१३ असार २०८३, शनिबार
,
Latest
गण्डकी प्रदेश महिला टी–२० क्रिकेट सुरु, स्याङ्जाको विजयी सुरुआत अफगानिस्तानमा ६.१ म्याग्निच्युडको भूकम्प भेनेजुएला : भूकम्पको ३२ घण्टापछि नवजात शिशुको सकुशल उद्धार लेबनान, इजरायल र अमेरिकाद्वारा त्रिपक्षीय सम्झौतामा हस्ताक्षर अष्ट्रेलियाले सामाजिक सञ्जाल प्रतिबन्ध उल्लङ्घन गर्ने प्लेटफर्मलाई दोब्बर जरिवाना लगाउने भेनेजुएलाको भूकम्पमा ९२० जनाको मृत्यु, ५० हजार बेपत्ता युरोपमा शनिबार १९ करोड ३० लाख मानिस उच्च तापक्रमबाट प्रभावित आगामी तीन दिन भारी वर्षाः कोशी र मधेसमा विशेष सतर्कता अपनाउन आग्रह प्यूठानको स्वर्गद्वारी नगरपालिकाका उपप्रमुख दुर्घटनामा मृत्यु निःशुल्क स्वास्थ्य शिविर, ३५५ जनाले लिए सेवा
तपाईं के खोज्दै हुनुहुन्छ ?

नयाँ बानेश्वरमा टिपरले ठक्कर दिँदा स्कुटर चालकको मृत्यु



अ+ अ-

काठमाडौँ । काठमाडौँ महानगरपालिका–३१, मिनभवनस्थित सिभिल अस्पताल अगाडिको सडक खण्डमा टिपरको ठक्करबाट स्कुटर चालकको मृत्यु भएको छ।

मंगलबार बिहान करिब ०८:४५ बजेतिर बिजुलीबजारबाट तिनकुनेतर्फ आइरहेको बा। २ क ३२२९ नम्बरको फोहोर बोक्ने टिपरले प्र.३–००१ ब. ९४५ नम्बरको सरकारी स्कुटरलाई ठक्कर दिएको हो। स्कुटर चालक सुनसरी इनरुवा नगरपालिका–५ स्थायी घर भई हाल भक्तपुर लोकन्थली बस्दै आएका ४८ वर्षीय बद्री कोइराला रहेको खुलेको छ।

टिपर चालक गोरखा भुमिचोक स्थायी घर भई हाल काठमाडौं पेप्सीकोलामा बस्ने २६ वर्षीय विकास थापा मगर रहेका छन्। घटनापछि चालक थापा र सवारी साधन नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको छ।

दुर्घटनामा गम्भीर घाइते भएका कोइरालालाई तत्काल उपचारका लागि सिभिल अस्पताल लगिएको थियो। बिहान ०८स्५५ बजे चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए ।