१८ आश्विन २०८१, शुक्रबार
,
Latest
पूर्वराजा शाह र भुटानी राजाबीच भेट सिस्नेरी पहिरोमा ज्यान गुमाउने विद्यार्थीका परिवारलाई जनही रु दुई लाख विपद् प्रभावित पालिकालाई सङ्कटग्रस्त क्षेत्र घोषणा गर्न सिफारिस बहुपक्षीय र क्षेत्रीय बैठकहरूमा सुनिने र देखिनेगरी नेपालको उपस्थिति रह्योः परराष्ट्रमन्त्री राणा प्रधानमन्त्रीसमक्ष उद्धार कोषमा एकैदिन साढे तीन करोड हस्तान्तरण आन्तरिक हवाई उडानतर्फ अत्यधिक चाप नेपालमा सभ्यतासम्बन्धि अन्तर्राष्ट्रिय सम्मेलन शुरु मन्त्री भण्डारीद्वारा खानेतेलको मूल्य तथा आपूर्तिको अवस्थाबारे जानकारी अवरुद्ध चार राजमार्ग आईतवारसम्ममा खुल्ने, विपी राजमार्ग दशैँअघि नखुल्ने विश्वकप एसिया छनोटको उद्घाटन खेल नेपालले थाइल्याण्डसँग खल्ने
तपाईं के खोज्दै हुनुहुन्छ ?

पुष्पलाल मध्यपहाडी रामजमार्ग ४२ प्रतिशत सम्पन्न



अ+ अ-

काठमाडौं । पुष्पलाल मध्यपहाडी रामजमार्गको भौतिक प्रगति ४२ प्रतिशत सम्पन्न भएको छ । यो आर्थिक वर्षको पहिलो चौमासिकमा २२ प्रतिशत काम भएको छ ।

संसदको राष्ट्रिय सरोकार तथा समून्वय समितिमा आयोजना निर्देशक दीपक केसीले आयोजनामा अहिलेसम्म ४१ अर्ब खर्च भएको र पहिलो चौमासिकमा १ अर्ब ५१ करोड खर्च भइसकेको बताउनुभयो । केसीले आयोजना निर्देशनालय अन्तर्गत ५ वटा आयोजना कार्यालयले काम गरिरहेको बताउनुभयो ।

पाँचथर आयोजना कार्यालयले पाँचथर, तेह्रथुम, धनकुटा र भोजपुर गरेर ३८६ किलोमिटर, काभ्रे आयोजना कार्यालयले खोटाङ, ओखलढुंगा, उदयपुर, सिन्धुली रामेछाप, काभ्रे र सिन्धुपाल्चोक गरी ३३५ किलोमिटर र गोरखा आयोजना कार्यालयले नुवाकोट, धादिङ, गोरखा र लमजुङ गरी २६० किलोमिटर सडक निर्माणको काम गरिरहेको उहाँले बताउनुभयो । त्यसैगरी पर्वत आयोजना कार्यालयले कास्की, पर्वत, बागलुङ गरी २४५ किलोमिटर र दैलेख आयोजना कार्यालयले रुकुम पूर्व, पश्चिम रुकुम, जाजरकोट, दैलेख र अछाम गरी ४१० किलोमिटर काम गरिरहेको निर्देशक केसीले बताउनुभयो ।

आर्थिक वर्ष २०७९÷०८० मा निर्माण सम्पन्न गर्ने लक्ष्य लिएकोमा अहिलेसम्म ३७७ किलोमिटर कालोपत्रेको काम सम्पन्न भएको आयोजनाले जनाएको छ । ४६२ किलोमिटर अन्य आयोजनाहरुले नै पूर्ववत रुपमा कालोपत्रे गरिसकेका छन् । कुल ८३९ किलोमिटर सडक कालोपत्रे हुन बाँकी रहेकोमा ६३७ किलोमिटर सडक कालोपत्रे गर्न यो आर्थिक वर्षमा ठेक्काहरु भइसकेको निर्देशक केसीले बताउनुभयो । उहाँका अनुसार ९९ किलोमिटर ग्राभेल सडकको ठेक्का जारी रहेको छ भने ४०३ किलोमिटर सडकको ट्रयाक खुलेर स्तरोन्नतीको ठेक्का हुँन बाँकी रहेको छ ।

वि.स.२०५८ सालको राष्ट्रिय नीतिमा पूर्व—पश्चिम राजमार्गको विकल्पका रुपमा परिकल्पना गरिएपनि २०६४÷०६५ मा आयोजना कार्यान्वयन भएको थियो । कुल २६ जिल्लाका २१५ बस्तीर १ करोड मध्यपहाडी क्षेत्रका जनता लाभान्वित हुने अपेक्षा आयोजनाले गरेको छ । पाँचथरको चियो भञ्ज्याङबाट बैतडीको झुलाघाटसम्म १८७९ किलोमिटर निर्माणका लागि यो आर्थिक वर्षमा १२ अर्ब ११ करोड ४४ लाख रुपैयाँ बजेट विनियोजन गरिएको छ ।