२७ आश्विन २०८३, मंगलवार Tuesday, October 13, 2026
२७ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar बाढीले क्षति पुर्‍याएको प्राकृतिक उपचार स्थल सिङ्गा तातोपानी कुण्डमा पुनःनिर्माण News Polar गृहमन्त्रीबाट ‘बिम्स्टेक क्षेत्रीय विपद् पूर्वतयारी तथा प्रतिकार्य रूपरेखा’ निर्माणको प्रस्ताव News Polar सुदूरपश्चिममा हट्यो ‘बजेट शून्यता’, प्रतिपक्षीको बहिष्कारबीच बजेट पारित News Polar कोलम्बियामा सरकारी सेनाको हवाई आक्रमण, किशोरीसहित चारको मृत्यु News Polar किष्ट क्यान्सर सेन्टर: प्यालिएटिभ केयर सेवाको एक वर्ष पुरा, क्यान्सरका बिरामीलाई निःशुल्क सेवा News Polar अपाङ्गता भएका व्यक्तिको राजनीतिक सहभागिता बढाउन ‘समावेश’ परियोजना सुरु News Polar नवदुर्गाको तेस्रो स्वरूप चन्द्रघण्टाको आराधना News Polar सुदूरपश्चिममा कांग्रेसको बहिष्कारबीच बजेटमाथि छलफल News Polar डा. कृष्णहरि बरालको शब्द र महेश खड्काको संगीतमा ‘दशैं आयो’ सार्वजनिक News Polar ३० हजार दर्शकको सहभागितामा सिद्धार्थ फुड फेस्टिभल सम्पन्न, प्रशन्ना पाण्डेको प्रस्तुति आकर्षण News Polar कांग्रेस महिला सहमहामन्त्रीमा प्रतिमा निर्वाचित News Polar अस्ट्रेलियामा वन्यजन्तु संरक्षणमा एआईको उपयोग बढ्दै News Polar विपद् जोखिम न्यूनीकरणलाई प्राथमिकता दिन राष्ट्रपति जर्दारीको आग्रह News Polar कांग्रेस महिला खुला केन्द्रीय सदस्यमा १५ जना निर्वाचित, विनिता खड्काको यथास्थितिमा राखिने News Polar मकवानपुरकाे कैलाशमा निःशुल्क स्वास्थ्य शिविर, ४९० जनाले लिए सेवा News Polar ऋण असुलीबाट समस्याग्रस्त १२ सहकारीका २३५ जनाले पाए रकम News Polar अर्थमन्त्री बैंकक प्रस्थान News Polar सुदूरपश्चिम रोयल्सको स्टे पार्टनरमा रोयल ट्युलिप काठमाडौं News Polar धनकुटामा २० व्यक्तिबाट रक्तदान News Polar भन्सार छलेर ल्याइएका सामान बरामद

लिभरपुलको प्रभावशाली जित, सिटीको उपाधि होड कायमै

लिभरपुलको प्रभावशाली जित, सिटीको उपाधि होड कायमै
अ अ+ अ-

इङलिस प्रिमियर लिगको उपाधिका लागि आर्सनललाई पछ्याइरहेको म्यान्चेस्टर सिटीले लिड्स युनाइटेडलाई १–० गोल अन्तरले पराजित गरेको छ ।

लिड्सको गृह मैदान इल्यान्ड रोड रंगशालामा आइतबार राति भएको खेलमा लिड्सले सिटी विरुद्ध निकै प्रभावशाली खेल खेलेपनि अन्तत: गोल भने सिटीले गरेको थियो ।

सिटीका लागि एकमात्र गोल ४२औं मिनेटमा एन्टोन सेमेन्योले गरेका थिए । खेल अवधिमा झण्डै ७० प्रतिशत समय बल आफ्नो नियन्त्रणमा राखेको सिटीले लिड्सको पोस्टमा १२ पटक प्रहार गरेको थियो । तर लिड्सले पनि सिटीका पोस्टमा १४ पटक प्रहार गरेर प्रत्याक्रमणको योजना राम्रैसँग प्रस्तुत गरेको थियो ।

यो जितसँगै सिटीले शीर्ष स्थानमा रहेको आर्सनलसँगको अंक दुरी २ मा झारेको छ । आर्सनलको समान २८ खेलबाट ६१ अंक छ भने सिटीको ५९ अंक छ । यसबाट दुबै टिमबीच उपाधि दौड थप खुला भएको छ ।

उता, लिगमा उत्कृष्ट ४ का लागि संघर्षरत लिभरपुलले गएरातिको खेलमा रेलिगेसन जोनमा रहेको वेस्टह्याम युनाइटेडलाई ५–२ गोल अन्तरले पराजित गरेको छ । यो जितसँगै लिभरपुल ४८ अंक सहित पाँचौं स्थानमा रहन सफल भएको छ ।

लिभरपुलको गृह मैदान एन्फिन्डमा सम्पन्न गएरातिको खेलमा लिभरपुलका लागि पहिलो हाफमा तीन गोल भएको थियो । ह्युगो एकिटिकेले पाँचौं, भर्जिल भ्यान जिकले २४औं तथा अलेक्सिस म्याक एलिस्टरले ४३औं मिनेटमा गोल गरेका थिए ।

त्यस्तै, कोडी ग्याप्कोले ७०औं मिनेटमा गोल गरेका थिए भने अक्सेल डिकाक्सीले लिभरपुलका लागि आत्मघाती गोल गरेका थिए । वेस्टह्यामका लागि भने ४९औं मिनेटमा टोमस साउसेक र ७५औं मिनेटमा भ्यालेन्टिन कास्टिलानोसले गोल गरेका थिए ।

आइतबारका अन्य नतिजा
एभर्टन vs न्युक्यासल (३–२)
बर्नमाउथ vs सन्डरल्यान्ड (१–१)
ब्रेन्टफोर्ड vs बर्नली (४–३)

लिगका उत्कृष्ट चार टिम

१. आर्सनल (६१ अंक)
२. म्यान्चेस्टर सिटी (५९ अंक)
३. एस्टन भिल्ला (५१ अंक)
४. म्यान्चेस्टर युनाइटेड (४८ अंक)