काठमाडौँ । । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन शाह गृहजिल्ला झापा पुगेका छन्। नेता शाह झापा आउने खबरसँगै बिहानैदेखि विभिन्न चोकहरूमा उनलाई स्वागत गर्न समर्थक र शुभचिन्तकहरूको ठूलो भिड लागेको थियो ।
विशेषगरी युवाहरूको ठूलो उपस्थिति रहेको स्वागत कार्यक्रममा बालेनले स्थानीयबासीको माया र सद्भावलाई अभिवादन गर्दै स्वीकार गरेका थिए।












