काठमाडौं । नियमित डायलासिसका लागि प्रधानमन्त्री केपी शर्मा ओली अस्पताल गएका छन् । शुक्रवार प्रधानमन्त्री ओलीले मनमोहन कार्डियो थोरासिस भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरमा पुगेर हेमोडायलासिस गरेका हुन् ।
प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सूर्य थापाले दिएको जानकारीअनुसार प्रधानमन्त्री दिउँसो एक बजे अस्पताल पुगेका हुन् । हेमोडायलासिस पछि उनी आजै बालुवाटार फर्किने बुझिएको छ ।