२३ श्रावण २०८३, शनिबार
,
Latest
हमासले गाजा योजना अगाडि बढाउन अझै तयार रहेको बतायो नयाँपुल-घान्द्रुक सडक अवरुद्ध, सिक्लेस तीन दिनपछि खुल्यो समृद्धिका लागि अनुसन्धान, नवप्रर्वतन र आविस्कारलाई प्राथमिकता दिएको हो : मन्त्री पुन हुथी विद्रोहीहरूद्वारा यमनमा आक्रमण, दश जनाको मृत्यु बैङ्कक नजिक विद्यालय र घरमा गोली प्रहार, सात जनाको मृत्यु कांग्रेस विवादमा रवि बालेनको इन्ट्री: सर्वोच्चको ‘निस्सा’ आदेश पछिको तरंग सरकारले गलत बाटो लिए ‘कान समाउन सक्ने’ क्षमता छ : रवि लामिछाने कालिकोटमा चिकित्सक र नर्समाथि आक्रमण गर्ने तीन पक्राउ उच्च शिक्षाबारे दुईदिने नीति कार्यशाला सम्पन्न, पारदर्शी र परिणाममुखी प्रणालीमा जोड बाल्टिनको पानीमा डुबेर १८ महिनाका बालकको मृत्यु
तपाईं के खोज्दै हुनुहुन्छ ?

लेबनानी सरकारद्वारा हिजबुल्लाहको सैन्य गतिविधिमाथि प्रतिवन्ध, इजरायलद्वारा स्थलगत आक्रमणको चेतावनी



अ+ अ-

काठमाडाैँ । लेबनानी सरकारले राज्यको अधिकार बाहिरका सबै सैन्य र सुरक्षा गतिविधिहरू गैरकानूनी भएको घोषणा गरेको छ । मन्त्रिपरिषद्को तर्फबाट बोल्दै लेबनानका प्रधानमन्त्री नवाफ सलामले विशेष गरी हिजबुल्लाह समूहलाई आफ्ना हतियारहरू राज्यका संस्थाहरूलाई सुम्पन आह्वान गरे।

लेबनानी राज्यले आफ्नो वैध संस्थाहरूको ढाँचा बाहिर लेबनानी क्षेत्रबाट शुरु गरिएका कुनैपनि सैन्य वा सुरक्षा कार्यहरूलाई पूर्ण रूपमा अस्वीकार गरेको बताए । जसमा कुनै अस्पष्टता वा व्याख्याको ठाउँ नरहेको बताए ।

हिजबुल्लाहको सशस्त्र गतिविधिले राज्यको अधिकारमाथि उल्लङ्घन गरेको घोषणा गर्दै मन्त्रिपरिषद्ले सुरक्षा निकायहरूलाई उल्लङ्घन गर्नेहरूलाई पक्राउ गर्न र लेबनानी क्षेत्रबाट रकेट वा ड्रोन प्रक्षेपण रोक्न आदेश दिएको छ ।

इरानी रेड क्रिसेन्टकाअनुसार पछिल्लो समय आक्रमण सुरू भएदेखि कम्तिमा ५ सय ५५ जनाको मृत्यु भएको छ । यसैबीच म्यागेन डेभिड एडोम उद्धार सेवाका अनुसार इजरायलमा १० जनाको मृत्यु भएको छ ।