• १५ असार २०८१, शनिबार
  •      Sat Jun 29 2024
  •   Unicode
Logo
Latest
★   त्रिवि पत्रकारिता केन्द्रीय विभागको प्रमुखमा डा अर्याल ★   एमाले उपाध्यक्ष रामबहादुर थापाका छोरा प्रतिक पक्राउ ★   एसईईमा सबै विषयमा फेल भएका विद्यार्थीेले पनि मौका परीक्षा दिन पाउने ★   रवि लामिछानेले सोधे मुकुल ढकाललाई स्पष्टीकरण ★   चट्याङ लागेर महिलाको मृत्यु ★   हतारमा पार्टी एकताभन्दा पनि राजनीतिक स्थायित्व र लोकतन्त्रको सुदृढीकरणलाई बढी जोड दिइन्छः प्रधानमन्त्री ★   एमालेबाट विद्रोह गरेर सही र न्यायोचित काम गर्यौँः अध्यक्ष नेपाल ★   सिएनएन निर्वाचन बहस: बाइडेन र ट्रम्पबीच नीतिभन्दा आरोप प्रत्यारोप बढी ★   हिना खानलाई स्तन क्यान्सर ★   कोशीमा १४ प्रतिशत रोपियो धान

संसदमा रेशम चौधरी



काठमाडौं । कैलाली क्षेत्र नम्बर २ बाट निर्वाचित सांसद रेशम चौधरीको क्षेत्रको स्थानीय साझेदारी विकास बजेटको रकम निकासा गर्न माग गरिएको छ ।

बुधबारको राष्ट्रियसभा बैठकको शूनय समयमा बोल्दै राष्ट्रियसभा सदस्य कमला वलीले उक्त क्षेत्रको बजेट निकासा गर्न माग गर्नुभएको हो । ‘रेशम चौधरी जेलमा रहेको अवस्थामा त्यस क्षेत्रको स्थानीय साझेदारी विकास कार्यक्रम अन्तर्गतको बजेट ६ करोड रोकिएको छ । त्यसकारण जनता साह्रै दुःखी भएको अवस्था छ । गतवर्ष मैले उक्त क्षेत्रको बजेट विनियोजन गर्ने मौका पाएको थिए । त्यसकारण जनताले पटक पटक मर्लाइ भनेको अवस्था छ । त्यहाँका जनताका लागि भएपनि बजेट वक्तव्यमा आएको रकम तुरुन्त निकासा होस भन्दै सम्बन्धित मन्त्रालय, नेपाल सरकार र यस सदनलाई जनकारी गराउँदै रकम विनियोजन होस भनी सरकारको ध्यानाकर्षण गराउँछु’

राष्ट्रियसभा सदस्य उदयाशर्मा पौडेलले स्थानीय तहको लेखाप्रणाली व्यवस्थित गर्न तयार पारिएको सफ्टवेयरबाट स्थानीय तहको विवरण गायब पारिएको प्रति ध्यानाकर्षण गराउनुभएको छ । उहााले मंसिर १२ गतेबाट पुुस ४ गतेसम्मको विवरण गायब पारिएको भन्दै आइटीलाई सुरक्षित र भरपर्दो बनाउन सरकरको ध्यानाकर्षण गराउनुभयो । उहाँले भन्नुभयो, ‘‘आपराधिक ह्याकरहरुले कब्जा गरेको अवस्था छ । केही समयअघि बैंकहरुको एटिएमबाट दुरुपयोग गरेर करोडौं लुटेको अवस्था थियो । यस्तो अवस्थामा आइटीलाई सुरक्षित र भरपर्द बनाउनका लागि सरकारको ध्यान जावस’’

राष्ट्रियसभा सदस्य कोमल वलीले अंग्रेजी नयाँ वर्षको शुभकामना दिँदै नेपाल भ्रमण वर्ष २०२० लाई सफलताको शुभकामना समेत व्यक्त गर्नुभएको छ । उहाँले नेपालीहरुको अतिथि देवो भवको संस्कारलाई अर्थतन्त्रसँग जोडेर जनजीवन उकास्ने समय आएकाले सरकारले यसतर्फ ध्यान दिनुपर्ने बताउनुभयो । ‘‘साहसिक पर्यटन, कृषि, सांस्कृति पयर्टनका साथै अतिथिदेवो भव आचारसंहिता हो । संस्कारलाई अर्थतन्त्र जोड्न सक्नु नै पयर्टन हो । पर्यटन निकै कम लगानी गरिने व्यपार पनि हो’’, उहाँले भन्नुभयो ।

राष्ट्रियसभा सदस्य तारादेवी भट्टले उखु किसानहरुको विषयमा सरकारले ध्यान दिनुपर्ने बताउनुभयो । उहाँले देशमा भ्रष्टाचार र अपराध फैलिएको अवस्थामा सरकारले त्यसको रोकथाम गर्नुको सट्टा सरकारले अभिव्यक्ति स्वतन्त्रता कुष्ठित पार्ने गरि एने ल्याएको भन्दै चिन्ता व्यक्त गर्नुभयो ।