२५ भाद्र २०८३, बिहीबार
,
Latest
उद्योगीलाई लाञ्छित गर्ने मन्त्री यादवको अभिव्यक्ति आपत्तिजनक : महासंघ प्रसारण लाइनको तार छुँदा घाइते भएकी रश्मी जैसीलाई विद्युत् प्राधिकरणले दियो १३ लाख ८१ हजार… एसीसी प्रिमियर कप क्रिकटः नेपालले ओमानलाई दियो १४८ रनको लक्ष्य जलवायु परिवर्तनको विषयलाई अन्तरराष्ट्रिय मञ्चमा प्रभावकारी ढङ्गले उठाउनुपर्छः संयोेजक दाहाल गृहमन्त्रीको पत्रकारविरोधी अभिव्यक्ति फिर्ता लिन मानव अधिकारकर्मीको माग राप्रपा महाधिवेशनको तयारी तीव्र, ४४ जिल्लामा अधिवेशन सम्पन्न तिलौराकोटमा थप जग्गा अधिग्रहण गरिँदै तरकारी, फलफूल र माटो सुधार कार्यक्रममा बजेट अभाव बाढी प्रभावित क्षेत्रको पुनःस्थापनाबारे निर्णय गर्न मन्त्रिपरिषद् बैठक बस्दै नर्वेका जनप्रिय राजा हेराल्ड पाँचौँलाई आँसु र राजकीय सम्मानका साथ बिदाइ
तपाईं के खोज्दै हुनुहुन्छ ?

पुष्पलाल मध्यपहाडी रामजमार्ग ४२ प्रतिशत सम्पन्न



अ+ अ-

काठमाडौं । पुष्पलाल मध्यपहाडी रामजमार्गको भौतिक प्रगति ४२ प्रतिशत सम्पन्न भएको छ । यो आर्थिक वर्षको पहिलो चौमासिकमा २२ प्रतिशत काम भएको छ ।

संसदको राष्ट्रिय सरोकार तथा समून्वय समितिमा आयोजना निर्देशक दीपक केसीले आयोजनामा अहिलेसम्म ४१ अर्ब खर्च भएको र पहिलो चौमासिकमा १ अर्ब ५१ करोड खर्च भइसकेको बताउनुभयो । केसीले आयोजना निर्देशनालय अन्तर्गत ५ वटा आयोजना कार्यालयले काम गरिरहेको बताउनुभयो ।

पाँचथर आयोजना कार्यालयले पाँचथर, तेह्रथुम, धनकुटा र भोजपुर गरेर ३८६ किलोमिटर, काभ्रे आयोजना कार्यालयले खोटाङ, ओखलढुंगा, उदयपुर, सिन्धुली रामेछाप, काभ्रे र सिन्धुपाल्चोक गरी ३३५ किलोमिटर र गोरखा आयोजना कार्यालयले नुवाकोट, धादिङ, गोरखा र लमजुङ गरी २६० किलोमिटर सडक निर्माणको काम गरिरहेको उहाँले बताउनुभयो । त्यसैगरी पर्वत आयोजना कार्यालयले कास्की, पर्वत, बागलुङ गरी २४५ किलोमिटर र दैलेख आयोजना कार्यालयले रुकुम पूर्व, पश्चिम रुकुम, जाजरकोट, दैलेख र अछाम गरी ४१० किलोमिटर काम गरिरहेको निर्देशक केसीले बताउनुभयो ।

आर्थिक वर्ष २०७९÷०८० मा निर्माण सम्पन्न गर्ने लक्ष्य लिएकोमा अहिलेसम्म ३७७ किलोमिटर कालोपत्रेको काम सम्पन्न भएको आयोजनाले जनाएको छ । ४६२ किलोमिटर अन्य आयोजनाहरुले नै पूर्ववत रुपमा कालोपत्रे गरिसकेका छन् । कुल ८३९ किलोमिटर सडक कालोपत्रे हुन बाँकी रहेकोमा ६३७ किलोमिटर सडक कालोपत्रे गर्न यो आर्थिक वर्षमा ठेक्काहरु भइसकेको निर्देशक केसीले बताउनुभयो । उहाँका अनुसार ९९ किलोमिटर ग्राभेल सडकको ठेक्का जारी रहेको छ भने ४०३ किलोमिटर सडकको ट्रयाक खुलेर स्तरोन्नतीको ठेक्का हुँन बाँकी रहेको छ ।

वि.स.२०५८ सालको राष्ट्रिय नीतिमा पूर्व—पश्चिम राजमार्गको विकल्पका रुपमा परिकल्पना गरिएपनि २०६४÷०६५ मा आयोजना कार्यान्वयन भएको थियो । कुल २६ जिल्लाका २१५ बस्तीर १ करोड मध्यपहाडी क्षेत्रका जनता लाभान्वित हुने अपेक्षा आयोजनाले गरेको छ । पाँचथरको चियो भञ्ज्याङबाट बैतडीको झुलाघाटसम्म १८७९ किलोमिटर निर्माणका लागि यो आर्थिक वर्षमा १२ अर्ब ११ करोड ४४ लाख रुपैयाँ बजेट विनियोजन गरिएको छ ।