९ श्रावण २०८३, शनिबार
,
Latest
भीमसेन थापाप्रति प्रधानसेनापति सिग्देलद्वारा सम्मान अर्पण, राष्ट्रियताको भावना कमजोर हुँदै गएकोमा चिन्ता राष्ट्रिय स्वाधीनतामाथि संकट छः संयोजक दाहाल कम्युनिष्ट आन्दोलनले धक्का खाएको छ, नयाँ ऊर्जाका साथ अघि बढ्नुपर्छः पूर्वप्रधानमन्त्री नेपाल ब्राउन सुगरसहित दुई जना पक्राउ सांसद गणेश पौडेलमाथि मसी प्रहारको रास्वपाद्वारा भर्त्सना, जनप्रतिनिधिको सुरक्षा गर्न सरकारसँग माग बुद्ध एयरले थप्यो नयाँ सिरिजका एटीआर विमान एटीआर-७२-६०० पोखरामा ध्वनि प्रदुषण गर्ने मोटरसाइकलमाथि प्रहरीको कडाइ, ‘अपरेसन ३६५’ अन्तर्गत ७७३ सवारी साधन कारबाहीमा इरानी सम्पतीबाट सामुन्द्रिक क्षतिको भरपाइ गरिन्छः डोनाल्ड ट्रम्प भारतमा मनसुनी वर्षाको प्रकोपः बाढी र डुबानका कारण जनजीवन प्रभावित, आसाममा ४१ जनाको मृत्यु पाकिस्तानको उत्तर–पश्चिममा आत्मघाती बम विष्फोटः सुरक्षाकर्मीसहित १४ जनाको मृत्यु
तपाईं के खोज्दै हुनुहुन्छ ?

राष्ट्रिय लिग फुटबलः एनआरटी विजयी



अ+ अ-

काठमाडौँ। राजधानीमा जारी राष्ट्रिय लिग फुटबल प्रतियोगितामा न्युरोड टिम (एनआरटी) विजयी भएको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा आज भएको खेलमा एनआरटीले चित्लाङ फुटबल क्लबलाई २–१ गोलअन्तरले पराजित गरेको हो ।

खेलको १०औँ मिनेटमा राजिव लोप्चनले गोल गर्दै एनआरटीलाई सुरुआती अग्रता दिलाएका थिए । यस्तै खेलको ३७औँ मिनेटमा एनआरटीका सनम सोदेम्बा लिम्बूले आत्मघाती गोल गरेपछि खेल एक–एक गोलको बराबरीमा पुग्यो ।

त्यस्तै एनआरटीका टिमोथी चिएमेरिए ओकेरेकेले खेलको ५४औँ मिनेटमा शान्त्वना गोल गरे । त्यसपछि खेलमा थप गोल हुन सकेन ।

यो जितसँगै एनआरटीले प्रतियोगितामा पाचौँ जित दर्ता गराएको छ । लिगमा नौ खेल खेलेको एनआरटीले १९ अङ्क जोडेको छ । यस्तै चित्लाङको यो चौथो हार हो । नौ खेलबाट चित्लाङले ७ अङ्क जोडेको छ । रासस




भर्खरै