• १४ असार २०८१, शुक्रबार
  •      Fri Jun 28 2024
  •   Unicode
Logo
Latest
★   त्रिवि पत्रकारिता केन्द्रीय विभागको प्रमुखमा डा अर्याल ★   एमाले उपाध्यक्ष रामबहादुर थापाका छोरा प्रतिक पक्राउ ★   एसईईमा सबै विषयमा फेल भएका विद्यार्थीेले पनि मौका परीक्षा दिन पाउने ★   रवि लामिछानेले सोधे मुकुल ढकाललाई स्पष्टीकरण ★   चट्याङ लागेर महिलाको मृत्यु ★   हतारमा पार्टी एकताभन्दा पनि राजनीतिक स्थायित्व र लोकतन्त्रको सुदृढीकरणलाई बढी जोड दिइन्छः प्रधानमन्त्री ★   एमालेबाट विद्रोह गरेर सही र न्यायोचित काम गर्यौँः अध्यक्ष नेपाल ★   सिएनएन निर्वाचन बहस: बाइडेन र ट्रम्पबीच नीतिभन्दा आरोप प्रत्यारोप बढी ★   हिना खानलाई स्तन क्यान्सर ★   कोशीमा १४ प्रतिशत रोपियो धान

यी राज्यमन्त्रीले खाए सांसदको थप्पड



जनकपुरधाम । प्रदेश २ का कृषि राज्यमन्त्री योगेन्द्र यादवलाई नेपाली कांग्रेसकी प्रदेश सभा सदस्यले थप्पड हानेकी छिन्। मंगलबार दिउँसो प्रदेश सभा सदस्य प्रमिला देवी दासले राज्यमन्त्री यादवलाई थप्पड हानेकी हुन्।

प्रदेश सभाको बैठक बसेलगत्तै नेपाली कांग्रेसका प्रदेश सभा सदस्यले उपभोक्ता समितिको भुक्तानीको सम्बन्धमा सरकारले जवाफ दिनु पर्ने भन्दै बैठक अवरूद्ध गरेका थिए।

त्यसलगत्तै बाहिर निस्केकी कांग्रेसकी प्रदेशसभा सदस्य दासले प्रदेश सरकारको काम कारबाहीको चारैतिर विरोध भए पनि सरकार मन्त्री लाज पचाएर बसेको भनेपछि प्रदेश सभा सदस्य दास र मन्त्री यादवबीच केहीबेर भनाभन भएको थियो। त्यत्तिकैमा प्रदेश सभा सदस्य दासले मन्त्रीमाथि थप्पड प्रहार गरेकी हुन्।