२३ जेष्ठ २०८३, शनिबार
,
Latest
रसुवागढी भन्सार प्रकरण: रसुवागढी नाकाका प्रमुखसहित ९ कर्मचारी तानिए भन्सार विभाग सभामुख अर्यालसहित उच्चस्तरीय प्रतिनिधिमण्डलद्वारा सुदूरपश्चिमका धार्मिक तथा आर्थिक क्षेत्रहरूको अवलोकन परम्परागत बजेटले मात्र समृद्धि सम्भव छैन, नयाँ वित्तीय मोडेलबाट पूर्वाधार विकास गर्छौंः सांसद अधिकारी कोलम्बियाको मध्य क्षेत्रमा रहेको कोइला खानीमा विस्फोट हुँदा ७ जनाको मृत्यु होल्डिङ सेन्टरका सुकुमवासीलाई नियमित स्वास्थ्य परीक्षण र उपचार सेवा सिमित समूहले स्रोत कब्जा गर्ने प्रवृत्तिलाई सरकारले अन्त्य गर्न खोज्नु सकारात्मकः उद्योगपति चौधरी उच्च प्रतिफल दिने योजनामा बढी स्रोत केन्द्रित गर्नुपर्नेमा बजेटले पर्याप्त ध्यान दिन सकेनः पूर्वअर्थमन्त्री पाण्डे औषधि अभाव अन्त्य र गुणस्तर सुधारमा सरकारको जोड संस्थागत कब्जा तोड्यौँ, अब सुशासन र डिजिटलीकरणमा क्रान्तिकारी सुधार गर्छौंः अर्थमन्त्री वाग्ले बजेटमा स्रोत सुनिश्चित छैन, ७ प्रतिशत आर्थिक वृद्धि असम्भवः पूर्वअर्थमन्त्री महत
तपाईं के खोज्दै हुनुहुन्छ ?

निर्वाचन र होलीले देशमा नयाँ उत्साह छाओस् : प्रधानमन्त्री कार्की



अ+ अ-

काठमाडाैँ । अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीले निर्वाचनको पूर्वसन्ध्यामा परेको फागु पूर्णिमा (होली) ले देशभर नयाँ उत्साह र सकारात्मक ऊर्जा फैलाउने विश्वास व्यक्त गरेकी छन्।

सोमवार देशवासीको नाममा सम्बोधन गर्दै उनले होली पर्वले नेपाली समाजमा एकता, सद्भाव र आपसी विश्वास सुदृढ बनाउने बताइन्। स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीहरूमा शुभकामना व्यक्त गर्दै प्रधानमन्त्री कार्कीले रङ्गहरूको यस पर्वले नेपालको विविधतालाई अझ मजबुत बनाउँदै सामाजिक समरसताको सन्देश प्रवाह गर्ने धारणा राखिन्।

सम्बोधनका क्रममा उनले आफ्नो कार्यकाल र जिम्मेवारीको समीक्षा पनि गरिन्। इतिहासकै कठिन मोडमा देशको नेतृत्व सम्हाल्ने अवसरलाई मातृभूमिप्रतिको दायित्वका रूपमा लिएको उल्लेख गर्दै उहाँले आफ्नो कार्यकालभर न्याय, निष्ठा र पारदर्शिताको पक्षमा उभिएर काम गर्ने प्रयास गरेको स्मरण गरिन्।

उनले अब केही दिनमै देशको बागडोर जनताले निर्वाचित गर्ने नयाँ प्रतिनिधिहरूको हातमा जाने उल्लेख गर्दै निर्वाचनलाई शान्तिपूर्ण, स्वच्छ र ऐतिहासिक बनाउन सबैलाई आग्रह गरिन्। होली मनाउँदा संयमता अपनाउन र कसैको इच्छाविपरीत रङ नलगाउन पनि उनले अपिल गरिन्।

प्रधानमन्त्री कार्कीले अन्तरिम सरकार आफ्नो मुख्य दायित्व अर्थात् निर्वाचन सम्पन्न गराउने जिम्मेवारी पूरा गरेर सत्ता हस्तान्तरण गर्न पूर्ण रूपमा तयार रहेको स्पष्ट पारिन्।

 




न्यूजपोलारबाट थप समाचार
भर्खरै