७ आश्विन २०८३, बुधबार Wednesday, September 23, 2026
७ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar आज देशैभर कांग्रेसको पालिका अधिवेशन News Polar अमेरिकी प्रतिबन्धबीच उडान रोक्ने निर्देशन नआएको ‘इरान एयर’को दाबी News Polar चीनले नेपाललाई एआईयुक्त मौसम पूर्व–सूचना प्रणाली हस्तान्तरण गर्‍यो News Polar महासभाको उच्चस्तरीय राजनीतिक बहस प्रारम्भ, नेपालबाट परराष्ट्रमन्त्री सहभागी News Polar भोटेकोशी बाढी पीडितका लागि भूतपूर्व सैनिकद्वारा २४ लाख बढी सहयोग News Polar लोक कल्याणकारी विज्ञापनको बिल–बीजक बुझाउने समय थप News Polar अख्तियारद्वारा आठ जनामाथि मुद्दा दायर News Polar नेपाल–युगाण्डाबीच असंलग्न आन्दोलनको मन्त्रीस्तरीय बैठकबारे छलफल News Polar पर्यटन बोर्डको सीईओका लागि पूर्वमन्त्री श्रेष्ठसहित ४२ जनाको आवेदन News Polar इजरायली नागरिक अपहरण भए गाजा सहरका बासिन्दालाई धपाउने इजरायली रक्षामन्त्रीको चेतावनी News Polar इरान युद्ध, एआई र राष्ट्रसङ्घको भविष्यबीच ट्रम्पको राष्ट्रसङ्घमा पुनरागमन News Polar प्रधानमन्त्री शाहलाई कार्यकक्षबाट कार्यवाहक प्रधानमन्त्री वाग्लेद्वारा बिदाइ News Polar गगन सभापति, देउवा सम्मानित नेता बन्नुपर्छ : उपसभापति भुसाल News Polar जेन–जी आन्दोलनका सहिद परिवार र घाइतेलाई स्नातक तहसम्म निःशुल्क शिक्षा दिइने News Polar २०औँ एसियाली खेलकुदः महिला कबड्डीमा नेपाल विजयी News Polar राष्ट्रसंघको महासभामा भाग लिन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान News Polar असोज ९ देखि ११ सम्म भारी वर्षा पूर्वानुमान ,विपद्को पूर्वतयारीमा जुट्न मन्त्रीद्वयको निर्देशन News Polar ‘नेतृत्व परिवर्तनको भाष्य निरर्थक’– महर News Polar एमाले अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छः गोकुल बाँस्कोटा News Polar नेकपा संयोजन समितिको बैठकः दुई महिने राष्ट्रिय अभियान घोषणा, पार्टी एकताका लागि वार्ता टोली गठन

फ्रान्सले युरोपलाई जोगाउन आणविक हतियार बढाउने

फ्रान्सले युरोपलाई जोगाउन आणविक हतियार बढाउने
अ+ अ-

काठमाडाैँ । राष्ट्रपति इम्यानुएल म्याक्रोँले सोमबार फ्रान्सले आफ्ना परमाणु हतियारहरूको सङ्ख्या बढाउने र महाद्वीपको रक्षाका लागि आठ देशहरूसँग सहकार्य गर्ने बताएका छन् ।

युक्रेनविरुद्ध रूसको युद्ध पाँचौं वर्षमा प्रवेश गरेको छ । नेटो सहयोगीहरू वाशिङ्गटनको डगमगाउने प्रतिबद्धताको बारेमा चिन्तित छन्। यसैबिच, आवश्यकताको सिद्धान्तमा जोड दिँदै फ्रान्सको इले लङ्गु आणविक पनडुब्बी शिविरबाट गरेको सम्बोधनमा म्याक्रोँले देशको परमाणु सिद्धान्तलाई अद्यावधिक गरे ।

मध्यपूर्वलाई अस्थिर बनाउने खतरा रहेको इरानविरुद्ध अमेरिका र इजरायलले आक्रमण गरेपछि उनले यस्तो बताएका हुन् ।

म्याक्रोँले भने, “हामीले धेरै खतराहरूको सामना गर्दै हाम्रो आणविक प्रतिरोधलाई बलियो बनाउनुपर्छ र हामीले हाम्रो सार्वभौमिकताको पूर्ण सम्मानका साथ युरोपेली महाद्वीपभित्र हाम्रो प्रतिरोधक रणनीतिलाई विचार गर्नुपर्छ।”

उनले घोषणा गरे, “म उन्नत प्रतिरोधको क्रमिक कार्यान्वयन गर्छु।”

“हाम्रो शस्त्रागारको स्तरोन्नति गरिनु आवश्यक छ”, उनले थपे, “त्यसैले मैले हाम्रो शस्त्रागारमा परमाणु हतियारको संख्या बढाउन आदेश दिएको छु।”

फ्रान्ससँग विश्वको चौथो ठूलो आणविक हतियार छ, जसमा लगभग २९० ‘वारहेड’ रहेको अनुमान गरिएको छ।

फ्रान्सले प्रस्ताव गरेको ‘अत्याधुनिक’ आणविक प्रतिरोध योजनामा जर्मनी, बेलायत र पोल्यान्डसहित आठ युरोपेली देश सहभागी हुन सहमत भएको म्याक्रोँले बताए ।

“नेदरल्यान्ड्स, बेल्जियम, ग्रीस, स्वीडेन र डेनमार्क पनि समावेश भएका देशहरूले फ्रान्सेली ‘रणनीतिक वायु सेना’ को लागि सहयोग गर्न तयार हुनेछन्, जसले ‘हाम्रा प्रतिद्वन्द्वीहरूको गणनालाई जटिल बनाउन’ र ‘युरोपेली महाद्वीपमा विस्तार’ सम्भव हुनेछ,” उनले भने ।

म्याक्रोँले भने, “यो योजनाले हाम्रो आणविक गतिविधिमा मित्र राष्ट्रहरूको परम्परागत सहभागितालाई पनि समावेश गर्न सक्छ, जस्तै हालैको सैन्य अभ्यासमा बेलायती सेना संलग्न थियो।”

इले लङ्गु शिविरमा फ्रान्सका चार पनडुब्बी ब्यालेस्टिक मिसाइल ‘ट्रिओम्फन्ट, ले टेमेरेरे, ले भिजिलान्ट र ले टेरिबल’ छन् । आणविक प्रतिरोध सुनिश्चित गर्न कम्तिमा एउटा समुद्र बाहिर छ ।