२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
१७ लाख ३० हजार बराबरका मोटरसाइकल बरामद पोखराको फोहोर विसर्जनस्थलमा तीनवटा ग्रिनेड बम फेला एथलेटिक्समा कुल तीन जुनियर राष्ट्रिय कीर्तिमान बने स्वास्थ्यमन्त्री मेहताद्वारा खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको अनुगमन रोल्पामा भएको जीप दुर्घटनामा तीन जनाको मृत्यु संविधान संशोधन कार्यदलद्वारा पूर्वराष्ट्रपतिद्वय डा. यादव र भण्डारीसँग सुझाव संकलन एक लाख क्युफिट काठ निकाल्दै वन कार्यालय ‘लुपर’ किराको प्रकोपले झापाको चिया क्षेत्र सङ्कटमा, उत्पादनदेखि निर्यातसम्म असर पर्ने चिन्ता लेबनानमा युद्धपूर्वको अवस्था सुनिश्चित हुनुपर्छः इरान सुधन गुरुङमाथि छानबिन समितिको प्रतिवेदन सोमबार बुझाउने तयारी
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘आफ्नो मत आफ्नै गाउँमा’ (फोटो फिचर)



अ+ अ-

काठमाडाैँ । ‘आफ्नो गाउँ, आफ्नै ठाउँ, आफैँले चुनेको प्रतिनिधि’– यही भावना बोकेर अहिले हजारौँको सङ्ख्यामा मानिसहरू काठमाडौं उपत्यका छाडेर आफ्नो थाँतथलोतिर लागिरहेका छन् ।

प्रतिनिधि सभा सदस्य निर्वाचन नजिकिएसँगै काठमाडौंका नाकाहरूमा गाउँ फर्किने मतदाताहरूको उत्साह देखिएको छ । शहरका व्यस्त गल्लीहरू सुनसान बन्दै जाँदा गाउँघरमा भने निर्वाचनको रौनकले छुट्टै उल्लास थपेको छ । निर्वाचन केवल प्रक्रिया मात्र होइन, यो त जनताको शक्तिको प्रदर्शन पनि हो ।

कोटेश्वर, कलङ्की र जडिबुटी जस्ता प्रमुख नाकाहरूमा भेटिएका यात्रुहरूको आँखामा एउटा फरक चमक देखिन्छ । आफ्नो भविष्य आफैँले कोर्ने अवसरलाई सदुपयोग गर्न उनीहरू कतिपय कष्टकर यात्रालाई पनि सहजै स्वीकारिरहेका छन् । तस्बिरहरूमा देखिएझैँ सार्वजनिक सवारी साधनका छतहरू झोला, पोका–पुन्तरा र गुन्टाले भरिएका छन् ।

मानिसहरू टाटा सुमो, ठूला बस र साना गाडीहरूमा खाँदिएरै भएपनि आफ्नो गन्तव्यतर्फ लाग्न आतुर देखिन्छन् । कसैले बच्चालाई काखमा च्यापेका छन् त कोही साथीभाइको समूहमा रमाइलो गर्दै यात्राको तयारीमा छन् । पसिनाले निथु्रक्क भिजेका अनुहारहरूमा पनि घर पुग्ने हतारो र लोकतन्त्रको महाकुम्भमा सहभागी हुन पाउँदाको खुशी झल्किन्छ ।

‘रोयल नेपाल’ लेखिएका सुमोदेखि  बसहरु यात्रुले भरिभराउ छन् । सडक किनारमा गाडी पर्खिरहेका मानिसहरूको धैर्यताले उनीहरूको राजनीतिक सचेतना र जिम्मेवारीवोधलाई प्रस्ट पार्छ । निर्वाचन एउटा यस्तो माध्यम बनेको छ, जसले शहरको व्यस्ततामा हराएका मानिसहरूलाई पुनः आफ्नो माटो र जरासँग जोडिदिएको छ । काठमाडौंलाई कर्मथलो बनाएर बसेका विद्यार्थी, मजदुर र कर्मचारीहरू आज एउटै उद्देश्यका लागि गाउँ फर्किएका छन्– त्यो हो, ‘सही नेतृत्वको छनौट’ ।

यो आवतजावतले शहर र गाउँबिचको भौगोलिक दूरीलाई मात्र छोट्याएको छैन, बरु भावनाको पुल पनि निर्माण गरेको छ । शहरमा सिकेको ज्ञान र गाउँको आवश्यकतालाई जोड्ने यो एक महत्वपूर्ण अवसर हो । गाउँ पुगेर हालिने प्रत्येक मतले आगामी पाँच वर्षको लागि विकास र समृद्धिको जग बसाल्ने विश्वास गरिएको छ । निर्वाचनले ल्याएको यो लहरले नेपाली जनतामा लोकतन्त्रप्रतिको अगाध आस्था रहेको प्रमाणित गर्छ ।

बाटोका खाल्डाखुल्डी र लामो यात्राको थकानलाई बिर्सेर मतदाताहरू जसरी गाउँ फर्किरहेका छन् । यसले राष्ट्र निर्माणमा नागरिकको सहभागिता कति बलियो छ भन्ने सन्देश दिन्छ । यि तस्बिरहरू केवल यात्रुहरूका मात्र होइनन्, यी त समृद्ध नेपालको सपना बोकेर हिँडेका सचेत नेपालीका हुन् ।

न्युज एजेन्सी नेपाल