१२ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

सत्तामा पुगेपछी कम्युनिष्ट नेताले बिर्सेको भन्दै सयौ कार्यकर्ता काँग्रेस प्रवेश भन्दै



अ+ अ-

मोरङ । कम्युनिष्ट नेताहरुबाट देश परिवर्तनको सम्भाबना नरहेको भन्दै सयौ कर्याकर्ता नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । बुधबार मोरङमा आयोजित कार्यक्रमबिच उनिहरु काँग्रेस प्रवेश गरेका हुन ।

कम्युनिष्ट नेताहरु सत्तामा पुगेपछी जनतालाई बिर्सेर भ्रष्टाचार, बिलासिता र आत्मरतिमा रमाउन थालेकाले नेकपाबाट देश परिवर्तनको सम्भाबना नदेखेर आफुहरु काँग्रेस प्रवेश गरेको उनिहरुले बताएका छन ।

राष्ट्रिय एकता तथा मेलमिलाप दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै नेपाली काँग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले काँग्रेस भ्रष्टाचारविरुद्धमा सदैव उभिदै काँग्रेस भ्रष्टाचार विरोधी अभियानको नेतृत्व गर्न तयार हुनुपर्ने पनि बताए ।

सरकार नीतिगत रूपमै भ्रष्टाचार संरक्षण गर्न लागेको दावी गर्दै उनले त्यसविरुद्ध काँग्रेसको खबरदारी जरुरी रहेको बताए । अर्को प्रसंगमा पौडेलले पार्टीको महत्वपूर्ण कार्यभार त्यसका लागि कार्यतालिका बनाएर अघि बढ्नुपर्नेमा जोड दिए ।