१८ आश्विन २०८१, शुक्रबार
,
Latest
पूर्वराजा शाह र भुटानी राजाबीच भेट सिस्नेरी पहिरोमा ज्यान गुमाउने विद्यार्थीका परिवारलाई जनही रु दुई लाख विपद् प्रभावित पालिकालाई सङ्कटग्रस्त क्षेत्र घोषणा गर्न सिफारिस बहुपक्षीय र क्षेत्रीय बैठकहरूमा सुनिने र देखिनेगरी नेपालको उपस्थिति रह्योः परराष्ट्रमन्त्री राणा प्रधानमन्त्रीसमक्ष उद्धार कोषमा एकैदिन साढे तीन करोड हस्तान्तरण आन्तरिक हवाई उडानतर्फ अत्यधिक चाप नेपालमा सभ्यतासम्बन्धि अन्तर्राष्ट्रिय सम्मेलन शुरु मन्त्री भण्डारीद्वारा खानेतेलको मूल्य तथा आपूर्तिको अवस्थाबारे जानकारी अवरुद्ध चार राजमार्ग आईतवारसम्ममा खुल्ने, विपी राजमार्ग दशैँअघि नखुल्ने विश्वकप एसिया छनोटको उद्घाटन खेल नेपालले थाइल्याण्डसँग खल्ने
तपाईं के खोज्दै हुनुहुन्छ ?

योग्य लगानीकर्ताको सूची तयार



अ+ अ-

काठमाडौं । लगानी बोर्डले ‘लगानी सम्मेलन २०१९’ मा प्रस्तुत गरेको ५० परियोजनामध्ये १४ परियोजनाको पूर्वयोग्यता मूल्याङ्कन सम्पन्न गरी योग्य लगानीकर्ताको सूची तयार गरेको छ ।

बोर्डले शुक्रबार पत्रकार सम्मेलन गरी ११ खर्ब ८८ अर्ब रुपैयाँ बराबरको १४ वटा परियोजनाको पूर्वयोग्यता मूल्याङ्कन गरी लगानीकर्ताको सूची तयार पारेको जानकारी गराएको हो । त्यसमध्ये ७ सय ५६ मेगावाटको तमोर जलाशययुक्त जलविद्युत परियोजनाको विस्तृत सम्भाव्यता अध्ययनका लागि कम्पनी छनोट भइसकेको वोर्डले जनाएको छ ।

बोर्डले १० अर्ब ५४ करोड रुपैयाँ अनुमानित लागतमा भेइकल म्यानुफ्याक्चरिङ तथा एसेम्ब्लिङ प्लाण्टका लागि कोरियाको मेट्रोक्स कम्पनीसँग सम्झौता गरेको तथा प्रदेश एकको दमकमा चाइना नेपाल फ्रेन्डसिप पार्क निर्माणका लागि ६४ अर्ब ६१ करोड रुपैयाँ लगानी गर्ने समझदारी भएको वोर्डले जनाएको छ । त्यस्तै विराटनगर, वीरगंज र भैरहवामा निर्माण हुने १३ अर्ब रुपैयाँ लागतको मल्टीमोडल लजिस्टिक पार्कको विस्तृत अध्ययनका लागि दुई कम्पनीसँग सम्झौता भएको समेत वोर्डले जनाएको छ । सम्मेलनमा लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत महाप्रसाद अधिकारीले पछिल्लो समय हेज फण्ड सञ्चालनमा आउनु र सरकारले देशकै रेटिङ गर्न लाग्नुले वैदेशिक लगानीको वातावरण बन्दै गएको बताउनुभयो । उहाँले स्वदेशी लगानीकर्ताले पाउने सुविधा विदेशी लगानीकर्ताले पनि पाउने भएकोले लगानी सम्मेलनमा आएका प्रतिवद्धताहरु कार्यान्वयनमा जान लागेको समेत बताउनुभयो ।

प्रमुख कार्यकारी अधिकृत अधिकारीले लगानी सम्मेलनमा हस्ताक्षर तथा घोषणा भएका १६ वटा समझदारीहरु कार्यान्वयन भइरहेको समेत जानकारी दिनुभयो । यस्तै सम्मेलनमा प्रस्ताव नगरिएका परियोजनामा प्राप्त १५ प्रस्तावहरुमध्ये १० वटा परियोजनारु कार्यान्वयनको लागि अध्ययनको चरणमा रहेको उहाँले बताउनुभयो । उहाँले अरुण तेस्रो जलविद्युत आयोजनाका महत्वपूर्ण कामहरु सकिएको तथा होङसी सिमेन्टले दोस्रो चरणको उत्पादन सुरु गर्न लागेको जानकारी समेत दिनुभयो ।