• १२ असार २०८१, बुधबार
  •      Wed Jun 26 2024
  •   Unicode
Logo
Latest
★   विजुलीका पोलमा जताततै ‘सवि’ ! के होला त्यो ? ★   दोस्रो चरणको छानबिनका क्रममा २० जना पक्राउ, १५ अझै फरार ★   कोपा अमेरिकाः क्यानडाले पेरुलाई हरायो ★   युरो कपः इंग्ल्यान्ड समूह विजेता र डेनमार्क उपविजेता बनेर नकआउट चरणमा ★   पोल्यान्डसँग बराबरीमा रोकियो फ्रान्स, एमबाप्पे र लेवान्डोस्कीले गरे गोल ★   युरो कपः नेदरल्यान्ड्सलाई हराउँदै अष्ट्रिया समूह विजेता बनेर नकआउट चरणमा प्रवेश ★   चन्द्रमाको सतहबाट नमूना लिएर पृथ्वीमा फर्कियो चीनको यान ★   नेपालमा अष्ट्रेलियन लगानी ल्याउन पहल गर्छु: वाणिज्यदूत शर्मा ★   झलनाथ खनाल स्वास्थ्य विज्ञान प्रतिष्ठानका पदाधिकारी बिरुद्धको मुद्दा: सचिव र मेयरलाई सफाई ,अरु दोषी ठहर ★   ‘इट्स माइ शो’को विषयबारे अनमोलले के भने ?

सीमा सुरक्षामा सरकारले काम गरिरहेको छ : गृहमन्त्री थापा



काठमाडौं । गृहमन्त्री रामबहादुर थापाले सीमा सुरक्षाका सवालमा सरकारले काम गरिरहेको बताउनुभएको छ ।

राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्याङ्कन समितिमा मंगलबार गृहमन्त्री थापाले सीमा सुरक्षाका सवालमा दार्चुलामा प्रहरी चौकी स्थापनाको प्रकृया अगाडी बढेको बताउनुभयो ।सशस्त्र प्रहरीका बलका लागि चौकी स्थापना गर्न बजेट छुट्याइएको समेत उहाँले बताउनुभयो । ‘सिंगो राष्ट्रको सुरक्षाका लागि बिओवी विस्तार गर्ने मन्त्तिपरिषदको निर्णय अनुसार प्रकृया अगाडी बढेको छ,’ उहाँले भन्नुभयो, ‘दक्षिणमा भारतसँग सीमा जोडिएका क्षेत्रमा १०५ र उत्तरमा ७ ओटा बिओपी थप्न प्रकृया अगाडी बढेको छ ।’

गृहमन्त्री थापाले लिम्पियाधुराको विवाद समाधानका लागि काम सुरु भएको बताउनुभएको छ । त्यसक्षेत्रमा जान बाटो बनाउने प्रकृया सुरु भएको र मन्त्रिपरिषद्को बैठकले बजेट विनियोजन गर्ने निर्णय भएको उहाँले बताउनुभयो ।

भारतले जारी गरेको आफ्नो नयाँ राजनीतिक नक्सामा नेपाली भूमि कालापानी, लिम्पियाधुरा र लिपुलेक समेटेपछि यसको व्यापक विरोध भइरहेको छ ।