१० आश्विन २०८३, शनिबार Saturday, September 26, 2026
१० आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar खोलाले बगाउँदा  एक जनाको मृत्यु News Polar एसडीजी लक्ष्य प्राप्तिमा ‘ग्लोवल डेभलपमेण्ट इनिसिएटिभ’ प्रभावकारी हुने परराष्ट्रमन्त्री खनालको विश्वास News Polar नेपाल समूहविजेता, श्रीलंकासँग क्वार्टरफाइनल खेल्ने News Polar टर्कीको रक्षा महत्त्वाकांक्षाः आगामी १० वर्षभित्र १ करोड ड्रोन उत्पादन गर्ने लक्ष्य News Polar भोटेकोशी बाढीः पाँच हजार २८५ जना सम्पर्कविहीन News Polar न्यूयोर्कमा नेपाली डायस्पोरासँग परराष्ट्रमन्त्री खनालको अन्तरक्रिया News Polar नेपाल र सेनेगलबीच कूटनीतिक सम्बन्ध स्थापना News Polar सुडानको गर्मी छल्न आधुनिक कङ्क्रिट होइन, परम्परागत माटोको घर नै उत्तम विकल्प News Polar विश्वव्यापी हवाई सञ्जालमा एशिया–प्रशान्त क्षेत्रको वर्चश्वः क्वालालम्पुर एशियाकै पहिलो र विश्वको चौथो स्थानमा News Polar द्विपक्षीय सम्बन्ध सुदृढ बनाउन र क्षेत्रीय शान्ति प्रवद्र्धन गर्न पाकिस्तान र इरान सहमत News Polar यसपटक नदीले हामीलाई नै झुक्यायो: तेन्जिन लामा News Polar संयुक्त राष्ट्रसंघका महासचिवद्वारा प्यालेस्टिनी शरणार्थी सहायता निकाय जोगाउन अन्तर्राष्ट्रिय समुदायलाई अपिल News Polar देशभर अधिकांश निर्वाचन क्षेत्रमा आज काङ्ग्रेसको क्षेत्रीय अधिवेशन हुँदै News Polar नेपालको ‘भिक्टिम कार्ड’ मात्र होइन प्रधानमन्त्रीको सम्बोधन News Polar म्याग्दीका सबै स्थानीय तहमा कांग्रेसको नयाँ नेतृत्व चयन News Polar अविरल वर्षाले सङ्खुवासभाको जनजीवन प्रभावित News Polar भारी वर्षाको पूर्वानुमानपछि सुदूरपश्चिमका दुई जिल्लामा यातायात सेवा बन्द News Polar साल्ट ट्रेडिङ कर्पाेरेशनको सुपथ मूल्य पसल : उपभोक्ताको आकर्षण News Polar झापामा ‘ड्रोन’बाट बाढीको जोखिम निगरानी News Polar लगातारको वर्षाले धानबालीमा समस्या आउने जोखिम : प्राविधिक

वार्तामा फर्किन राष्ट्रसङ्घीय मानवअधिकार प्रमुखको आग्रह

वार्तामा फर्किन राष्ट्रसङ्घीय मानवअधिकार प्रमुखको आग्रह
संयुक्त राष्ट्रसङ्घका मानव अधिकार उच्चायुक्त भोल्कर तुर्क
अ अ+ अ-

जेनेभा। संयुक्त राष्ट्र सङ्घका मानव अधिकार प्रमुखले मध्यपूर्वमा शनिबार भएको हमलाको निन्दा गर्दै सबै पक्षलाई वार्तामा फर्कन आग्रह गर्नुभएको छ।

भोल्कर टर्कले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “आज बिहान इरानमा इजरायल र अमेरिकाले गरेको सैन्य आक्रमण र त्यसपछि इरानले गरेको जवाफी आक्रमणप्रति म खेद व्यक्त गर्दछु । कुनै पनि सशस्त्र द्वन्द्वको अन्तिम मूल्य सधैँँ सर्वसाधारणले नै चुकाउनुपर्छ ।”

उनीहरूले केही घण्टा अघि मात्र सक्रिय रूपमा समाधान खोजिरहेको स्मरण गर्दै उहाँले थप्नुभयो, “नागरिकहरूका लागि यी भयानक परिणामहरू रोक्नको लागि, म संयम अपनाउन र सबै पक्षहरूलाई कारण हेर्न, तनाव कम गर्न र वार्ताको टेबलमा फर्कन आग्रह गर्दछु ।”

इरानको विदेश मन्त्रालयले अमेरिका र इजरेलको हमला गर्ने ’नियत’ रहेको बारे आफूहरू जानकार हुँदा हुँदै पनि वार्तामा बसेको बताएको छ।

‘इरानले अमेरिकासँग कूटनीतिक प्रक्रियामा जारी राखेकै बेला’ आक्रमण भएको तेहरानले जनाएको छ।

इरान र अमेरिकाबीचको तेस्रो चरणको अप्रत्यक्ष वार्ता जेनेभामा फेब्रुअरी २६ मा सम्पन्न भएको थियो भने सोमबारपछि पुनः वार्ता हुने तयारी थियो ।

गत वर्षको मे महिनामा पनि ती दुई देशले पाँच चरणमा वार्ता गरेका थिए। छैटौँ चरणको वार्ता भने इजरायलले इरानमा आक्रमण गरेपछि रद्द भएको थियो ।

त्यसपछि १२ दिनसम्म चलेको युद्धका बेला अमेरिकाले इरानका तीनवटा महत्त्वपूर्ण परमाणु केन्द्रहरूमा बमबारी गरेको थियो।

इरानको चेतावनी

इरानको सर्वोच्च राष्ट्रिय सुरक्षा परिषदले अमेरिका र इजरेलको संयुक्त हवाई हमलापश्चात् ‘कडा प्रतिक्रिया’ जनाइने बताएको छ । “फेरि एकपटक वार्ताकै दौरान’ हमला गरिएको परिषद्ले जनाएको छ।

परिषद्ले इरानी फौजले बदलाको कारबाही थालिसकेको बताएको छ। तेहरान तथा अन्य सहरहरूमा अमेरिकी तथा इजरायलको हमला जारी रहन सक्ने भन्दै उसले नागरिकहरूलाई ‘शान्त रहन’ र सम्भव भएसम्म सुरक्षित ठाउँमा जान भनेको छ।

समाजलाई आवश्यक पर्ने सामग्रीको जोहो सरकारले गरिसकेको उसले बताएको छ। (रासस/एएफपी)