र मान्छे एकै ठाँउमा राख्न मिल्दैन, यसमा संघीय सरकार गम्भिर बन्नुपर्छः मेयर महर्जन आईटी क्षेत्रलाई उच्च प्राथमिकतामा राख्दै पाँचवर्षे कार्ययोजना अघि बढाइएको छ : अर्थमन्त्री वाग्ले
तपाईं के खोज्दै हुनुहुन्छ ?

दुर्गमका ६१ स्थानबाट हेलिकप्टरमार्फत मतपेटिका सङ्कलन गरिने, ७७ वटै जिल्लामा ढुवानी बजेट निकासा



अ+ अ-

काठमाडौ । निर्वाचन आयोगले आगामी निर्वाचनका लागि विकट तथा दुर्गम क्षेत्रमा मतपेटिका ढुवानी र सङ्कलनको विशेष कार्ययोजना तयार पारेको छ ।

भौगोलिक रूपमा विकट मानिएका हिमाली तथा पहाडी जिल्लाहरूमा निर्वाचन सामग्री र जनशक्ति पुर्‍याउन तथा मतदानपछि मतपेटिका सुरक्षित रूपमा मतगणना स्थलसम्म ल्याउन आयोगले हेलिकप्टरको प्रयोग गर्ने भएको हो ।

निर्वाचन आयोगका सचिव कृष्णबहादुर राउतकाअनुसार मतदान अगावै हुम्ला र डोल्पाका अति दुर्गम २७ स्थानमा हेलिकप्टरमार्फत मतपत्र, कर्मचारी र सुरक्षाकर्मी पुर्‍याइसकिएको छ । जसमा डोल्पाका २३ वटा र हुम्लाका ४ वटा मतदान केन्द्र रहेका छन् ।

मतदान सम्पन्न भइसकेपछि पनि देशका विभिन्न १५ जिल्लाका ६१ वटा दुर्गम स्थानबाट मतपेटिका संकलन गर्न हेलिकप्टरकै प्रयोग गरिने सचिव राउतले जानकारी दिए। ताप्लेजुङदेखि दार्चुलासम्मका ती ६१ स्थान बाहेक अन्य सुगम र सडक सञ्जाल जोडिएका स्थानहरूमा भने सवारी साधनमार्फत नै मतपेटिका सङ्कलन गरिनेछ ।

मतपेटिका ढुवानीलाई व्यवस्थित र सुरक्षित बनाउन आयोगले देशका ७७ वटै जिल्ला प्रशासन कार्यालयहरूलाई ढुवानीका लागि आवश्यक पर्ने बजेट पठाइसकेको छ । सम्बन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारी (सिडिओ) को नेतृत्वमा सबै सुरक्षा निकायहरूको समन्वय रहने गरी ढुवानी कार्ययोजना बनाइएको सचिव राउतले बताए ।

सोही कार्ययोजना अनुरूप मतदान केन्द्रहरूबाट मतपेटिकाहरू सङ्कलन गरी देशभर तय गरिएका १ सय ६५ वटा मतगणना स्थलहरूमा सुरक्षित रूपमा ल्याइने व्यवस्था मिलाइएको आयोगले जनाएको छ ।