१२ भाद्र २०८३, शुक्रबार
,
Latest
बाढीपीडितलाई सुदूरपश्चिम कांग्रेस संसदीय दलद्वारा तीन लाख ६० हजार सहयोग विपदमा हामी के गर्न सक्छौ ? रवीन्द्र ढाँट रोड टू यूएफसी सिजन–५ को फाइनलमा प्रधानमन्त्री राहत कोषमा ८७ वर्षीया राणाद्धारा एक करोड ९ लाख सहयोग नेपाल चेम्बरद्वारा प्रहरीलाई १७ वटा ‘सर्भिलेन्स ड्रोन’ हस्तान्तरण एमालेका दुई प्रदेश कमिटीद्वारा राहतका लागि २० लाख सहयोग घोषणा पूर्वप्रधानमन्त्री कार्कीद्वारा एक महिनाको पेन्सन रकम सहयोग केदारनाथ शर्मा बने नयाँ गृह सचिव बाढीपछि भारत र चीनसँग बेलिब्रिज माग्दै नेपाल प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषलाई सूर्य नेपालद्वारा १५ करोड रुपैयाँ सहयोग
तपाईं के खोज्दै हुनुहुन्छ ?

सीमा निरीक्षणमा निस्किए नेपाली प्राविधिक टोली



अ+ अ-

काठमाडौं । कूटनीतिक तथा नापीसम्बन्धी प्राविधिक टोली नेपाल–भारत सीमा निरीक्षणमा निस्किएको छ। भारतीय नक्सामा नेपाली भूमि लिम्पियाधुरा, लिपुलेक र कालापानी राखेपछि नेपाल सरकारले स्थलगत अध्ययनका लागि सीमा निरीक्षण समिति गठन गरेको थियो। भारत र चीन दुवैतर्फको सीमा निरीक्षणका लागि समिति गठन भए पनि प्रतिकूल मौसमका कारण भारततर्फका सीमा निरीक्षण तथा अवलोकनका लागि टोली प्रस्थान गरेको छ।

निरीक्षण समितिको नेतृत्व परराष्ट्रका भारतसमेत हेर्ने दक्षिण एसिया महाशाखाका प्रमुख यज्ञबहादुर हमालले गरेका छन्। टोलीमा नापी विभागका महानिरीक्षक प्रकाश जोशी पनि छन्। नेपाल–भारतको सीमातर्फ कालापानी र सुस्ताबाहेकको सीमा क्षेत्रमा सीमांकन भइरहेको छ। दार्चुलादेखि ताप्लेजुङसम्मको नेपाल–भारतको सीमाको १ हजार ८ सय ८० किलोमिटर दुरीमध्ये दार्चुलाको लिम्पियाधुरा, कालापानी र लिपुलेक तथा सुस्तामा विवाद छ ।

भारतले लिम्पियाधुरा, कालापानी र लिपुलेक क्षेत्रमा ३९५ वर्गकिलोमिर र सुस्तामा १४ हजार हेक्टर नेपाली भूमि अतिक्रमण गरिरहेको छ। भारतले अतिक्रमण गरेको भूभागका सम्बन्धमा सन् २०१४ नेपाल र भारतबीच परराष्ट्र सचिवस्तरीय संयन्त्रबाट टुंग्याउने सहमति भएको थियो। तर भारतीय पक्षको बेवास्ताका कारण संयन्त्रको बैठक अहिलेसम्म बसेको छैन। उत्तरतर्फको सीमा निरीक्षणका लागि नेपाल–चीन समितिको संयोजकमा परराष्ट्र मन्त्रालय चीनसमेत हेर्ने उत्तरपूर्वी एसिया महाशाखाका प्रमुख कालीप्रसाद पोखरेल छन्।

चीनतर्फको अध्ययन र निरीक्षणपछि हुने परराष्ट्र स्रोतले बताएको छ। दुवै समितिमा परराष्ट्रसहित गृह, रक्षा र भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका प्रतिनिधि छन्। मन्त्रालयबाट सहसचिव र प्रहरीतर्फ प्रहरी नायब महानिरीक्षक संलग्न छन्। अन्नपुर्णपोष्ट दैनिकबाट