![](https://newspolar.com/wp-content/uploads/2022/03/94925366_1310845455776772_2074806809872302080_n.jpg)
हेटौँडा । नेकपाका वरिष्ठ नेता एवम् पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले पार्टीको विधान र विधिलाई कडाइका साथ लागू गर्न कमजोरी हुँदा पार्टी सङ्गठन गर्न समस्या भएको बताउनुभएको छ ।
![](https://newspolar.com/wp-content/uploads/2019/12/madhav-kumar-nepal_9nwl525U6L-1000x557.jpg)
नेकपा हेटौँडा उपमहानगरपालिका कमिटीद्वारा आज यहाँ आयोजित कार्यक्रममा उहाँले पार्टी एकीकरणको बाँकी काम पूरा गर्न सबै लाग्नुपर्छ भन्नुभयो । वरिष्ठ नेता नेपालले माक्र्सवादलाइ नेपाल सुहाउँदो ढङ्गले लागू गरी समृद्धि ल्याउनुपर्ने बताउनुभयो ।
सो अवसरमा उहाँले उपमहानगरपालिकाको १९ वटा वडा कमिटीका ६६५ जना सदस्यलाई पार्टी विधानबमोजिम शपथ गराउनुभएको थियो । प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेलले प्रदेशको राजधानी र नामको टुङ्गो लगाएपछि प्रदेशको विकास र समृद्धितर्फ लाग्ने बताउनुभयो ।