१२ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

कांग्रेसका सांसद शाहविरुद्ध पक्राउ पुर्जी जारी



अ+ अ-

काठमाडौं । स्थानीय तहको निर्बाचनमा आफ्ना काकालाई हराएको भन्दै स्थानियवासीलाई कुट्ने नेपाली कांग्रेसका नेता तथा प्रतिनिधिसभाका सदस्य अभिषेक प्रताप शाहविरुद्ध पक्राउ पुर्जी जारी गरिएको छ । कपिलबस्तु क्षेत्र नम्बर-३ का सांसद शाहविरुद्ध ज्यानमार्ने उद्योग अन्तरगत निवेदन दर्ता गरेसँगै पक्राउ पुर्जी जारी भएको हो ।

सांसद शाहले कपिलबस्तुको कृष्णनगर नगरपालिका-३ का श्याम मिश्रालाई झण्डै दुईहप्ता अघि कुटपिट गरेका थिए । ज्यान मार्ने उद्देश्यले कुट पीट गरेको भन्दै सांसद शाहविरुद्ध कारबाहीका लागि उजुरी दर्ता हुनुपर्ने मागसहित स्थानीयले आन्दोलन गर्दै आएका थिए ।

जिल्ला प्रहरी कार्यालय कपिलबस्तुले बिहीबार उजुरी दर्ता गरेसँगै पक्राउ पुर्जीसमेत जारी भएको जनाएको छ । सांसद शाहलाई अब पक्राउ गर्ने बाटो खुलेको छ । मिश्राले उम्मेदवारी दिएपछि सांसद शाहका काका स्थानीय चुनावमा पराजित भएका थिए ।