२५ भाद्र २०८३, बिहीबार
,
Latest
यमनमा फेरि युद्ध भड्कियो – बाब अल-मन्दाब क्षेत्रमा भीषण भिडन्त टर्कीको अन्टाल्यामा भीषण डढेलो, एकको मृत्यु, २५० घर खाली गराइयो तरकारीको विषादी परीक्षण बढाइँदै सेतीबाढीपीडितले पठाए भोटेकोशी पीडितलाई सहयोग भोटेकोशी बाढी : ‘डिएनए’ परीक्षण तीव्र नेपाल नेत्रज्योति सङ्घद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एक करोड ४१ लाख भन्दा बढी सहयोग तनहुँमा एक वर्षमा २२ किलोमिटर सडक कालोपत्र जेनजी आन्दोलनको एक वर्षः परराष्ट्र नीतिलाई प्रभावकारी बनाउँदै सरकार एसिसी प्रिमियर कपः नेपाल ओमानसँग खेल्दै भोटेकोशी बाढीः ‘मेरो गर्भमा हुर्किरहेको बच्चाले बाबुको काख पाओस् !’
तपाईं के खोज्दै हुनुहुन्छ ?

योग्य लगानीकर्ताको सूची तयार



अ+ अ-

काठमाडौं । लगानी बोर्डले ‘लगानी सम्मेलन २०१९’ मा प्रस्तुत गरेको ५० परियोजनामध्ये १४ परियोजनाको पूर्वयोग्यता मूल्याङ्कन सम्पन्न गरी योग्य लगानीकर्ताको सूची तयार गरेको छ ।

बोर्डले शुक्रबार पत्रकार सम्मेलन गरी ११ खर्ब ८८ अर्ब रुपैयाँ बराबरको १४ वटा परियोजनाको पूर्वयोग्यता मूल्याङ्कन गरी लगानीकर्ताको सूची तयार पारेको जानकारी गराएको हो । त्यसमध्ये ७ सय ५६ मेगावाटको तमोर जलाशययुक्त जलविद्युत परियोजनाको विस्तृत सम्भाव्यता अध्ययनका लागि कम्पनी छनोट भइसकेको वोर्डले जनाएको छ ।

बोर्डले १० अर्ब ५४ करोड रुपैयाँ अनुमानित लागतमा भेइकल म्यानुफ्याक्चरिङ तथा एसेम्ब्लिङ प्लाण्टका लागि कोरियाको मेट्रोक्स कम्पनीसँग सम्झौता गरेको तथा प्रदेश एकको दमकमा चाइना नेपाल फ्रेन्डसिप पार्क निर्माणका लागि ६४ अर्ब ६१ करोड रुपैयाँ लगानी गर्ने समझदारी भएको वोर्डले जनाएको छ । त्यस्तै विराटनगर, वीरगंज र भैरहवामा निर्माण हुने १३ अर्ब रुपैयाँ लागतको मल्टीमोडल लजिस्टिक पार्कको विस्तृत अध्ययनका लागि दुई कम्पनीसँग सम्झौता भएको समेत वोर्डले जनाएको छ । सम्मेलनमा लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत महाप्रसाद अधिकारीले पछिल्लो समय हेज फण्ड सञ्चालनमा आउनु र सरकारले देशकै रेटिङ गर्न लाग्नुले वैदेशिक लगानीको वातावरण बन्दै गएको बताउनुभयो । उहाँले स्वदेशी लगानीकर्ताले पाउने सुविधा विदेशी लगानीकर्ताले पनि पाउने भएकोले लगानी सम्मेलनमा आएका प्रतिवद्धताहरु कार्यान्वयनमा जान लागेको समेत बताउनुभयो ।

प्रमुख कार्यकारी अधिकृत अधिकारीले लगानी सम्मेलनमा हस्ताक्षर तथा घोषणा भएका १६ वटा समझदारीहरु कार्यान्वयन भइरहेको समेत जानकारी दिनुभयो । यस्तै सम्मेलनमा प्रस्ताव नगरिएका परियोजनामा प्राप्त १५ प्रस्तावहरुमध्ये १० वटा परियोजनारु कार्यान्वयनको लागि अध्ययनको चरणमा रहेको उहाँले बताउनुभयो । उहाँले अरुण तेस्रो जलविद्युत आयोजनाका महत्वपूर्ण कामहरु सकिएको तथा होङसी सिमेन्टले दोस्रो चरणको उत्पादन सुरु गर्न लागेको जानकारी समेत दिनुभयो ।