• १२ असार २०८१, बुधबार
  •      Wed Jun 26 2024
  •   Unicode
Logo
Latest
★   तिलगंगा आँखा अस्पताल अब विश्वविद्यालय ! ★   लगातार दोस्रो जितसहित अर्जेन्टिना कोपा अमेरिकाको क्वाटरफाइनलमा ★   नेपाल आइडल करण परियारलाई प्रधानमन्त्री दाहालको गितार उपहार ★   लमजुङमा पहिरोले तीन घर पुरिँदा चारजना बेपत्ता ★   कास्कीमा पहिरोमा परेर दुई बालबालिकाको मृत्यु, एक घाइते ★   ट्रक पार्किङ स्थल निर्माणका लागि कोशी प्रदेश सरकारले छुट्यायो दुई करोड ★   विजुलीका पोलमा जताततै ‘सवि’ ! के होला त्यो ? ★   दोस्रो चरणको छानबिनका क्रममा २० जना पक्राउ, १५ अझै फरार ★   कोपा अमेरिकाः क्यानडाले पेरुलाई हरायो ★   युरो कपः इंग्ल्यान्ड समूह विजेता र डेनमार्क उपविजेता बनेर नकआउट चरणमा

सरकार निरङ्कुसतातर्फ अघि बढ्यो : अधिकारी



काठमाडौं । राष्ट्रियसभा सदस्य राधेशयाम अधिकारीले सरकार निरङ्कुसतातर्फ अघि बढेको आरोप लगाउनुभएको छ ।

बुधबारको राष्ट्रियसभा बैठकमा पेश भएको ‘नेपाल विशेष सेवा विधेयक २०७६’ माथि आफ्नो धारणा राख्दै उहाँले यस्तो आरोप लगाउनुभएको हो ।

राणा शासनमा सरकारको विरुद्ध कुरा गर्न डराउनुपर्ने अवस्था रहेकोमा अहिलेको सरकारले आफ्नो त्यही डर उत्पन्न गराउने अवस्थाको सिर्जना गरेको उहाँको आरोप छ । उहाँले भन्नुभयो, ‘राणा शासनलाई हामीले के भनेर बुझ्छौ ? त्यसलाई हामी निरङ्कुस शासन भनेर बुझ्छौँ । त्यो बेला सरकारको विरुद्ध केही कुरा हुँद भित्ताको पनि काम हुन्छ भन्ने डर हुन गर्दथ्यो भनेर बुढापाखाले भन्थे ।’

विधेयकले सोझै स्वतन्त्रता, मौलिक हक, सूचनाको हक र प्रेसको हकमाथि हमला गरेको उहाँको अरोप छ ।

उहाँले विधेयक एउटले ल्याउने र उपभोग अर्कोले गर्नेतर्फ पनि सरकारको ध्यानाकर्षण गर्नुभयो । उहाँले मौलिक हकलाई मौलिक हक नै हुन दिनुपर्ने भन्दै जनतामा किन विश्वास किन गर्नुहुन्न ? नागरिकमा किन विश्वास किन गर्नुहुन्न ? किन गोप्य एजेन्सीमा विश्वास गर्नुहुन्छ ? भन्दै प्रश्न गर्नुभयो ।

यस्तै राष्ट्रियसभा सदस्य धनकुमारी खतिवडाले देशले काँचुली फेर्नुपर्ने अवस्थामा मौलिक हक, स्वतन्त्रता, सुचना र गोपनियताको हकमाथि हमला गर्दै सरकार निरङ्कुसता र तानासाही बन्न खोजेको आरोप लगाउनुभयो ।

उहाँले विरोधी र विरोधी प्रतिस्पर्धीलाई फसाउने षडयन्त्र सरकारले गरेको समेत आरोप लगाउनुभएको छ । ‘विधेयक जनता विरोधी नागरिक हकको विपक्षमा छ । कानुनी रुपमै सरकारले यस्तो नियत राखेपछि सामाजिक सञ्जाल चलाउन डराउनुपर्ने अवस्था देखिन्छ । विधेयक तुरुन्त फिर्ता हुनुपर्छ’, उहाँले भन्नुभयो ।

राष्ट्रियसभा सदस्य कालि बहादुर मल्लले मौलिक हकहरुलाई खतरामा पार्न नभएर सुरक्षित गर्नका लागि विधेयक आएको बताउनुभएके छ । ‘देशमा अपहरणका कुरा, बम पड्केका कुरा देखिरहेका छौँ । जनताको सुरक्षा गर्ने दायित्व सरकारको हो । सूचना एकीकरण गर्नुपर्ने दायित्व पनिसरकारको हो’, उहाँले भन्नुभयो ।