३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आइतबार अमेरिका जाँदै News Polar छुट्टाछुटै दुर्घटनामा दुई जनाको मृत्यु, एक घाइते News Polar जलवायु संकट न्यूनीकरणमा शक्तिशाली राष्ट्रले जिम्मेवारी लिनुपर्छ: पूर्वराष्ट्रपति भण्डारी News Polar यसपालीको पलेँटीमा गुञ्जदै छन् नीर शाहका गीत News Polar एसियाली खेलकुदले ओलम्पिकमा योगदान बढाउनुपर्छः कोभेन्ट्री News Polar भोटेकोशी बाढीः काभ्रेका ३७ जना सम्पर्कविहीन, तीनको कुशको शव बनाएर अन्त्येष्टि News Polar पाटनमा दश महाविद्या परिक्रमा पूजा सम्पन्न- फोटो फिचर News Polar अर्थमन्त्री डा वाग्लेद्वारा भारतीय उद्योगी, व्यवसायीलाई नेपालमा लगानी गर्न आह्वान News Polar एसियाली खेलकुदको भब्य उद्घाटन News Polar रास्वपा संविधानको स्टेकहोल्डर हो – रास्वपा सांसद न्यौपाने News Polar एशियन गेम्समा पदक जित्ने लक्ष्य छः दीपेन्द्र सिंह ऐरी News Polar संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल News Polar युद्धका क्रममा युक्रेनबाट कब्जा गरिएका क्षेत्रमा रुसद्वारा संसदीय निर्वाचन News Polar नेपाल भौगोलिक र राजनीतिक दुवै हिसावले संवेदनशील–विद्यादेवी भण्डारी News Polar होर्मुजमा तेलवाहक जहाजमाथि आक्रमण गरेको इरानको दाबी News Polar आर्थिक संकटबिच बोलिभियाले आईएमएफको एक दशमलव नौ अर्ब डलर ऋण लिने News Polar बाढीबाट प्रभावित पत्रकार/परिवारलाई महासङ्घको तत्काल रु एक लाख सहयोग News Polar खेलाडीको समस्या समाधान गर्न प्रदेश सरकारले बजेट व्यवस्थापन गर्छ- मुख्यमन्त्री थापा News Polar संविधानतः सामाजिक न्यायसहित आर्थिक समृद्धि हासिल गर्नुपर्छ– मुख्यमन्त्री शाही News Polar परराष्ट्रमन्त्री खनाल आइतबार न्यूयोर्क प्रस्थान गर्ने

मध्य भोटेकोशी सन् २०२० भित्रै पूरा होला ? आयोजनामा अझै पनि ढिलाई हुँदैछ

मध्य भोटेकोशी सन् २०२० भित्रै पूरा होला ? आयोजनामा अझै पनि ढिलाई हुँदैछ
अ+ अ-

काठमाडौं । विभिन्न समस्यालाई पार लगाउँदै १०२ मेगावाट क्षमताको मध्य भोटेकोशी जलविद्युत कम्पनी लिमिटेडको काम अगाडि बढेको छ । करिब ८ किलोमिटर लामो सुरुङ खन्नुपर्नेमा अब ९३९ मिटर मात्र बाँकी छ भने हेडवक्र्सको कंक्रिटको काम शुरु भएको छ । हेडवक्र्समा बाढीबाट सुरक्षित गर्न नदीको सतहभन्दा माथि बाँध बाँध्ने काम अबको छ महिनामा सकिने आयोजनाले जनाएको छ । साथै पावरहाउसको काम पनि चालू छ ।

सिभिल कन्स्ट्रक्सनको काम सन् २०२० को मार्च अप्रिलमा सकिनेछ भने त्यसको छ महिनामा इलेक्ट्रो मेकानिकको काम सक्ने लक्ष्यका साथ अगाडि बढेको कम्पनीका प्रमुख कार्यकारी अधिकृत मणिकुमार काफ्लेले बताए । सन् २०१४ को जनवरीमा ४३ महिनामा आयोजना सम्पन्न गर्ने लक्ष्यका साथ शुरु भएकामा बाढी, पहिरो, भूकम्प र नाकाबन्दीका कारण समयमा काम सम्पन्न हुन नसकेको आयोजनाको भनाई छ । त्यस्तै चाकु क्षेत्रको निर्माण स्थल समयमै ठेकेदारलाई दिन नसकेको र मुआब्जाको समस्या समाधानमा समेत समय लागेकाले निर्माण कार्यमा ढिलाई भएको हो ।

सन् २०२० को डिसेम्बर ३१ मा सबै काम सिध्याएर विद्युत उत्पादन थाल्ने लक्ष्यका साथ काम भइरहेको काफ्लेले जानकारी दिए । सन् २०१४ को सम्झौता अनुसार ४३ महिना अर्थात् सन् २०१७ को जुनमा आयोजना सम्पन्न हुनुपर्ने थियो । आयोजनाको म्याद शुरुमा २४ महिना र पछिल्लो पटक १८ महिना थप गरिएको छ । आयोजनाका प्रमुख सुनिल कुमार लामाले आयोजनाको शुरुको लागत १२ अर्ब २८ करोड रहेपनि पछि १४ अर्ब ८० करोड हुँदै अन्त्यमा १५ अर्ब ३ करोड भएको जानकारी दिए ।

यो आयोजना जनताको लगानीबाट बनेको हो र बैंकको ब्याज तिर्नुपर्ने हुन्छ । त्यसैले अबका दिनमा एक दिन पनि काममा ढिलाई हुँदा १ करोड घाटा हुने उनले बताए । उनले विद्युत उत्पादन गर्ने कुरा राज्यको समेत दायित्व हुने भएकाले आइपर्ने कुनै पनि समस्यालाई तत्काल समाधान गर्न सबैको चासो र सहयोग आवश्यक रहेको समेत बताए । आयोजनाको मूख्य ठेकेदार चिनियाँ कम्पनी गुआन्जु हाइड्रो इलेक्ट्रिकल कम्पनी हो । आयोजनाले अग्रिम रकम उपलब्ध गराइसकेको छ । त्यसैको दायरामा रही काम सँगसँगै भुक्तानी दिने गरिएको आयोजनाले जनाएको छ ।

कम्पनीमा रकम अभाव रहेको देखिएका कारण कम्पनीलाई पहिले नै सचेत पनि गराइएको छ । तर हाल समस्या उस्तै देखिएको छ । उक्त कम्पनीसँग पर्याप्त मेसिनरी र जनशक्ति दुबैको अभाव छ । अहिले हेडवक्र्सको काममा पावरहाउसका मजदूर खटाइएको छ, त्यसैले लक्ष्य अनुसार काम सम्पन्न हुन्छ भन्न सक्ने स्थिति छैन । यो मुख्य समस्याका बारेमा माथिल्लो तहसम्मलाई जानकारी गराइएको र अझ पनि यस विषयलाई समाधान गर्न सकिए आयोजना तोकिएकै मितिमा सम्पन्न हुन सक्ने लामाले दाबी गरेका छन् ।