१२ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

जलविद्युत अयोजनामा क्षतिपूर्ति दिने : मन्त्री पुन



अ+ अ-

काठमाडौं । उर्जा, जलस्रोत तथा सिंचाई मन्त्री वर्षमान पुनले सबै जलविद्युत अयोजनामा क्षतिपूर्ति दिने गरिएकाले लागत बढ्ने गरेको बताउनु भएको छ ।

काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री पुनले आयोजा प्रभावितहरुलाई मुआब्जा दिंदा लागत कम गर्न चुनौति रहेको बताउनुभयो । उहाँले ट्रान्समिसन लाइन पर्ने जग्गामा कम्तिमा २० प्रतिशत मुआब्जा दिदा समेत जग्गा पाउन कठिन भएको बताउनुभयो । उहाँले एकातर्फ विकासको आवश्यकता पुरागर्ने सरकारको आकांक्षा छ भने अर्कोतर्फ जमिन नै उत्पादनको मुख्य साधन रहेकोले पनि समस्या आउने गरेको बताउनुभयो ।

मन्त्री पुनले आयोजनाको लागत कम गर्ने चुनौति बढै जाँदा स्थानीय तह र प्रदेश सरकारको सहयोगको अपेक्षा समेत गर्नुभयो । उहाँले परियोजना पर्ने क्षेत्रका स्थानीयलाई शेयर दिने तथा नियमित भाडा उपलब्ध गराउने लगायतका विषयमा छलफल गरी लागत कम गर्न सकिने समेत बताउनुभयो ।