४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar सडक किनारमा नगरपालिकाको बेसार खेती News Polar गोरुगाडामा मोटरसाइकल ठोक्किँदा युवकको मृत्यु News Polar राष्ट्रिय स्वतन्त्र पार्टीको सचिवालय बैठक हुँदै News Polar मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु News Polar छारेभिरमा पहिरो खसेपछि कर्णाली करिडोर ठप्प News Polar वीरगन्ज भन्सारबाट भदौमा २३ अर्ब ४६ करोड राजस्व संकलन News Polar विकास–निर्माणका काम व्यास नगरपालिकाकाे प्राथमिकतामा News Polar सरकार र निजी क्षेत्रबीच निरन्तर संवाद तथा सहकार्य आवश्यकः अध्यक्ष श्रेष्ठ News Polar आरोहण टोली धवलागिरि आरोहण टोली धवलागिरि आधार शिविरमा News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar रसुवा बाढीपछि मुस्ताङमा पर्यटक आगमन घट्यो News Polar अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीनदिने भारत भ्रमण सकेर स्वदेश फिर्ता News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आज अमेरिका जाँदै News Polar नेपालले भदौमा बिजुली बेचेर कमायो ५ अर्बभन्दा बढी रुपैयाँ News Polar जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौं’को नयाँ आउटलेट, ५० प्रतिशतसम्म छुट News Polar बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड News Polar कोरला नाकाबाट  भित्रिन थाले भेडाच्याङ्ग्रा News Polar जेसिके फाइट नाइटः चिनियाँ फाइटरविरुद्ध युकी आङदेम्बेको सहज जित News Polar कांग्रेसको १५औँ महाधिवेशनः ४३ जिल्लाका ३३९६ वडामा वडा अधिवेशन सम्पन्न News Polar ध्यानका लागि आकर्षक गन्तव्य बन्दै शिवपुरीको ध्रुवस्थली

जब मन्त्री मानन्धरनै राजधानीका मेयर बोकेर बन्चरेडाँडामा पुगेपछि..

जब मन्त्री मानन्धरनै राजधानीका मेयर बोकेर बन्चरेडाँडामा पुगेपछि..
अ+ अ-

काठमाडौं । शहरी विकास राज्यमन्त्री रामवीर मानन्धरले फोहोर व्यवस्थापनको कोषेढुंगा मानिएको नुवाकोट र धादिङको सीमानामा पर्ने बन्चरे डाँडा स्यानिटरी ल्याण्डफिल्ड साइट निर्माणमा देखिएको अवरोध अन्त्य गर्ने प्रतिवद्वता जनाएका छन् ।

शुक्रबार बिहान काठमाडौै महानगरका प्रमुख विद्यासुन्दर शाक्य, ललितपुर महानगरका प्रमुख चिरिबाबु महर्जन र भक्तपुर नगरपालिकाका प्रमुख सहित उपत्यकाका १८ वटै नगरपालिकाका प्रतिनिधि र सहरी विकास मन्त्रालयका उच्च अधिकारीसहितको टोली लिएर बन्चरेडाँडा पुगेका मन्त्री मानन्धरले ल्याण्डफिल्ड साइट निर्माणमा ढिलाइ भए सैह्य नहुने बताए ।

मन्त्री मानन्धरले कम्तिमा सय वर्षका लागि उपत्यकाको फोहर व्यवस्थापन गर्न सकिने बन्चरेडाँडामा निर्माणाधिन ल्याण्डफिल्ड साइट फागुन भित्र निर्माण सम्पन्न गर्न शहरी विकास तथा भवन निर्माण विभागलाई निर्देशन समेत दिए । मन्त्री मानन्धरले काठमाडौं उपत्यकालाई सुन्दर सहर निर्माण गर्नका लागि बन्चरेडाँडाको भुमिका निर्विकल्प रहेको बताउँदै स्थानीयका चासो सम्बोधन गर्ने समेत बताए । मन्त्री मानन्धरले आफु पनि यही क्षेत्रको भएकाले बन्चरेडाँडा वरपरका स्थानीयको समस्याको सुनुवाइ गर्दै कामलाई तिब्रता दिने बताए ।

उपत्यकाका सबै नगरपालिकाका प्रमुखहरुसँग आफुले फोहर व्यवस्थापनसँग पीडित जनताको आवाज पनि सुन्न आग्रह गरेको बताउँदै मन्त्री मानन्धरले जनहितसहित काम गर्ने बताए । यस अघिका सरकारले जनताको हितमा काम गर्न नसक्दा समस्या बल्झिएको बताउँदै नियमित अनुगमन र नजगुनासो सम्बोधनका लागि आफु पाक्षीक रुपमा बन्चरेडाँडा आउने प्रतिवद्दता समेत जनाए ।

१३ वर्षदेखि चर्चामा रहेको बञ्चरेडाँडा ल्याण्डफिल्ड साइडमा आयोजनालाई आफूले नजिकबाट नियालीरहेको भन्दै राज्यमन्त्री मानन्धरले पाक्षिक रुपमा आयोजनाको निरीक्षण र अनुगमन गर्ने बताए । आयोजनामा देखिएका समस्या आफ्नै अग्रसरतामा समाधान गर्ने दाबी गरेका मन्त्री मानन्धरले यसलाई नमूना आयोजनाको रुपमा सम्पन्न गर्ने दाबी समेत गरे । मन्त्री मानन्धरले सरकारी निकायबीच समन्वय हुन नसके सिधै आफूलाई रिपोर्ट गर्न सरोकारवाला पक्षलाई आग्रह गर्दै तोकिएको मितिमा आयोजना सम्पन्न नभए संलग्न सबैलाई कारबाही गर्ने चेतावनी दिए ।

मन्त्री मानन्धरले स्थानीयलाई समेत लाभ हुनेगरी आयोजना तयार भएको भन्दै स्थानीयले मन दुखाउनु पर्ने कुनै कारण नभएको बताए । मन्त्री मानन्धरले यो आयोजना देशकै नमूना आयोजनाका रुपमा विकास गर्नका लागि नविनतम प्रविधिको प्रयोग हुने बताए ।

सुखी नेपाली समृद्ध नेपालको राष्ट्रिय संकल्प पुरा गर्नका लागि सरकार लागिपरेको बताउँदै मन्त्री मानन्धरले प्रधानमन्त्रीको सपना साकार पार्न आम नागरिक पनि लागिपर्नुपर्ने बताए । काठमाडौं सहित देशभरका सहरी क्षेत्रको फोहर व्यवस्थापनमा नयाँ प्रविधिको प्रयोगमा जोड दिइने बताउँदै मन्त्री मानन्धरले बन्चरेडाँडाबाट निस्कने लिचड व्यवस्थापन र रिफइनरीका लागि पनि काम थाल्ने प्रतिवद्वता जनाएका छन् ।

मन्त्रीसँगै बन्चरेडाँडा पुगेका काठमाडौं महानगरका मेयर विद्यासुन्दर शाक्य र ललितपुर महानगरका मेयर चिरिबाबु महर्जनले पनि मन्त्रीको योजना अनुसार काम गर्न सहयोग गर्ने बचन दिएका छन्। नुवाकोटका सांसद नारायण खतिवडाले नुवाकोटलाई काठमाडौंको डम्पिङ मात्र बनाउन खोजिए सैह्य नहुने भन्दै जनताको हित हुनेगरी फोहर व्यवस्थापन गर्न सरकारको ध्यानाकर्षण गराए ।

उक्त परियोजना शहरी विकास मन्त्रालय मातहतमा आएपछि निर्माणले गति लिएको छ । तर पुस १ बाट फोहर फाल्ने लक्ष्य पूरा नभएपछि मन्त्री मानन्धर आफैं पटक पटक फिल्डमा पुगेका हुन् । अहिलेकै अवस्थामा निर्माण कार्यले तीब्रता पाएमा अबको दुई महिनाभित्र काठमाडौं उपत्यकाले भोग्दै आएको फोहरको समस्या सदाका लागि अन्त्य हुने विश्वास गरिएको छ । गत बैशाखबाट निर्माण कार्य थालिएको उक्त ल्याण्डफिल्ड साइडको धेरै काम अघि बढेको छ ।

आयोजना निर्माणको पहिलो चरणको लागत ३४ करोड ६८ लाख रुपैयाँ रहेको छ । बन्चरेडाँडा स्यानेटरी ल्याण्डफिल्ड साइट निर्माणको लागि सरकारले स्थानीयको १७ सय रोपनी जग्गा अधिग्रहण गरिसकेको छ ।