२३ जेष्ठ २०८३, शनिबार
,
Latest
‘जेन–जी आन्दोलन–सेनाद्वारा अनुसन्धानमा बारम्बार असहयोग, प्रतिवेदन कार्यान्वयन नभए पुनः सडक आन्दोलन हुनसक्छ’ जेन–जी आन्दोलनबारे मानव अधिकार आयोगः गोली संसद भवनभित्रैबाट चल्यो, कसले चलायो थाहा छैन बजेट स्पष्ट प्राथमिकता बिना ‘पपुलिस्ट’ प्रकृतिको रहेको पूर्वअर्थमन्त्री पुनकाे आरोप रसुवागढी भन्सार प्रकरण: रसुवागढी नाकाका प्रमुखसहित ९ कर्मचारी तानिए भन्सार विभाग सभामुख अर्यालसहित उच्चस्तरीय प्रतिनिधिमण्डलद्वारा सुदूरपश्चिमका धार्मिक तथा आर्थिक क्षेत्रहरूको अवलोकन परम्परागत बजेटले मात्र समृद्धि सम्भव छैन, नयाँ वित्तीय मोडेलबाट पूर्वाधार विकास गर्छौंः सांसद अधिकारी कोलम्बियाको मध्य क्षेत्रमा रहेको कोइला खानीमा विस्फोट हुँदा ७ जनाको मृत्यु होल्डिङ सेन्टरका सुकुमवासीलाई नियमित स्वास्थ्य परीक्षण र उपचार सेवा सिमित समूहले स्रोत कब्जा गर्ने प्रवृत्तिलाई सरकारले अन्त्य गर्न खोज्नु सकारात्मकः उद्योगपति चौधरी उच्च प्रतिफल दिने योजनामा बढी स्रोत केन्द्रित गर्नुपर्नेमा बजेटले पर्याप्त ध्यान दिन सकेनः पूर्वअर्थमन्त्री पाण्डे
तपाईं के खोज्दै हुनुहुन्छ ?

निशाको प्रश्न: महिलाले नेतृत्व लिन खोज्दा क्षमता होइन, चरित्रमाथि किन प्रश्न उठाइन्छ?



अ+ अ-

काठमाडौं । गतिशील लोकतान्त्रिक पार्टीका तर्फबाट काठमाडौं क्षेत्र नं ५का उम्मेदवार तथा अभिनेत्री निशा अधिकारीले कस्तो राजनीतिक संस्कृति निर्माण गर्दैछौँ भन्दै प्रश्न उठाउनु भएको छ ।

उम्मेदवारी दर्तापछि आफूविरुद्ध भइरहेको गालीगलौजको स्क्रिनसट सहित अति गर्नु अत्याचार नगर्न आग्रह गर्नुभएको छ ।

उहाँले लेख्नुभएको छ ।

अति गर्नु अत्याचार नगर्नु।

यो दोस्रो भाग हो। यसपालि मैले नामहरु लुकाएको छैन। किनकि कहिलेकाहीँ घृणा गुमनाम भएर होइन, खुलेआम सामान्यीकृत भएर फैलिन्छ।

महिलाले नेतृत्व लिन खोज्दा सबैभन्दा पहिले उनको नीति होइन, उनको निजी जीवन छानिन्छ। उनको क्षमता होइन, उनको चरित्रमाथि प्रश्न उठाइन्छ। यो केवल मेरो कथा होइन। यो सार्वजनिक जीवनमा रहेका धेरै महिलाको साझा अनुभव हो।

म यी शब्दहरूबाट विचलित हुँदिनँ। तर म चुप पनि बस्दिनँ। शब्दहरू हल्का हुँदैनन्। ती समाजको सोच बोकेर आउँछन्।

हामी कस्तो राजनीतिक संस्कृति निर्माण गर्दैछौँ?

असहमति गर्ने तर सम्मान जोगाउनेरु कि असहमतिलाई अपमानमा बदल्ने?

यो पोस्ट मत माग्नका लागि होइन। यो मात्र सम्झनाका लागि हो कि लोकतन्त्रको स्तर हामीले एक–अर्कासँग प्रयोग गर्ने भाषाबाट मापन हुन्छ।




भर्खरै