७ आश्विन २०८३, बुधबार Wednesday, September 23, 2026
७ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar आज देशैभर कांग्रेसको पालिका अधिवेशन News Polar अमेरिकी प्रतिबन्धबीच उडान रोक्ने निर्देशन नआएको ‘इरान एयर’को दाबी News Polar चीनले नेपाललाई एआईयुक्त मौसम पूर्व–सूचना प्रणाली हस्तान्तरण गर्‍यो News Polar महासभाको उच्चस्तरीय राजनीतिक बहस प्रारम्भ, नेपालबाट परराष्ट्रमन्त्री सहभागी News Polar भोटेकोशी बाढी पीडितका लागि भूतपूर्व सैनिकद्वारा २४ लाख बढी सहयोग News Polar लोक कल्याणकारी विज्ञापनको बिल–बीजक बुझाउने समय थप News Polar अख्तियारद्वारा आठ जनामाथि मुद्दा दायर News Polar नेपाल–युगाण्डाबीच असंलग्न आन्दोलनको मन्त्रीस्तरीय बैठकबारे छलफल News Polar पर्यटन बोर्डको सीईओका लागि पूर्वमन्त्री श्रेष्ठसहित ४२ जनाको आवेदन News Polar इजरायली नागरिक अपहरण भए गाजा सहरका बासिन्दालाई धपाउने इजरायली रक्षामन्त्रीको चेतावनी News Polar इरान युद्ध, एआई र राष्ट्रसङ्घको भविष्यबीच ट्रम्पको राष्ट्रसङ्घमा पुनरागमन News Polar प्रधानमन्त्री शाहलाई कार्यकक्षबाट कार्यवाहक प्रधानमन्त्री वाग्लेद्वारा बिदाइ News Polar गगन सभापति, देउवा सम्मानित नेता बन्नुपर्छ : उपसभापति भुसाल News Polar जेन–जी आन्दोलनका सहिद परिवार र घाइतेलाई स्नातक तहसम्म निःशुल्क शिक्षा दिइने News Polar २०औँ एसियाली खेलकुदः महिला कबड्डीमा नेपाल विजयी News Polar राष्ट्रसंघको महासभामा भाग लिन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान News Polar असोज ९ देखि ११ सम्म भारी वर्षा पूर्वानुमान ,विपद्को पूर्वतयारीमा जुट्न मन्त्रीद्वयको निर्देशन News Polar ‘नेतृत्व परिवर्तनको भाष्य निरर्थक’– महर News Polar एमाले अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छः गोकुल बाँस्कोटा News Polar नेकपा संयोजन समितिको बैठकः दुई महिने राष्ट्रिय अभियान घोषणा, पार्टी एकताका लागि वार्ता टोली गठन

बुल्गेरियाली पूर्वराष्ट्रपति गठबन्धन गरेर निर्वाचनमा जाने घोषणा

बुल्गेरियाली पूर्वराष्ट्रपति गठबन्धन गरेर निर्वाचनमा जाने घोषणा
अ+ अ-

काठमाडाैँ । बुल्गेरियाका पूर्वराष्ट्रपति रूमेन राडेभले अर्को महिना हुने मध्यावधि निर्वाचनमा भाग लिनका लागि गठबन्धन गरेको मङ्गलबार घोषणा गरेका छन् ।
उनको समूह पाँच वर्ष यता भएकोे आठौँ पटकसम्मको मतदानमा शीर्ष स्थानमा रहेको छ ।

डिसेम्बरको मध्यमा कन्जरभेटिभ नेतृत्वको सरकारलाई भ्रष्टाचार विरोधी प्रदर्शनले सत्ताबाट हटाएपछि नयाँ राजनीतिक अनिश्चितता निम्त्याएपछि अप्रिल १९ का लागि मतदानको मिति तोकिएको थियो ।

प्रदर्शनलाई समर्थन गर्ने रुमेन राडेभले करिब १० वर्षपछि राष्ट्रपति पदबाट राजीनामा दिने घोषणा गरेका थिए ।

पूर्व वायु सेना कमान्डर राडेभ आफैँ संसद सदस्यका लागि प्रतिस्पर्धामा उत्रिनुहुनेछ वा सहभागी हुनु्हुने छैन अझै स्पष्ट छैन ।

“आज हामीले संसदीय चुनावमा भाग लिनको लागि केन्द्रीय निर्वाचन आयोगसँग प्रोग्रेसिभ बुल्गेरिया गठबन्धन दर्ता गरेका छौँ,“ ६२ वर्षीय पूवै राष्ट्रपतिले फेसबुकमार्फत् घोषणा गरे ।

उनको समूहले ‘कुलीन र भ्रष्ट मोडेललाई भत्काउनेछ’ र “स्वतन्त्रता, एकता र न्यायको लागि, र बुल्गेरियाको आधुनिक, लोकतान्त्रिक युरोपेली राज्यको रूपमा विकासको लागि आह्वान गर्नेछ,” उनले थपे ।

फेब्रुअरीमा प्रकाशित सर्वेक्षणहरूले राडेभको तीन पार्टी गठबन्धन निर्वाचनमा पहिलो हुन सक्ने सङ्केत गरेका छन् । एक सर्वेक्षणका अनुसार उहाँको गठबन्धनले एक तिहाइ मतले जित्न सक्ने प्रक्षेपण गरिएको छ।

उनी पहिलो पटक सन् २०१६ मा राष्ट्रपति निर्वाचित हुनुभएको थियो । उहाँको उम्मेदवारीलाई परम्परागत रूपमा रुस समर्थक मानिने समाजवादीहरूले पनि समर्थन गरेका थिए ।

सन् २०२० मा व्यापक भ्रष्टाचार विरोधी प्रदर्शनको उहाँको समर्थनले चुनावको श्रृङ्खलालाई सुरु गरेको थियो र उहाँलाई सन् २०२१ मा राष्ट्रपतिको रूपमा दोस्रो कार्यकाल जित्न प्रेरित गरेको थियो ।

उनले युक्रेनलाई सैन्य सहायतामाथि प्रश्न उठाएका छन् ।

गत महिना जर्मन दैनिक बर्लिनर जाइटुङलाई दिएको अन्तर्वार्तामा उहाँले ‘यो द्वन्द्वमा थप कूटनीति भएको हेर्न चाहेको’ बताएका थिए ।

उनले भने , “अहिलेसम्म हामीले सबै कूटनीतिक उपाय अवलम्बन नगरिकन मुख्यतया सैन्य र आर्थिक सहयोगमा ध्यान केन्द्रित गरेका छौँ ।